काठमाडौँ भदौं २५ गते । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी), संसद बैठक, मन्त्रीपरिषद् विस्तार लगायतक विषयमा छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरु भएको छ ।
एमसीसीका उपाध्यक्ष फतिमा सुमारलगायतका प्रतिनिधि नेपाल भ्रमणमा रहनु भएको छ । सो प्रतिनिधि मण्डलले शीर्ष नेताहरुलाई भेटि सकेको छ । एमसीसी पास गराउन दवाव छ तर राजनीतिक दलको बीचमा सहमति बन्न सकिरहेको छैन । हरेक दलमा एमसीसीको बारेमा फरक फरक धारणा राख्ने नेताहरु छन् । एमसीसीको बारेमा सत्ताधारी दलको एउटा ठोस धारणा हुनुपर्ने विषयमा छलफल सुरु भएको बालुवाटार स्रोतले जनाएको छ ।
लामो समय सरकार गठन भएको भएपनि मन्त्रीमण्डल विस्तार भइरहेको छैन । त्यसको विषयमा पनि छलफल हुने बताइएको छ । त्यस्तै, संसदलाई नेकपा एमालेले अवरोध गरिरहेको छ, त्यसको बोमा पनि गठनबन्धनले छलफल गर्ने बताइएको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, महामन्त्री पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एएकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत सरकारका मन्त्रीहरु पनि सहभागी छन् ।


तपाईको प्रतिक्रिया