Khadya Bibhag

महन्थ ठाकुर पक्षले सोध्यो लुम्बनी प्रदेशका सांसदलाई २४ घण्टे स्पष्टीकरण

काठमाडौँ असार ८ गते । जनता समाजवादी पार्टी नेपालले लुम्बनी प्रदेशका अर्का अध्यक्ष उपेन्द्र यादव पक्षका दुईजना सांसदलाई स्पष्टीकरण सोधेको छ ।

महन्थ ठाकुर पक्षबाट जसपाका कार्यकारिणी सदस्य केशव झाले विज्ञप्ति जारी गर्दै सो स्पष्टिकरण सोधएिको जानकारी गराउनु भएको छ । सहसराम यादव र पुरमति ढेंगामगरले त्यहाँका चारजना सांसद सन्तोष कुमार पाण्डे, विजय बहादुर यादव, कल्पना पाण्डे तथा सुमन शर्मा रायमाझीलाई अनाधिकृतबाट कार्यकारिणी समितिबाट स्पष्टिकरण सोधेको कारण गराएको कारण महन्थ ठाकुर पक्षले उहाँहरलाई स्पष्टिकरण सोधिएको हो ।

सहसराम यादव र परमति ढेंगामगरको बारेमा कल्पना पाण्डेले महन्थ ठाकुर पक्षलाई जानकारी गराउनु भएको हो ।
त्यस्तै, जसपाको विवाद निर्वाचन आयोगमा विचाराधिन रहेको अवस्थामा पार्टीमा यस प्रकारको कुनै पनि गतिविधि नगर्न पनि चेतावनी दिएका छन् ।

उपेन्द्र यादव पक्षको जसपा कार्यकारिणी समितिको असार ३ गते बसेको बैठकले पार्टीको ह्रवीप उल्लघंन गरेको भन्दै सन्तोष कुमार पाण्डे, विजय बहादुर यादव, कल्पना पाण्डे तथा सुमन शर्मा रायमाझीलाई पाँच दिने स्पष्टिकरण सोेधेको थियो । त्यसप्रति पनि महन्थ ठाकुर पक्षले आपत्ति जनाएको छ ।

तपाईको प्रतिक्रिया