काठमाडौँ असार २२ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले पार्टीको कार्यकारिणी समितिमा गरेको हेरफेरलाई निर्वाचन आयोगले मान्यता दिएको छैन ।
अध्यक्ष ठाकुरले ५१ सदस्यीय कार्यकारिणी समितिमा उपेन्द्र यादव पक्षका २० जनालाई हटाएर आफ्नो पक्षका २० जनालाई राखी ५१ सदस्यीय कार्यकारिणी समिति कायम गरी निर्वाचन आयोगमा अध्यावधिकका लागि बुझाउनु भएको थियो ।
अध्यक्ष ठाकुरले तीन गते पार्टी पुनर्गठन तथा कार्यकारिणी समितिमा हेरफेरलाई अध्यावधिक गर्नका लागि असार १ गते निर्वाचन आयोगमा दर्ता गराउनु भएको थियो ।
पढ्नुस यो न्युज
महन्थ ठाकुरले जसपामा के केमा चाहनु भएको छ परिवर्तन ? (निर्वाचन आयोगलाई दिएको पत्रसहित)
आयोगले हालसम्म अध्यावधिक गरेको छैन । पार्टीमा आधिकारिकताका लागि विवाद चलिरहेको हुनाले त्यसको बारेमा कुनै निर्णय नगरिएको आयोगले जनाएको छ । आयोगले असार १५ गते लुम्बनी प्रदेशलाई जसपाको कार्यकारिणी समितिको नामावली पठाउँदा पुरानौ नामावली पठाएको छ अर्थात अध्यक्ष ठाकुरले गरेको हेरफेरवाला नामावाली पठाएको छैन ।
यसले पनि पुष्टि हुन्छ कि निर्वाचन आयोगले महन्थ ठाकुरबाट भएको जलजासीपूर्ण कार्यलाई निर्वाचन आयोगले मान्यता नदिएको उपेन्द्र यादव पक्षका कार्यकारिणी सदस्य इस्तियाक राइले बताउनुभयो ।
हेर्नुस् आयोगले निर्वाचन आयोगलाई पाठएको जसपा कार्यकारिणी समितिको नामावली


तपाईको प्रतिक्रिया