Khadya Bibhag

‘रेशम चौधरीलाई पार्टीबाट निकालिएको होइन तर उहाँले स्पष्ट गर्नुपर्छ कहाँ बस्नुहुन्छ’

काठमाडौँ साउन १३–जनता समाजवादी पार्टी नेपालले जेलमा रहेका रेशम चौधरी पार्टीमा बस्ने कहाँ बस्ने स्पष्ट पार्नु पर्ने बताएको छ ।
जसपाका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले रेशम चौधरीलाई पार्टीबाट निष्काशन गरिएको होइन, तर उहाँ तटस्थ बसेको कारण जसपामा बस्ने कि कहाँ बस्ने कुरा स्पष्ट गर्नुपर्ने बताउनुभयो ।

जसपाको आधिकारिताका लागि साउन ११ गते भएको सनाखतमा पक्षमा ३४ जनाले हस्ताक्षर गरेपछि त्यहाँ स्पष्ट भयो कि बाँकी कार्यकारिणी सदस्य जसपामा छैन । पार्टीको आधिकारिताको विपक्षमा हस्ताक्षर गर्ने नेता कसरी फेरि जसपाको हो भन्नसक्छ, उहाँले भन्नुभयो, उहाँ १६ जनालाई पार्टीबाट निकाल्नै पर्दैन वा अलगले कुनै निर्णय नै गर्नुपर्दैन किनभने उहाँहरुले स्वयं आफूहरु जसपामा नरहेको भनि विपक्षमा हस्ताक्षर गर्नुभएको छ ।’

रेशम चौधरीको बारेमा पनि त्यही कुरा लागु हुन्छ, उहाँले आफू जसपामा रहेको भन्नुभएको छैन । उहाँले सिधै आफू तटस्थ बसेको भन्नु भएको छ । त्यही भएर हाल उहाँ पनि जसपामा नरहेको कुरा स्पष्ट छ त्यसको बारेमा पनि छुट्टै निर्णय गर्नुपर्ने आवश्यकता नरहेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया