Khadya Bibhag

केराको मूल्य किन उच्च रुपमा बढ्यो ?

काठमाडौं वैशाख ९ गते ।
सन् २०२६ सम्मको प्रक्षेपण अनुसार, नेपालमा केराको माग वार्षिक १.४% ले बढ्दै गएको देखिन्छ।कुल उत्पादन वार्षिक लगभग ३,५५,२५० मेट्रिक टन पुग्ने अनुमान छ भने खेती गरिएको क्षेत्र करिब १७,००० देखि २०,००० हेक्टर रहेको देखिन्छ | केरा उत्पादन हुने प्रमुख जिल्लाहरूमा चितवन, नवलपरासी, झापा, मोरङ, सुनसरी, कैलाली र बर्दिया आअदि जिल्ला पर्दछन | नेपालमा केरका लोकप्रिय जातहरूमा मालभोग (सबैभन्दा लोकप्रिय), जी-९ (विलियम्स), चिनियाँ चम्पा, रोबस्टा आदि हुन् |

केरामा लाग्ने TR4 (Tropical Race 4) अहिले विश्वभर र विशेषगरी नेपालमा केरा खेतीका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ। यो ‘पनामा रोग’ (Fusarium Wilt) को एक खतरनाक प्रकार हो। तसर्थ नेपाल सरकार प्लान्ट क़्वरेन्ताइन तथा बिषादी ब्यबस्थापन केन्द्र ले रोग को सक्रमण व्यापक रुपमा नफैलियोस भन्ने ( बायो सेकुरिटी ) हिसाबले विदेश बाट भित्रने केरामा पूर्ण रुपमा रोक लगाउदा र नेपाली उत्पादन ले मात्र अन्तरिक बजार नधान्ने हुदा हाल केराको मूल्य मा उच्च बृदी भएको छ | अबका केहि दिनमा जी ९ जातको केरा को उत्पादन बढ्ने र बजार मा थप केरा प्रबाह समेत हुने देखिन्छ |नेपालमा यो रोग २०८० सालमा पहिलो पटक कैलाली जिल्लामा देखिएको थियो।

नेपालमा विशेषगरी व्यावसायिक रूपमा लगाइने जी-९ (G-9) जातको केरामा यो रोग बढी देखिएको छ। स्थानीय जातहरू (जस्तै: मालभोग) मा पहिलेदेखि नै पनामा रोग लागे पनि TR4 ले आधुनिक र उन्नत जातहरूलाई समेत सखाप पार्ने क्षमता बढी राख्छ।

तपाईको प्रतिक्रिया