काठमाडौं असार ४ गते । अर्गानिक खेतीलाई स्थापना गर्दै आएको कर्णाली प्रदेशले अब खाद्य गुणस्तर अनुगमन र बजारीकरणमा जोड दिने भएको छ ।
अन्तराष्ट्रिय खाद्य प्रणाली २०२१ को सन्दर्भमा आयोजित दीगो खाद्य प्रणालीमा उत्पादक समूह एवं साना किसानको योगदान विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै कर्णाली प्रदेश योजना आयोगका सदस्य योगेन्द्र बहादुर शाहीले कर्णालीका हकमा अर्गानीक उत्पादन र रैथाने बाली बचाउदँै बजारिकरण गर्न सकिने बताउनुभयो ।
कर्णालीमा १८ हजार मेट्रिक टन खाद्य अभाव रहे पनि मार्सी चामल बेचेर बासमती चामल किनेर खान सक्ने अवस्था सृजना गर्न सकिने बताउँदै उहाँले प्रदेश सरकारले फलफूल खेतीमा बढी प्राथमिकता दिएको बताउनुभयो
‘कर्णलीको खाद्य सुरक्षाको कुरा मात्र हैन कर्णालीका किसान आफै पनि यसमा लागेर धनी हुन सक्ने छन्, ’शाहीले भन्नुभयो । उनले बाझोँ रहेका धेरै जग्गामा जडिबुटी, पशु पालन, फलफुल खेती लगायतका काम गर्नु पर्ने बताउनुभयो ।
कर्णाली प्रदेश भूमी व्यवस्था तथा कृषि सचिव राजेन्द्र मिश्राले जलवायु परिवर्तनले फुड सिस्टममा असर पारेको बताउनुभयो । कर्णाली प्रदेशले अब बजारमुखि भएर बालि उत्पादनमा काम गर्नु पर्ने उहाँले बताउनुभयो । यसले किसानको आयआर्जन बढाउन सक्नुका साथै आय सुनिश्चितता हुने उहाँको भनाई छ । उहाँले खाद्य गुणस्तरका लागि अनुगमन प्रणाली समेत विकास गर्दै जाने क्रममा प्रदेश सरकार रहेको बताउनुभयो ।
कर्णाली प्रदेश सामुदायीक वन उपभोक्ता संघका सचिव ठाकुर भण्डारीले कृषि वनलाई आत्मसाथ लिएर अघि नबढेसम्म कृषिमा आत्मनिर्भर हुन नसकिने बताउनुभयो । उहाँले हलो जोत्ने बारी र खेतको आलिलाई मात्र कृषिको नाम दिन नहुने बताउनुभयो । वनभित्र उत्पादन हुने कृषि उपजलाई समेत किसानले प्रयोग गर्न पाउनु पर्ने उहाँले बताउनुभयो । उहाँले निकुन्ज क्षेत्रमा उत्पादन हुने निगुरो र कन्दमुल किसानले टिपेर खान पाउने व्यवस्था हुनु पर्ने र वन कर हटाउनु पर्ने माग गर्नुभयो । ‘एग्रो फरेष्ट, फरेष्ट फुड’ देश भनेर चिनाउनु पर्ने यसका लागि प्रदेश सरकार, स्थानीय सरकार सबै मिलेर लाग्नु पर्ने उहाँले बताउनुभयो ।
कर्णाली प्रदेश राष्ट्रिय भूमि अधिकारी मञ्चका संयोजक राजेन्द्र शर्माले जमिनको सदुपयोग हुनु पर्नेमा जोड दिनुभयो । उहाँले जमिन बाँझो राख्न नपाउने र जमिन प्लटिङ तर्फ जादै गर्दा खेती योग्य जमिन नास हुँदै गएको बताउनुभयो । सरकारले नीति बनाए पनि कार्याक्रमहरु कार्यान्वयनमा आउन नसकेको बताउनुभयो ।
