काठमाडौँ असार ९ गते । सरकारले दूध तथा दूग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीलाई कतैरोक टोक नहोस् भनेर छुट्टै लोगो प्रदान गरेपनि ट्राफिक प्रहरीले ठाउँठाउँमा रोकटोक भएको समाचार प्राप्त भएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध विकास संस्थान लगायत अन्य निजी क्षेत्रलाई लोगो वितरण सुरु गरेको छ । दूध ढुवानी गर्ने गाडीहरुमा त्यो लोगो टाँसिएको पनि छ तर सडकमा रोक्ने काम भइरहेको डेरी एशोसिएशन नेपालका महासचिव प्रल्हाद दाहालले बताउनुभयो ।
निषेधज्ञामा गाडीका लागि जोर विजोर प्रणाली लागु गरिएको छ, त्यो अनुसार गाडी सञ्चालनमा नआएपछि सडकमा गाडि चलाउनबाट रोकेको उहाँे बताउनुभयो । उहाँले भन्नुभयो, त्यतिकै पनि दूध ढुवानी गर्ने गाडीका लागि जोर विजोर प्रणाली लागु हुँदैन त्यसमा पनि सरकारले दिएको लोगो पनि लगाइएको छ तैपनि ट्राफिक प्रहरीले रोकेका छन्, प्रहरीलाई सोध्दा उहाँहरुले माथिबाट यो लोगोको बारेमा कुनै निर्देशन नआएको कारण रोकेका हौं भनिरहनु भएको छ ।’
बोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादवले तल्लो तहका प्रहरीलाई लोगोको बारेमा जानकारी नभएर रोकेको होला तर अब भोलीदेखि रोक्दैन माथिल्लो निकायमा कुराकानी भइसकेको छ, तलसम्म सर्कुलर गर्ने कुरा भएको छ यो समस्या चाँडै समाधान हुने बताउनुभयो ।
महासचिव दहालले योभन्दा पहिला भएका निषेधाज्ञामा तोकिएको समयभित्र बिनारोकतोक आवतजावत गर्न दिइरहेकोमा यहि असार ८ गतेबाट लागू गरिएको नियम अनुसार गाडीमा जोरबिजोर प्रणालीले अति आवश्यक बस्तुको ढुवानीमा सो कुरा लागू नहुनु पर्नेमा यस्ता ढुवानीका गाडीमा पनि रोकतोक भइ समस्या आएकोले सो कुरामा सहजीकरण गरिदिनुहुन सरोकारवालालाई आग्रह गर्नुभएको छ ।
हरेक दिन सञ्चालन गर्नै पर्ने र उद्योगमा धेरैवटा गाडी पनि नहुने बाध्यता भएकाले दूध जस्तो अति संवेदनसिल कुरा चाँडै बिग्रिने हुन्छ । जुन बालकदेखि वृद्धासम्म, जनमदेखि मृत्युसम्म सबै समय सबैका लागि अनिवार्य नभइ नहुने अत्यावश्यक खाद्य पदार्थ ओसार पसार गर्ने ट्यांकर तथा बिक्री वितरण गर्ने डेलिभरी भ्यानलाई ढुवानीका क्रममा यस्तो महामारीका बेला ज्यानको बाजी लगाई काम गरिरहेका सवारी चालक र सेल्सम्यानलाई अनावश्यक जोरबोजोरको कारण देखाई सुरक्षा निकायबाट ठाँउ(ठाँउमा अवरोध भएकोले नियमित दूध संकलन, प्रशोधन र विक्रि वितरणमा गम्भीर असर पर्न गएको उहाँले जानकारी दिनुभयो ।
यसरी जस्तोसुकै माहामारी, भुकम्प, बन्द, हड्ताल अहिले र पोहोर सालको लकडाउनमा समेत सहज रुपमा बिना रोकटोक आवतजावत गर्न दिइएको, प्रधानमन्त्री केपी शर्मा ओलीले समेत यसको महत्व र संबेदनसिलता बुझि जुनसुकै समयमा पनि आवतजावतमा समस्या नहोस् भनि एम्बुलेन्स सरह मान्यता हुने गरि लोगो समेत अनावरण गर्नु भएकोलेमा यसपटक यो जोरबिजोर प्रणाली लागू हुँदा रोक्ने काम भएकोले अत्यावश्यक वस्तुको ओसारपसारमा एम्बुलेन्स सरह कुनै रोकतोक नगर्न उहाँले माग गर्नुभयो ।
दूध तथा दुधजन्य पदार्थ ओसार पसार गर्ने सबै सवारी साधनहरुले पनि सरकारले जारी गरेको आदेश अनुरुप सबै खाले सुरक्षाका उपाय अपनाई जति सक्दो छिटो आ(आफ्नो काम सकि गन्तव्य तर्फ प्रस्थान गर्ने कार्य गरि सहयोग समेत गरिरहेकाले यो समस्या हल गरिदिनुहुन उहाँले आग्रह गर्नुभएको छ ।


तपाईको प्रतिक्रिया