काठमाडौँ जेठ २४ गते । राष्ट्रिय किसान आयोगले दुग्ध उत्पादन किसान, व्यवसायी र दुग्ध उद्योगहरुलाई सहुलियत कर्जा उपलव्ध गराउन सरकारसँग अपिल गरेको छ kisan।
कोरोनाा कारण जारी बन्दाबन्दीले कृषि तथा पशुजन्य उत्पादन, उत्पादनमा प्रयोग हुने कृषिजन्य सामाग्रीको उपब्धता तथा ढुवानीमा भएाके अवरोधका कारणले कृषकहरुो उत्पादनमा ठूलो परिणामा क्षत्रि भएको निष्कर्ष निकाल्दै आयोगले किसानलाई समयमा मल तथा बीउ विजन उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ ।
जीटुजीमार्फत समयमा मल खरिद गर्न सुझाव दिँदै आयोगले केही जिल्लामा मल अभाग हुँदा त्यहाँ आपूर्ती सहज बनाउन पनि सुझाव दिएको छ । आयोगले डेरी उद्योगबाट पाउनुपर्ने रकम किसानले चार महिनादेखि नपाएको हुनाले समयमा उपलब्ध गराउन समेत आयोगले माग गरेको छ ।
यस्तै खालको महमारी तथा अनेक प्रकृतिक प्रकोप पर्दा दूग्ध किसान र दूग्ध उद्योगीहरुलाई राहत पुर्याउने उद्देश्यले राष्ट्रिय दुग्ध विकास बोर्ड अन्तरर्गत रहने गरी एउटा छुट्टै कोष स्थापना गर्न पनि आयोगले सुझाव दिएको छ । कृषि तथा पशुपालन क्षेत्रमा कृषि विमाको विस्तार गर्नुपर्ने र विगत वर्षहरुमा प्रदान गरिदै आएको विमाङ्क रकमको ७५ प्रतिशत अनुदानलाई कायम गरिनुपर्ने, आत्मनिर्भर भएका कृषि वस्तुमा आयात रोकिनुपर्ने र वितणरण प्रणालीलाई चुस्त दुरुस्त बनाइनुपर्ने, चैते धान भित्र्याउने समय हुन लागेकाले सो धानको न्युनतम समर्थन मूल्य तत्काल तोकिनुपर्ने जस्तो सुझाव आयोगलाई दिएको छ ।
आयोगले सरकारका सम्बन्धित निकाय तथा सरोकारवाला निकायहरूबाट आवश्यक नीतिगत तथा कार्यक्रमिक व्यवस्था हुन र तिनको प्रभावकारी कार्यान्वयन गर्न गर्न आग्रह गर्दै २६ बुँदे माग समेत अघि सारेको छ ।


तपाईको प्रतिक्रिया