काठमाडौँ भदौंँ ९ गते । जनता समाजवादी पार्टी नेपालबाट अलग भइ लोकतान्त्रिक समाजवादी पार्टी नेपाल दर्ता गराउन निर्वाचन आयोगमा निवेदन दिनुभएका महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्य एवं सांसदहरुले आज निर्वाचन आयोगमा गएर सनाखत गर्नुभएको छ । सांसदबाट १४ जना र कार्यकारिणी समितिबाट १६ जनाले हस्ताक्षर गर्नुभएको छ ।


तपाईको प्रतिक्रिया