Khadya Bibhag

कृषियोग्य जमिन मासिदै

बढ्दो शहरीकरणका कारण यस वागमती प्रदेशको कृषियोग्य भूमि मासिदै गएको पाइएको छ । जनसङ्ख्या धेरै रहेको तथा अव्यवस्थित शहरीकरणका कारण कृषि भूमिमा चाप परेको अध्ययनले स्पष्ट पारेको छ ।

मासिँदै गइरहेको कृषि भू–क्षेत्रलाई संरक्षण गरी व्यवसायिक कृषि उत्पादनलाई प्रवद्र्धन गर्नु र बाँझो जमीनलाई सदुपयोग गर्ने विषय चुनौतीपूर्ण रहेको अध्ययनले देखाएको छ । आव २०७७÷७८ मा वागमती प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल ०.५ प्रतिशतले बढेको छ । गत वर्ष यस्तो क्षेत्रफल २.४ प्रतिशतले बढेको थियो । आ.व. २०७७÷७८ मा यस प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको कुल क्षेत्रफल ०.२ प्रतिशतले घटेको छ भने गत वर्ष यस्तो क्षेत्रफल २.१ प्रतिशतले बढेको थियो ।

यस्तै धान बालीले ढाकेको क्षेत्रफल २.३ प्रतिशत, कोदो बालीको १.७ प्रतिशत, फापर बालीको २१.४ प्रतिशत, भटमास बालीको २.८ प्रतिशत र दलहन बालीले ढाकेको क्षेत्रफल १.६ प्रतिशतले बढेको छ । मकै बालीले ढाकेको क्षेत्रफल २.७ प्रतिशत, गहुँ बालीको ०.५ प्रतिशत, जौँ बालीले ढाकेको क्षेत्रफल ११.७ प्रतिशत, उखु बालीको ८.६ प्रतिशत र तेलहन बालीको ०.९ प्रतिशतले घटेको अध्ययनमा उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया