Khadya Bibhag

हरेक वर्ष १० प्रतिशतको दरले बढ्दैछ विषादीको प्रयोग

काठमाडौँ जेठ २४ गते । राष्ट्रिय कृष्क समूह महासंघ नेपालले देशको हावापानी र आवश्यता अनुकुलन पद्धतीको विकास गरेर कृषिलाई दिगो, सुरक्षित र उत्पादशील बनाउन सकिने बताएको छ ।

सम्पूर्ण रुपमा आयातितको सट्टा स्थानीय रैथाने पोषिलो खाद्य बाली तथा पशुपन्छीको संरक्षण र प्रवद्र्धन गरी कृषिलाई आफ्नै बलबुतामा रुपान्तरण गरेर पर्यावरणीय कृषितर्फ उन्मुख हुनु आवश्यक रहेको उल्लेख गर्दै महासंघले ५१ प्रतिशतसम्म किसानले विषादी असुरक्षित प्रयोग गरेको जनाएको छ ।

विश्व खाद्य स्वच्छन्दता दिवसको अवसरमा महासंघले शुभकामना व्यक्तव्य जारी गर्दै विभिन्न तथ्यांकले देखाए अनुसार नेपालमा विषादी र रसायनको प्र्रयोग हरेक वर्ष १० प्रतिशतको दरले बढ्दै गएको तथा ५१ प्रतिशतसम्म कृषकहरुमा विषादीको असुरक्षित पइोग भएको देखाएको उल्लेख गरेको छ ।

व्यक्तव्यमा भनिएको छ, उपभोक्ताले विषादीरहित र जैविक खाद्य पदार्थको सेवनमा जोड दिने र त्यही अनुसारको पारिवारिक उत्पादन र खपत गरेमा बजारको गुणस्तरहीन खानामा भर पर्नु पर्दैन ।’

 

तपाईको प्रतिक्रिया