Khadya Bibhag

रेशम चौधरीलाई फकाउन नेताहरुको दौड

काठमाडौँ साउन ९ गते । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समिति सदस्यहरुलाई नागरिकतासहित निर्वाचन आयोगमा सनाखतका लागि उपस्थित हुन निर्देशन दिएसँग पार्टीका कार्याकारिणी समितिका सदस्यहरुलाई आफ्नो पक्षमा ल्याउन नेताहरु दौडधुप बढेको छ ।

यहाँसम्म कि जेलमा रहेका रेशम चौधरीलाई पनि आआफ्नो पक्षमा पार्नका लागि जसका अध्यक्ष महन्थ ठाकुर पक्ष र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षका नेता तथा कार्यकर्ताहरु जलेसम्म दौड लगाइ रहेका छन् ।

रेशम चौधरीको रिहाइका लागि अभियान चलाइ रहनु भएका सुरेन्द्र चौधरीले भन्नुभयो, निर्वाचन आयोगले जसपा बिभाजनको टुङ्गो लगाउन त्यो पार्टीको कार्यकारीणी सदस्य हरुको पक्ष र बिपक्षमा बिभाजीत हरुको टाउको गनेर अन्तिम फैसला सुनाउने भएको छ। त्यही प्रायोजनको लागि जेलबन्दी जीवन बिताइरहनु भएका माननीय रेशम चौधरी जी लाई पनि निर्वाचन आयोगमा उपस्थित गराउने कुरा बाहिर मिडियामा आएको छ । यो समाचारले संपूर्ण थारु हरुको ध्यानाकर्षण भएको छ।’

संसदमा रेशम चौधरीको भोट् नचल्ने तर निर्वाचन आयोगमा भोट् चल्ने , यो कहाँ को न्याय हो भनि प्रश्न गर्दै सुरेनद्र चौधरीले अमुक दलका नेताहरुलाई पार्टी कब्जा गर्न रेशमको भोट् चाहिने , तर त्यही नेताको अभिमत संसदमा नचाहिने। यो कहाँको न्याय र राजनीति हो भनि अर्को प्रश्न गर्नुभएको छ ।

पार्टी विभाजनको निर्णय साउन ११ गते सोमवार नजिकिंदै गर्दा आफ्नो पक्षमा भोट् दिनको लागि उपेन्द्र यादव र महन्थ ठाकुर पक्षका नेताहरु जेलभित्र रेशम चौधरीलाई भेट्न प्रतिस्पार्धा नै चलेको दावी गर्दै उहाँले कसैले लोभ देखाउँदैछन् भने कसैले धम्की निदने गरेको दावी गर्नुभयो ।

रेशम चौधरी कुनै पक्षको बहुमत पुर्याउने र तिनी हरुको राजनीतिक रोटी सेक्ने वस्तु हो र भन्दै उहाँले रेशम चौधरी कुनै राजपा, जसपा, समाजवादी वा नयाँ शक्ती पार्टीको संगठनको भोट्ले निर्वाचन जितेका होइनन, उहाँले सम्पूर्ण थारुहरुको आन्दोलनको रापतापले निर्वाचन जितेको दावी गर्नुभयो ।

तसर्थ उहाँले यादव वा ठाकूर पक्ष कसलाई समर्थन गर्ने भन्ने कुरा रेशम चौधरीको मात्रै एकल निर्णयले मात्रै हुने कुरा नहुने बताउनुभयो । उहाँले भन्नुभयो, जरूरत परेको बेला जेल धाउने हरुले हेक्का राख, थारु , आदिवासी, नेवाः, मधेशी युवाहरुको संयुक्त छलफलले रेशम चौधरीले निर्वाचन आयोगमा खेल्ने भूमिका सम्बन्धमा एउटा निर्णय छिट्टै लिनेछ ।’
उहाँले कसैको पक्ष नलिइकन स्वतन्त्र बस्नु पर्ने आफूहरुको सुझाव रहेको सुरेन्द्र चौधरीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया