प्रभु साहको आइटी आर्मीद्वारा प्रदर्शन

रौतहट साउन १६ गते । एमाले नेता प्रभु साहले गठन गर्नुभएको आइटी आर्मीले आज रौतहटमा प्रदर्शन गरेको छ । प्रभु साहका कार्यकर्ताहरुले आइटी आर्मीको झण्डा, ब्यानर र फेटा लगाएर मोटरसाइकल र्‍यालीसहितको प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा सयौं आइटी आर्मीका नेता तथा कार्यकर्ताहरूको सहभागिता थियो । र्‍यालीपछि आयोजित कोणसभालाई आइटी आर्मीका नेताहरुले सम्बोधन गरेका थिए । प्रभु साहले केही दिन पहिलो काठमाडौँमा सो आइटी आर्मी खोल्नु भएको थियो ।

तपाईको प्रतिक्रिया