Khadya Bibhag

महन्थ ठाकुर पक्षद्वारा प्रदेश २ को प्रदेशसभा बैठक बहिष्कार

जनकपुर जेठ २४ गते । आजदेखि सुरु भएको प्रदेश २ को प्रदेशसभा बैठकमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षका सांसदहरु अनुपस्थित भएका छन् ।

जसपाको प्रदेश २ सभा संसदीय दलको बैठकले लालबाबु राउतलाई संसदीय दलको नेता चयन गरेको विरोधमा बैठक बहिष्कार गरेको दलका सचेतक परमेश्‍वर साहले बताउनुभयो । अवैधानिक तरिकाले गरेको निर्णय नसच्याएसम्म प्रदेशसभाको बैठकमा सहभागी नहुने उहाँले बताउनुभयो ।

पार्टीको आन्तरिक निर्देशनानुसार आजको बैठकमा उपस्थित नभएको उहाँको भनाइ छ ।

प्रदेशसभाको चालु पाँचौँ अधिवेशन अन्त्य गर्दै सरकारले सोमबारबाट बजेट अधिवेशन सुरु गरेको हो ।

तपाईको प्रतिक्रिया