Khadya Bibhag

किसानको पहिचानविना कृषिमा विकास असम्भव

काठमाडौं, असार ३ गते । कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाल कुमारी साहले कृषि क्रान्तिकालागि जस्तो सुकै कदम चाल्नपनि पछि हट्न नहुने बताउनु भएको छ ।

कृषि विभाग तथा नेपाल कृषि महासंघको संयुक्त आयोजनामा भएको ‘समृद्ध नेपालकालागि कृषिको आधुनिकीकरण सम्वन्धी राष्ट्रिय सम्मेलन’मा बोल्नु हुँदै मन्त्री साहले यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘यसकालागि सरकारले दीर्घकालिन योजना बनाएर अगाडि बढ्नुपर्छ ।’ एक साता पहिले कृषि मन्त्री नियुक्त हुनुभएको साहले किसानकालागि हित हुनेगरि अगाडि बढ्नुपर्ने बताउनुभयो ।

‘किसानको सुचिकृत कहिलेसम्म गर्न सक्छौ भन्ने हामीले चिन्तन गर्नुपर्छ’, मन्त्री साहले भन्नुभयो, ‘अवसर र चुनौतिसंगसंगै अगाडि बढ्नुपर्छ । यसो हुदैगर्दा हामी आत्मनिर्भर हुनेक्रममा पुग्छौं ।’ भूउपयोग नीतिलाई कडाइसाथ लागू गर्नुपर्नेमा जोड दिदै मन्त्री साहले खण्डीकरण गर्ने कार्यलाई रोक्नुपर्ने बताउनुभयो । खेतबारीमा काम गर्ने कामदारहरु नपाइने भएका कारण पनि नेपालको कृषि पछाडि पर्दै आएको कुरा औल्याउदै मन्त्री साहले कृषिमा क्रान्ति ल्याउन जे गर्नुपर्छ गरेरै अगाडि बढ्नुपर्ने बताउदै उहाँले सोयल हेल्थ कार्डको व्यवस्था गर्नुपर्ने सुझाव पनि दिनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा.कृष्ण प्रसाद ओलीले अर्वन एग्रीकल्चरमा पनि फोकस हुनुपर्ने सुझाव दिनुभयो । उर्वर भूमि उपत्यका, पोखरा, दाङ लगायतका शहर बनिसकेको अवस्थामा अव अर्वन एग्रीकल्चरतर्फ लैजान आयोजकलाई सुझाव दिदै ओलीले जल, जमिन, जंगल, जलवायु, जडिवुटी, जनशक्ति, जराजुरी, जनावर, प्रोटेक्सन गर्दै लैजान सकेमा पक्कै पनि कृषिमा आधुनिकीकरण हुँदै जाने बताउनुभयो ।

मल, बीउ लगायतका समस्या सधै भोग्नुपर्ने समस्याको अन्त्य चाडै गर्नुपर्नेमा उहाँको जोड थियो । उहाँले देशमा कृषि पढेका विद्यार्थीहरुलाई प्रयोगात्मक अभ्यास बढि भन्दाबढि हुनुपर्ने सुझाव दिनुभयो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशुतर्फका निमित्त सचिव डा.विमलकुमार निर्मलले किसानलाई राम्रोसँग केही दिन नसकेकोमा आफू दुखित भएको बताउनुभयो । लाइभस्टकमा भ्याक्सिन, ब्रिडिङ, फिड आयातको समस्य एकदमै धेरै भएको हुदा कृषि तथा पशुपन्छी क्षेत्रमा ४–५ वटा क्षेत्रमा काम गर्ने हो भने किसान त्यसै खुसी हुनेछन् । डा.निर्मलले कृषिमा श्रमिक कति छन् ? मेकनाइजेशन र मोर्डनाइजेशन गर्ने कुरामा उपयोगी बनाउन जोड दिनुपर्ने बताउनुभयो ।

राष्ट्रिय किसान आयोगका अध्यक्ष डा.प्रेमप्रसाद दंगालले कृषि र पशुको कुरा मात्रै होइन भूमिको व्यवस्था गरि अधिकतम प्रयोग गर्नुपर्ने बताउनुभयो । खण्डहर बन्दै गरेको अवस्थामा कृषि भूमिलाई उपयोग गर्नुपर्ने बताउँदै उहाँले नदी कटान दिनानुदिन बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । सरकारी, निजी, प्रति जमिनलाई उपयोग गर्दै कृषि क्षेत्रको विकास गर्नुपर्नेमा उहाँको जोड थियो ।

त्यसैगरि, कृषि वन विश्वविश्व विद्यालय उपकुलमति प्रा.डा.पुन्यप्रसाद रेग्मीले नेपाल एकदमै जोखिम अवस्थमा भएको बताउनुभयो । वातावरणीय प्रवाभले पनि कृषिको आधुनिकीकरणकालागि बाधक हुने वताउदै उहाँले ठूलो संख्यामा भएका साना किसान छन्, त्यसकारण उत्पादनका आधारमा किसानको वर्गीकरण गरिनुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया