काठमाडौँ असार २५ गते । नेकपा माओवादी केन्द्रको दल दर्ता खारेजी माग गर्दै निवेदन बुझाएका माओवादी केन्द्रका पूर्व नेता एवं एमाले नेताहरु तागेदाका लागि निर्वाचन आयोगथ पुग्नु भएको छ । नेताहरु मणिचन्द्र थापा, प्रभु शाह, टोप बहादुर रायमाझी र गोरीशंकर चौधरीलगायतका नेताहरु निर्वाचन आयोग पुग्नु भएको हो ।
एमालेमा गएपछि माओवादी केन्द्रबाट कारवाहीमा पर्नुभएका उहाँहरु सो पार्टीको खारेजीका लागि निर्वाचन आयोगमा निवेदन दिनुएको थियो । लामोसमयदेखि महाधिवेशन समेत सम्पन्न गर्न नसकेको हुनाले माओवादी केन्द्रको वैधानिकता समाप्त भइसकेकोले आफूहरुलाई गरिएको कारबाहीले पनि मान्यता पाउन नहुने उहाँको तर्क रहेको छ । माओवादी केन्द्रको सातौँ महाधिवेशन २०६९ साल माघमा भएको थियो।
नेकपाबाट माओवादी केन्द्र र एमाले अलग अलग भएपछि माओवादी केन्द्र त्यागेर एमाले रोजेका उनीहरुलाई पार्टीले कारबाही गरेपछि सांसद पद गुमेको थियो भने मन्त्री पदबाट पनि हट्नु परेको थियो।


तपाईको प्रतिक्रिया