काठमाडौँ जेठ ३१ गते । जनता समाजावदी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले कार्यकारिणी समिति विस्तार गर्नुभएको छ ।
जसपाको कार्यकारिणी समितिमा आफ्नो बहुमत नपुग्दा उहाँले हिजो सो समिति विस्तार गर्नुभएको छ । हिजो बसेको अध्यक्ष ठाकुर पक्षको शीर्ष नेताहरुको बैठकले कार्यकारिणी समिति विस्तार गरेको बबरमहल पार्टी कार्यालय स्रोतले जनाएको छ ।
५३ सदस्य कार्यसमितिमा दुईजना मनोनित गर्न बाँकी थियो । वर्तमान ५१ सदस्यीय कार्यसमितिमा २० जना मात्र महन्थ ठाकुरको पक्षमा रहेका छन् भने ३१ जना उपेन्द्र यादवको पक्षमा रहेका छन् । सो समितिमा १६ जना थप गरी ६७ सदस्यीय कार्यसमिति उहाँले बनाउनु भएको छ ।
हिजो थपेको कार्यकारिणी समितिको सदस्यमा अधिकाँश महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका नेताहरु रहनु भएको छ । कार्यकारिणी समिति विस्तार गरी आफ्नो पक्षमा बहुमत पुर्याएर पार्टीको आधिकारिकता आफ्नो पक्षमा लिने उद्देश्यका साथ विस्तार गरिएको स्रोतले जनाएको छ ।
यसअघि नेकपामा प्रधानमन्त्री केपी शर्मा अोलीले आफू पार्टीमा अल्पमतमा पर्दा यसरी एकतर्फी रुपमा केन्द्रीय समितिमा विस्तार गनुृभएको थियो । पछि एमालेमा पनि माधवकुमार नेपालसँग कुनै सल्लाह नै नगरि प्रधानमन्त्री अोलीले केन्द्रीय कमिटी, स्थायी कमिटी विस्तार गर्नुभएको थियो ।
त्यस्तै महन्थ ठाकुरले पनि कार्यकारिणी समिति विस्तार गर्नुभएको हो । निर्वाचन आयोगले त्यसलाई मान्यता दिन्छ कि दिँदैन त्यो बेग्लै कुरा हो तर महन्थ ठाकुरले थप गरिएको सदस्यको नाम निर्वाचन आयोगमा बुझाउने तयारी भइरहेको छ ।
अध्यक्ष महन्थ ठाकुरले कार्यकारिणी समितिमा थप गर्नुभएका १६ जना जनाको नमावालीः
-डा.सुरेन्द्र झा
-सुरेश मण्डल
-राजिव झा
-अभिराम शर्मा
-प्रमेश्वर साह
-कृष्ण सिंह
-डा.विजय सिंह
-सन्तवीर महतो
-उमाशंकर अरगरिया
-विमल श्रीवास्तव
-रमेश पटेल
-एकवाल मियाँ
-विजय उपाध्याय
-शतरजित यादव
-मुकेश झा
-उपेन्द्र महतो


तपाईको प्रतिक्रिया