काठमाडौँ माघ २६–सिके राउत नेतृत्वको जनमत पार्टीले निर्वाचन आयोगले दल दर्ताको क्रममा प्रदान गरेको चुनावबाट निर्वाचनमा भाग लिन पाउनुपर्ने माग गरेको छ ।
जनमत पार्टीका महासचिव चन्दन सिंहले आज निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियालाई ध्यानाकर्षण पत्र बुझाउँदै सो माग गरेका हुन् । प्रदेश तथा प्रतिनिधिसभामा दल दर्ता समयमा प्राप्त गरेको निर्वाचन चिन्हलाई नै मान्यता दिनेको गरेको छ तर स्थानीय तहमा स्वतन्त्र उम्मेदवारको जस्तो नयाँ चुनाव चिन्ह लिनुपर्ने जस्तो व्यवस्था गरेको त्यही नै आपत्तिजनक रहेको उनले बताए ।
दल दर्ताको समयमा प्राप्त गरेको चुनाव चिन्हमा नै निर्वाचनमा भाग लिन पाउनुपर्नेमा आफू पनि सकारात्मक रहेको तर यसको विषयमा सरकारले निर्णय गर्नुपर्ने कुरा प्रमुख आयुक्त थपलियाले भनेको महासचिव सिंहले बताए ।


तपाईको प्रतिक्रिया