अर्गानिक खेती घोषण गरे त्यसको लागि बीउ प्रर्णाली विकासको काम नगरेको बताउनुभयो । प्रदेशको जमिनको अवस्था किसानको पहुच के हो ? र किसान कति छन् ? यसको तथ्यांक जम्मा गर्ने र खेती योग्य जमिन कसरी वर्गिकरण गर्ने योजना बनाएर सरकारसँग हातैमालो भएर लागे खाद्य संकट अन्त्य हुने उहाँले बताउनुभयो ।
कर्णाली प्रदेश राष्ट्रय कृषक समूह महासंघका उपाध्यक्ष शिशिराम आचार्यले उत्पादनको श्रोत तथा पहुचमा नियन्त्रणका कारण अत्याधिक वर्षा र खडेरीका कारण बेरोजगार सृजना भएको बताउनुभयो । सिमान्तकृत किसानलाई झोल तथा कम्पोष्ट मल बनाउन तालिम दिने गरेको महासंघले कर्णाली प्रदेशको नीति कार्यक्रम बजेटमा प्राङगरिक कर्णाली अभियान, भण्डारण लगायतका कुरा नीतिमा भए पनि कार्यान्वयनमा नआएको बताउनुभयो । साना किसानको पहिचान गरि बजार मुल्य व्यवस्था हुनु पर्ने उहाँको भनाई छ ।
टिप्पणीकर्ता माधव चौलागाईले कोरोनाको दोस्रो लहरको अवस्थामा सानादेशहरुमा बढि असर भएको बताउनुभयो । नेपालमा २० लाख बढी मानिसहरु प्रत्यक्षरुपमा भोकमारीबाट प्रभावित हुनु परेको उहाँले बताउनुभयो । पछिल्लो समय व्यवसायीक खेती फस्टाउँदै आएकाले साना किसानलाई असर पारेको उहाँको टिप्पणी रहेको छ ।
टिप्पणीकर्ता रमा भण्डारीले बजार र उत्पादनले किसान सधै मारमा परेको बताउनुभयो । नोक्सान हुँदा सरकारले क्षतपिुर्ती समेत दिन नसकेको अवस्थामा किसानहरु असन्तुष्ट रहेको उहाँको भनाई छ । दिगो व्यवसाय गर्न किसानको सन्तुष्टी हुनुपर्ने उहाँले बताउनुभयो । कृषि क्षेत्रमा किसानको निरन्तरता पाउन किसान सन्तुष्ट हुनुबाहेक अर्को विकल्प नरहेको उहाँले बताउनुभयो ।
विघटित प्रतिनिधीसभाकी सदस्य तथा पूर्वमन्त्री सत्या पहाडीले प्रदेश सरकारले नीत बनाए पनि त्यसको कार्यानवयनमा अनुगमन गर्नु पर्ने बताउनुभयो । उहाँले कृषि बजारी करणसँगै भण्डारणको व्यवस्था समेत गरिनु पर्ने जोड दिनुभयो । साना किसानको योगदान बढाउन उनीहरुलाई उत्पादनको हिस्सेदार बनाए सबै जमिनको प्रयोग हुने र त्यसले उत्पादन वृद्धि गर्ने उहाँले बताउनुभयो ।
खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले कर्णाली प्रदेश आफैमा अर्गानीक प्रदेशको रुपमा स्थापना गर्न खोजि रहेको र त्यो सरहानीय रहेको बताउनुभयो । खाद्य संस्कृती र कृषि संस्कृतीलाई अगाडी बढाउन ढिला गर्नु नहुने उहाँको जोड थियो ।
राज्यको ४ खर्ब बढी लगानी कृषि क्षेमा लागेको देखिन्छ भने कृषिबाट युवा तथा कृषक विस्तापित हुँदै गएको उहाँले बताउनुभयो ।
खाद्यका लागि अभियन्ता सारदा थापाले स्थानीय खाद्य वस्तुले बजार पाउन नसकेको बताउनुयभो । पछिल्लो समय मनसुन सुरु भए लगतै बाढी पहिरो आएकाले धेरै मानिसहरु विस्थापित हुनुका साथै खाद्य संकट निम्त्याउने उहाँले बताउनुभयो ।


तपाईको प्रतिक्रिया