डिभोर्सका कारणः महन्थको दिल्ली र उपेन्द्रको कम्युनिस्ट स्कूलिङ

–बलराम यादव
वास्तवमा महन्थ ठाकुर र उपेन्द्र यादवको कमेस्ट्री किन मिलेन ? अथवा जनता समाजवादी पार्टी नेपाल एक भएर किन बस्न सकेन ? यसका प्रमुख दुई कारणहरु छन्

पहिलो कारण
यी दुई पूर्व मधेशी फोरम र पूर्व तराई मधेश लोकतान्त्रिक पार्टी गठनको प्रक्रिया यस्तो छ, २०५४ सालमा गठन भएको मधेशी जन अधिकार फोरम नेपाल एउटा गैर सरकारी संस्था जस्तै मानव अधिकारवादी संस्थाको जस्तो लागे पनि पछि उपेन्द्र यादव जनयुद्धकालमा माओवादीको भात्रृ संगठनका रुपमा काम गर्थे । किनभने फोरमका ६० प्रतिशत केन्द्रीय सदस्यहरु माओवादीका नेता र कार्यकर्ता थिए भने बकी ४० प्रतिशत मा पूर्व नेपाल सदभावना पार्टीका नेता र कार्यकर्ता र केही काँग्रेश र एमालेका थिए ।

समयक्रममा एमालेका पोलिटब्युरो सदस्य सितानन्दन राय फोरमका वरिष्ठ नेता भए भने फोरमको पहिलो महाधिवेशनबाट जयप्रकाश गुप्ता महासचिव हुनभयो । राय र गुप्ताको फोरम सांगठनिक संरचना बनाउन योगदान रहे । त्यसैक्रममा, शेरवहादुरले संकटकाल लगाउँदा माओवादीको आरोपमा उपेन्द्र यादव पटनासहित विहारको विभिन्न शहरमा निर्वासनमा रहें। सात दल र माओवादीको १२ बुँदे सम्झौता पश्चायत ०६२–६३ को जनआन्दोलन–२ सम्पन्नपछि गिरिजा प्रसाद कोईरालाको नेतृत्व सरकारमा माओवादी सहितको सरकारद्वारा अन्तरिम संविधानमा संघियतालाई सम्वोधन नगर्दा फोरमले ०६३ माघ ३ गते अन्तरिम संविधानलाई जलाउँदा लहानको घटनाबाट मधेश विद्रोह भयो र त्यसबाट उपेन्द्र यादव राष्ट्रिय राजनीतिमा स्थापित भए ।

मानव अधिकारवादी संस्थाका रुपमा चिनिने मधेशी जनअधिकार फोरम पहिलो संविधानसभाको निर्वाचनमा पार्टीका रुपमा स्थापना भयो । तर ०६२–६३ को जन आन्दोलनमा काँग्रेशमा रहेका महन्थ ठाकुर मधेशको विद्रोहपछि भारतको संस्थापन पक्षद्वारा महन्थ ठाकुरको नेतृत्व तमलोपा गठन भयो ।

यसबाट के प्रमाणित हुन्छ भने फोरम र तमलोपाको गठन फरक तरिकाबाट भएको हो भने तमलोपा भारतको ईन्ट्रेस्टमा गठन भएको हो भने तथ्यको भारतकै प्रभावमा ओलीसितको पूर्व राजपाको गठवन्धनले प्रमाणित गर्दछ । यसको प्रमाणितकता पहिलो संविधानसभाको निर्वाचनपछि प्रचण्डको सरकारमा मधेशका सबै पार्टीहरु गएका थिए भने महन्थ ठाकुरको तमलोपा गएन ।

त्यस्तै भारतद्वारा विजय कुमार गच्छदारको नेतृत्व फोरम फुटेपछि भारतकै सहयोगमा प्रधानमन्त्री बनेका माधव कुमार नेपालको सरकारमा तमलोपा सहभागी भयो । तर त्यो सरकारमा उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल सहभागी भएन । यस सन्दर्भमा सिके लालको भनाई यस्तो थियो ‘तमलोपा र फोरम भनेको दूध र कागती जस्तै हुन, यिनीहरुलाई एक ठाउँमा राख्न मिल्दैन, यदि कदम कदाचित राखिदियो भने दूध फाटेर जान्छ ।’ आखिर सिकेलालको सो भनाई प्रमाणित भएरै छाड्यो । त्यसैले महन्थ यादव र उपेन्द्र यादवको पार्टीको निर्माण नै फरक तरिकाबाट भएकाले यिनीहरुको पार्टी एकता धेरै दिन रहन सकेनन् र धेरै सानो समयमा सम्बन्ध विच्छेद भयो ।

दोस्रो कारण
महन्थ ठाकुरको स्कुलिङ काँग्रेश भएपनि भारतको संस्थापन या भनौ ‘ईन्टेलिजेन्सी’ को स्कुलिङ र उपेन्द्र यादवको स्कुलिङ कम्युनिस्ट र मधेशको विद्रोहबाट स्थापित उपेन्द्रको केमेस्ट्री मिल्ने योग देखिदैन । एउटा दिल्लीको स्कुलिङबाट सञ्चालित र अर्को कम्युनिस्टको स्कूलिङ्ग र प्रचञ्डको निकट्ता (भलै मधेश आन्दोलनमा माओवादी र फोरम आमने सामने थियो) को कारण दुईटैको स्कुलिङको विचार मिल्ने योग थिएन, त्यसैले अन्त्यमा यसको सार निचोड़ भनेकै सिकेलालजीको विशलेषन नै हो कि ूमहन्थ र उपेन्द्र भनेको कागती र दूध जस्तै हो ।
जसपा भित्रको राजपा र सपाको यो डाइभोर्सले मधेशी राजनीतिलाई मधेशभित्र नै ध्रुवीकरण भएको छ जसबाट मधेशी जनताले मधेशवादको नाममा राजनीति गर्ने मधेशी नेताहरुको असली चरित्रलाई बुझ्न र मधेशको मुक्ति आन्दोलनले नयाँ दिशाका साथ अगाड़ी बढ्ने छन्,, मेरो विश्लेषन अहिलेलाई यति ।

तपाईको प्रतिक्रिया