महन्थ–राजेन्द्रलाई जेपी गुप्ताको प्रश्न

काठमाडौँ भदौँ ११ गते । नेपाली काँग्रेस र मधेश केन्द्रीत दलमा रहेर लामो समय काम गर्नुभएका जयप्रकाश गुप्ताले नव गठित लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई प्रश्न गर्नुभएको छ ।

अहिले देउवालाई किन समर्थन गर्नुपर्यो भनि प्रश्न गर्दै उहाँले उपेन्द्र र महत्तो–महन्थका बीच सतहमा आएको पछिल्लो विवादको जरो भनेको तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने कि विकल्पमा शेरवहादुर देउवाले नेतृत्व गर्ने सम्भाव्य सरकारको पक्षलाई समर्थन गर्ने भनि रहेको बताउनुभयो ।

उहाँले आफ्नो फेसबुकमा लेख्नु भएको छ, महत्तो–महन्थ ठाकुर पक्षले ओलीलाई समर्थन गरेपनि त्यो सरकार टिक्दैन–तेस बेला प्रष्टै थियो । यसका बावजूद पनि समर्थन गर्नुभयो ।’

उहाँहरूले ओलीलाई समर्थन गरेर पार्टीमा बिखण्डन स्वीकार्ने बाटो रोजेको गुप्ताको बुझाई छ ।

राजेन्द्र महतो तथा अन्य मुर्धन्य नेताहरूले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरेको र सो नयाँ दललाई निर्वाचन आयोगले मान्यता दिएको प्रमाण पत्र बडो खुशीका साथ पोष्ट गरिरहको गुप्ताले टिप्पणी गर्नुभएको छ । उहाँले भन्नुभयो, एक समाचारमा महतोजी ले ‘भद्रगोल पार्टी’ बाट मुक्ति पाइएको टिप्पणी गरेको पनि छापिएको छ । यस नव गठित पार्टीले प्रम शेर बहादुर देउवाको सरकारलाई संसदमा ‘समर्थन गरिरहने’ र मागहरू पुरा हुने ‘देखिएमा’ सरकारमा जाने कुरा पनि समाचारमा छ । उक्त दुवै कथ्यले सबै कुराहरू उजागर गरेको छ ।’

उपेन्द्रका पार्टीसँग एकिकरण गर्न महत्तो सर्वाधिक हौसिनु भएको थियो, यो एकिकरण टिक्दैन र स्वभाविक होईन भनेर कतिपयले यसो न गर्न सुझाव दिँदा महतोले यसो सोच्नेहरू “मधेसलाई एउटा ठूलो शक्ति बनेको देख्न न चाहनेहरू” भनी हुर्मत लिनु भएको गुप्ताले टिप्पणी गर्नुभएको छ । गुप्ताले अर्को प्रश्न गर्नुभएको छ, उहाँहरूमा मधेसभित्र नै ‘मित्र शक्ति’ र ‘सहकार्य योग्य’ पक्षको चयनमा किन निरन्तर बिचलन आई रहेको छ ?’

मधेशमा महतोे–महन्थ पक्षलाई प्रश्न गर्ने सामथ्र्य कसैले नराखेको टिप्पणी गर्दै गुप्ताले महन्थहरु प्रश्नको घेराबाट बाहिर रहेको बताउनु भएको छ । मधेसमा उहाँहरुको यो विभाजन नयाँ रूप ग्रहण गरिरहेको छ, त्यो हो आत्मघाती जातीय समिकरणको निर्माण । दुबै पक्षले गम्भीर खतरनाक रूपमा मधेसका जातीय आधारमा संगठनको निर्माण गर्न लागेर चुनावी स्वार्थलाई सुरक्षित गर्ने तिर लागेको उहाँको बुझाई छ ।

तपाईको प्रतिक्रिया