Khadya Bibhag

कमला नदीमा निर्माणाधिन पुल भासियो, निर्माण कार्यबाट किन हटाइएको थियो पप्पुलाई ?

काठमाडौ असार १७–सिरहा र जनकपुर जोड्ने हुलाकी राजमार्गको कमलपुल निर्माण सम्पन्न भइसकेको थियो । त्यसको उद्घाटन गर्ने तयारी भइरहेको थियो तर हिजो रातीदेखि परेको अविरल पानीका कारण सो पुल भत्किएको छ ।

सिराहा र धनुषाको सीमा जोड्ने कमला नदीमा चार सय ७० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल बनाउन पप्पु लुम्बिनी जेभी कन्स्ट्रक्सनलाई ०६८ जेठ ३१ गते ठेक्का दिइएको थियो । २४ करोड ९१ लाख रुपैयाँ लागतमा कमला नदीको पुल निर्माणको ठेक्का लिएको थियो ।

पुलको ठेक्का पप्पु–लुम्बिनी र पप्पु–शर्मा जेभी कन्स्ट्रक्सनले लिएका थिए । ०६८ सालमै शिलान्यास भई ती कम्पनीले काम सुरु गरे पनि आठ वर्ष बित्दासमेत पुल अधुरै छाडेपछि निर्माणको जिम्मा साझेदार कम्पनीकै लिड पार्टनरलाई दिइएको थियो ।

कमला नदीको पुल निर्माण गर्न ०६८ जेठ ३१ मा सरकार र पप्पु–लुम्बिनी जेभीसँग २४ करोड ९१ लाख रुपैयाँ लागतमा र बलान नदी पुल बनाउन २४ करोड ६२ लाख ८३ हजार रुपैयाँमा सम्झौता भएको थियो । पटकपटक म्याद थपेर ८ वर्ष बितिसक्दासमेत पुल निर्माण हुन नसकेपछि पप्पु कन्स्ट्रक्सनलाई हटाइएर साझेदार लिड पार्टनर लुम्बिनी बिल्डर्स एक्लैले कमला नदीमा गत पुल निर्माण थालेको थियो  ।

तपाईको प्रतिक्रिया