महन्थ ठाकुरको रिटमाथि आज पनि भएन सुनुवाइ

काठमाडौँ साउन १८ गते । महन्थ ठाकुरले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि आज पनि सुनुवाई भएन । आइतवार समयको अभाव भएपछि सोमबारका लागि पेसी तोकिएको थियो तर आज पनि त्यही कारण सुनुवाई हुन सकेन ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा तोकिएको उक्त रिट निवेदन सोमबार ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो । निर्वाचन आयोगले जसपा नेपालको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि ठाकुरले आयोग र उपेन्द्र यादव समेतलाई विपक्षी बनाएर रिट निवेदन दिनु भएको थियो । रिट निवेदनमा आयोगले जसपाको आधिकारिताबारे गरेको निर्णय उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको छ ।

तपाईको प्रतिक्रिया