Khadya Bibhag

राजेन्द्र महतोले नाम काटेका राजकिशोर यादव मन्त्री बन्दै

काठमाडौँ जेठ २६ गते । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य राजकिशोर यादव उद्योग, वाणिज्य तथा आपूर्ती बन्दैछन् । यसअघि उनको नाम मन्त्रीमा रहेपनि जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले उनको नाम हटाउन लगाउनु भएको थियो अहिले उहाँको प्रधानमन्त्रीको लिस्टबाट उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री बन्न लाग्नु भएको स्रोतले जनाएको छ ।

पार्टीमा राजकिशोर यादव पनि मन्त्री बन्ने तय भएपनि बालुवाटार जाँदा जादै बाटोबाट नै उहाँको नाम गायब भएको थियो ।
राजकिशोर यादव मन्त्री बन्दैछन् भने कुरा जसपालाई पनि थाह छैन ।

पहिलो मधेश आन्दालनसँगै मधेशी राजनीतिमा आएका राजकिशोर यादव मधेशी जनअधिकार फोरम नेपालबाट पहिलो संविधानसभा चुनाव जित्नु भएको थियो । फोरम नेपाल विभाजन भएर जेपी गुप्ताले मधेशी जनअधिकार फोरम गणतन्त्र बनाउँदा उहाँ गुप्ताको पक्षमा जानु भएको थियो ।

भ्रष्टाचार मुद्दामा गुप्ता जेल पर्दा उहाँ डा.बाबुराम भट्टराई नेतृत्वको सरकारको पालामा सञ्चारमन्त्री बन्नुभएको थियो ।

यो पनि पढ्नुस्

बालुवाटार जाँदा जाँदै मन्त्रीबाट कसले काटे राजकिशोर यादवको नाम ?

तपाईको प्रतिक्रिया