Khadya Bibhag

महाकालीमा खसेर बेपत्ता भएको युवक खोज्न भारतद्वारा टोली गठन

काठमाडौँ साउन १६ गते । दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित मालघाटबाट ३३ वर्षीय जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएकोलाई खोजी गर्न भारतले एउटा टोली गठन गरेको छ ।

भारतका एसएसवीले तुइन काटेको कारण धामी खसेर महाकाली नदीमा खसेको आरोप लागि रहेको बेला भारतकोतर्फ सो आरोपलाई खण्डन गर्दै बेपत्ता युवालाई खोज्न टोली गठन गरेको छ । घटनाको बारेमा दार्चुला प्रमुख जिल्ला अधिकारलाई पत्र लेख्दै पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले सो घटनामा एसएसबीको संलग्नता अस्वीकार गर्नुभएको छ ।

मालघाटबाट तुइनमार्फत भारत तर्फको बाटो हुँदै सदरमुकाम खलंगा आउँदै गर्दा एसएसबीका जवानले तुइनको डोरी काटेको आरोप लगाइएको छ । त, आनन्द स्वरुले दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई लेखिएको पत्रमा भनिएको छ– ‘एसएसबीले तुइन काट्दा मान्छे खसेको भन्ने हल्ला एकदमै गलत छ ।’

दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले भारत पक्षले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाएको पुष्टि गर्नुभयो । पिथौरागढका जिल्ला अधिकारीले हिजोको घटना सम्बन्धमा एसएसबीको टोली घटनास्थल पुग्नुभन्दा अघि नै दुर्घटना भएको जानकारी दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइएको छ ।

करिब ३० मिटर तलबाट मानिस कराएको आवाज सुनेपछि पट्रोलिङमा जाँदा मानिस नदीमा खसेको थाहा पाएको दावी भारत पक्षको रहेको छ ।

तपाईको प्रतिक्रिया