काठमाडौँँ जेठ २८ गते । नेकपा एमालेका नेता प्रभु साहले नारिकता सम्बन्धी अध्यादेशलाई रोक लगाउन अन्तमरिम आदेश गर्नेहरु न्यायधिशमाथि महाअभियोग लगाउनु पर्ने बताउनु भएको छ । यो आदेशले नेपाली नागरिकलाई आफ्नै देशमा शरणार्थी बनाउने, जनतामा राज्यप्रति अविश्वास बढ़ाउने र अराजकता फैलाएर मुलुकमा संकट निम्त्याउने भएकोले यसमा संलग्न न्यायाधीशहरुलाई महाअभियोग लगाउन जरुरी रहेको उहाँले बताउनु भएको छ ।
उहाँले आफ्नो फेसबुकमा लेख्नु भएको छ, ‘संवैधानिक व्यवस्था अनुरूप आएको यो महत्वपूर्ण अध्यादेशलाई कार्यान्वयनमा रोक लगाउनु विगतमा सम्मानित सर्वोच्च आदलतको फैसला, विधिको शासन र शक्ति सन्तुलनको सिद्धान्त विपरीतको गैरजिम्मेवारीपूर्ण कार्य हो ।’
संविधानको भाग(२ को धारा १० (१) मा ूकुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन भन्ने स्पष्ट संवैधानिक व्यवस्था अनुसार हाल संसद नभएको अवस्थामा सरकारबाट अध्यादेशमार्फत नेपाली नागरिकलाई नागरिकता दिने ज़िम्मेवारपूर्ण प्रयास स्वरूप ल्याएको अध्यादेशलाई भोली सदनले पारित गर्छ कि गर्दैन ? भनेर आधारहिन भविष्वाणी गरि गैरज़िम्मेवारीपूर्ण ढंगले रोकनु संवैधानिक प्रावधानमाथिको हस्तक्षेप मात्र नभई सिंग़ै न्यायलयप्रतिको अपमान भएको उहाँले टिप्पणी गर्नुभएको छ ।
विगत लामो समयदेखि विभिन्न जालझेल एवं बदनियतपूर्ण बहानाबाजीको आडमा देशका लाखौं लाख नागरिकता प्राप्त गर्न योग्य युवा(युवतीहरुलाई नागरिकता प्राप्त गर्नै संवैधानिक हकबाट बञ्चित गराउदै आएको सन्दर्भमा ढिल्लै भएतापनि नेपाल सरकार तथा मन्त्रीपरिषदको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएको नेपाल नागरिकता (पहिलो संसोधन) अध्यादेश, २०७८ लाई तत्काल कार्यन्वयन नगर्नु नगराउनुू भनि आएको सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेश अप्रत्याशित रहेको उहाँले दावी गर्नुभएको छ ।


तपाईको प्रतिक्रिया