Khadya Bibhag

महन्थ ठाकुर समूहलाई अर्को धक्का ?

काठमाडौँ असार १७ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले कार्यकारिणी समितिमा गरेको हरेफेरलाई निर्वाचन आयोगले मान्यता दिएको छैन । पार्टीको विवाद बारेमा निर्वाचन आयोगमा छलफल भइरहेको बेला कार्यकारिणी समितिको हेरफेर बारेमा कुनै मान्यता नदिने भन्दै अध्यक्ष ठाकुरले पठाएको पत्र फिर्ता पठाइएको थियो ।

अध्यक्ष ठाकुरले २०७७ पुस ७ गते बसेको कार्यकारिणी समितिको बैठकले आफूलाई म्याण्डेट दिएको भन्दै उहाँले उपेन्द्र यादव पक्षका २० जनालाई हटाएर आफ्नो पक्षका २० जनालाई राखेर बहुमत कार्यकारिणी समिति आफ्नो पक्षमा कायम गर्नु भएको थियो ।
र त्यसको जानकारी निर्वाचन आयोगलाई पनि गराउनु भएको थियो तर आयोगले पार्टीको विवाद विचाराधिन रहेको बेला त्यसको बारेमा कुनै पनि छलफल वा निर्णय गर्न नसकिने भन्दै पत्र फर्काइ दिएको स्रोतले जनाएको छ ।

अध्यक्ष उपेन्द्र यादवले पार्टीको आधिकारिकताका लागि निर्वाचन आयोगमा पत्र पठाउनु भएको छ । त्यसको बारेमा आयोगले महन्थ ठाकुरसँग जवाफ मागेको थियो । अध्यक्ष ठाकुरले जवाफ पठाएपछि दुवै पक्षलाई छलफलका लागि आयोगले बोलाएको छ । असार २२ गते छलफलका लागि निर्वाचन आयोग जाने बताइएको छ ।

तपाईको प्रतिक्रिया