Khadya Bibhag

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौँ असार २६ गते । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच राष्ट्रपति निवासमा भेटवार्ता सुरु भएको छ । देशको पछिल्लो राजनीतिक घटनाक्रम र एमाले पार्टीमा देखिएको विवादलगायतको विषयमा दुईजनाको बीचमा छलफल हुने भनिएको छ ।

प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको असार २८ गते निर्णय आउन लागेको पूर्व सन्ध्यामा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको भेटघाटलाई अर्थपूर्ण रुपमा लिएको छ । यद्यपी राष्ट्रपत िकार्यालय स्रोतले यो नियमित भेटघाट हो भनेको छ ।

तपाईको प्रतिक्रिया