काठमाडौँ साउन १६ गते । दार्चुला जिल्लाको व्याँस गाउँपालिका वडा नम्बर २ खाङदाङ मालघाँटबाट तुइनको प्रयोग गरी जयसिंह धामीसहितका व्यक्तिहरु भारततर्फको बाटो हुँदै सदरमुकाम दार्चुला खलंगा आउने क्रममा जयसिंह धामी तुइनबाट तर्दै गर्दा भारतीय एसएसबीका जवानले तुइन काटी दिएकोले धामी महाकाली नदीमा वेपत्ता भएकोप्रति जिल्ला प्रशासन कार्यालय दार्चुलाको ध्यानाकर्षण भएको छ ।
सो घटनाको सम्बन्धमा वास्तवित सत्यतथ्य जानकारी गराई आवश्यक कारवाही प्रकृया अगाडि बढाउन हुन भनि भारतीय समकक्षीलाई पत्राचार समेत गरिएको प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्टले जानकारी दिनुभएको छ ।
उहाँले एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, यो घटन अनुसन्धानकै क्रममा नै रहेकोले सत्य तथ्य पुष्टि नइसकेको अवस्थामा दुई देशको बीचको सम्बन्धमा खलल पर्ने किसिमका कुनै पनि तथ्यहिन भ्रामक सूचना समाचार प्रकाशन नगरिदनु हुन अनुरोध छ ।’
सत्य तथ्य बुझ्न घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणका दार्चुला, जिल्ला प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयबाट टोली खटिएको र हालसम्म कुनै औपचारिक जनाकारी प्राप्त नभएको र अनुसन्धानपछि घटनाको सत्य तथ्य जानकारी गराउने उहाँले बताउनुभयो ।


तपाईको प्रतिक्रिया