काठमाडौँ जेठ ३१ गते । प्रदेश २ का प्रदेश प्रमुख राजेश झाले त्यहाँका मुख्यमन्त्री लालबाबु राउतलाई मन्त्रीमण्डल समावेश गर्न गराएको स्मरणपत्र बारे चौतर्फी टिका टिप्पणी भइरहेको छ ।
सरकारमा गैर मधेशी, आदिवासी जनजाति, दलितलगायतलाई समावेशी गराउनुपर्ने उहाँले स्मरण गराउनु भएको थियो । जानकारहरुका अनुसार प्रदेश प्रमुखले यसरी स्मरण गराउने कुरा संविधानमा कहीं उल्लेख छैन तर आवश्यकता अनुसार सरकारलाई सल्लाह, सुझाव तथा निर्देशन दिइन सकिन्छ ।
उहाँले जुन विषय उठाउनु भएको छ, त्यो निकै महत्वपूर्ण पनि छ । सरकार तलदेखि माथीसम्म समावेशी हुनुपर्छ । तर प्रमुख झाले जे कुरा उठाएका छन् उहाँमा यो कुरा फिट हुँदैन । यसअघि त्यहाँ पहाडी समुदायको दलितबाट तिलक परियार प्रमुख थिए तर प्रधानमन्त्री केपी शर्मा ओलीले परियारलाई हटाएर झालाई नियुक्त गर्दा उहाँले केही बोल्नु भएन ।
आफू नियुक्त हुँदा सबै ठिक, अरु नियुक्त हुँदा बैठिक । जनता समाजवादी पार्टीका प्रदेश २ का सांसद योगेन्द्र राय यादवले तिलक परियारलाई विस्थापित गर्दै ओलीले राजेश झालाई प्रदेश प्रमुख नियुक्त गर्दाका बेला झाले दलितमाथि घोर अन्याय भयो, धारा ४२ (१) लागु भएन, मलाई प्रदेश प्रमुख पद अस्वीकार छ भन्ने घोषणा किन गर्नुभएन भनि प्रश्न गर्नुभएको छ ।
तिलक परियारलाई हटाएर झालाई नियुक्त गर्दा त्यतिबेला पनि झाको निकै आलोचना भएको थियो तर त्यसको बारेमा उहाँले त्यतिबेला केही प्रतिकृया देखाउनु भएको थिएन । तर अहिले मुख्यमन्त्री राउतले मन्त्रीपरिषद् हेरफेर गर्दा त्यसमा पहाडी समुदाय किन परेन भनि उहाँले ध्यानाकर्षण गराउनु भएको छ जब कि एकजना पहाडी समुदाय त्यसमा पनि दलितको भाग आफूले खाएको कुरा विर्सिनु भएको छ ।
प्रदेश प्रमुखको स्मरणपत्रप्रति समाजिक अभियन्ता सरोज रायले पनि टिप्पणी गर्नुभएको छ, उहाँले भन्नुभएको छ । प्रदेश प्रमुख झाले प्रदेश २ मा पहाडी समुदायलार्य मन्त्री बनाउनु पर्ने विचार राम्रो अन्य प्रदेशमा मधेशीलाई मुख्यमन्त्री बनाउनुपर्ने हो कि होइन भनि उहाँले प्रश्न गर्नुभएको छ । राष्ट्रपति र प्रधानमन्त्रीलाई पनि पत्र काटेर आफ्नो महान विचारको महानता बढाउन आग्रह गर्दै रायले पहाडी समुदायलाई मधेशीलाई भोट दिन संदेश दिन पनि उहाँले आग्रह गर्नुभएको छ ।
जसपाका अर्का नेता एवं विघटित प्रतिनिधिसभाका सदस्य रामबाबु यादवले तिलक परियारलाई विस्थापित गरेर प्रधानमन्त्री अोलीले झालाई प्रदेश प्रमुखमा नियुक्त गर्दा राजेश झालाई दलितमाथि घोर अन्याय भयो, आफूलाई प्रदेश प्रमुख चाहिदैन किन भन्नु भएन अनि अहिले समावेशीको कुरा गर्न लाज लाग्दैन भनि प्रश्न गर्नुभयो ।


तपाईको प्रतिक्रिया