भारतमा नेपालीलाई पनि कोभिड खोप

काठमाडौँ असार २५ गते । भारत सरकारले त्यहाँमा बस्ने नेपालीलाई पनि उसको परिचयपत्रको आधारमा कोभिडको खोप दिने भएको छ । भारतमा बस्ने नेपालीसँग रहेको नागरिकता वा पासपोर्टको आधारमा उनीहरुलाई कोभिड खोप दिने भारतस्थित नेपाली दूतावासले जनाएको छ ।

त्यसका लागि नेपाली राजदूत निलाम्बर आचार्यले लामो समयदेखि प्रयास गर्दै आइरहनु भएको थियो । उहाँले त्यहाँका अधिकारीहसँग भेटेर नेपाललाई कोभिडको खोप उपलब्ध गराउन माग गर्दै आउनु भएको थियो त्यसका साथै भारतमा बस्ने नेपालीका लागि पन िखोप उपलब्ध गराउन आग्रह गरेपनि प्रधानमन्त्री नरेन्द्र मोदीले यस्तो व्यवस्था गराउनु भएको हो ।

भारतले नेपाललाई सुरुमै ११ लाख डोज कोभिडको खेप अनुदानमा उपलब्ध गराएको छ । भारतबाटै नेपाल सरकारले खरिद गरेको १० लाख डोज अझै नेपाल आइपुगेको छैन । त्यो खोप ल्याउने प्रयास भइरहेको छ ।

तपाईको प्रतिक्रिया