Khadya Bibhag

सांसद यादवले राख्नुभयो, सांसद विकास कोष खारेजीको माग

धनुषा असार २६ गते । प्रदेश २ का एमाले सांसद मञ्जु यादवले सांसद विकास कोष खारेज गर्न माग गर्नुभएको छ । आगामी आर्थिक वर्षको बजेटमाथि हिजो छलफलमा भाग लिँदै उहाँले कोष खारेजीको माग गर्नुभयो ।

संसद कोषकै कारण संसद अवरुद्ध हुनु आपत्तिजनक कुरा हो, यो मिडियामा पनि आइरहेको छ, यसले संसदको गरिमालाई गिराउने काम गरेको हुनाले या कोष नै खारेज गर्दा राम्रो हुने उहाँले धारणा राख्नु भएको थियो । उहाँले भन्नुभयो, ‘बजेट प्रस्तुत भएको २५ दिनसम्म किन बैठक बस्न सकेन ? कोषकै कारणले होइन, सांसदले कोष पाएन भन्दै संसद अवरोध गरेको समाचार मिडिायामा आइरहेको छ, ।’

असार १ मा अर्थमन्त्री विजय यादवले बजेट प्रस्तुत गरेर टेबल गर्ने बेलामा नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरूले सांसद विकास कोषको रकम बढाउनुपर्ने माग राख्दै संसद नै अवरुद्ध गर्नभएकाृे थियो ।

तपाईको प्रतिक्रिया