काठमाडौँ जेठ १८ गते । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवमाथि पाँच बुँदामा विभिन्न आरोप लगाएर पार्टीबाट निस्कान गर्नुभएको छ ।
पार्टी एकीकरण भएदेखि नै पार्टीको विधान विपरित गतिविधि गरेको, स्थगित भइसकेको बैठक जवर्जस्ती बसाएर फर्जी हस्ताक्षर गरेर काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गरे आरोप उहाँले लगाउनु भएको छ ।
एकीकरण हुनुभन्दा पहिले आफूहरुले संविधान संशोधन नभएसम्म चुनावमा भाग लिने भनेको तर उनी चुनावमा भाग लिएको, चुनावमा भाग लिएपछि बाहिरबाट सरकारलाई समर्थन गर्ने भनि सहमति गरेका थियौं तर उनी सुटुक्क सरकारमा गएको आरोप महन्थ ठाकुरको रहेको छ ।
उपेन्द्र यादवलाई सरकारबाट अपमानजनकबाट निकालेको आरोप पनि अध्यक्ष ठाकुरले लगाउनु भएको छ ।
आफूहरु मधेशको माग पुरा गराउन लगाउँदा विभिन्न भ्रम छर्ने काम गरेको आरोप पनि उहाँले लगाउनु भएको छ ।




तपाईको प्रतिक्रिया