Khadya Bibhag

लोसपाको कार्यालयमा नयाँ झण्डा, नयाँ बोर्ड (हेर्नुस् तस्विरमा)

काठमाडौँ भदौँ ११ गते । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले आज विधिवित रुपमा पार्टी कार्यालययमा नयाँ झण्डा, नयाँ बोर्ड लगाइएको छ ।

जसपाबाट अलग भएर गठन गरेको लोकतान्त्रिक समाजवादी पार्टी नेपालका लागि बबरमहलस्थित तत्कालिन राजपा, जसपाका लागि प्रयोगमा ल्याइएको पार्टी कार्यालय नै प्रयोगमा ल्याइने भएको छ । यसअघि सो पार्टी कार्यालय पूर्व राजपा र जसपाका लागि प्रयोगमा ल्याइएको थियो ।

जसपाको पार्टी कार्यालय बालकुमारीमा भएपनि बबरमहलको त्यो पार्टी कार्यालय छाडिएको थिएन । आज विधिवत रुपमा त्यहाँ पार्टी कार्यालय सञ्चालनमा ल्याइएको छ ।

झण्डत्तोलन कार्यक्रममा पार्टीका अध्यक्ष महन्थ ठाकृर, वरिष्ठ नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, कार्यकारिणी सदस्यहरु जितेन्द्र सोनल, उमाशंकर अरगरिया, सर्वेन्द्रनाथ शुक्ला, अकवाल अहमद लगायतका नेता तथा कार्यकर्ताको उपस्थित थियो ।

 

तपाईको प्रतिक्रिया