बाबुरामले निवेदन दिएर एमसीसी ल्याउनु भएको हो

जुन दिन चाइनिज एम्बेस्डर नेपालका नेताहरुलाई भेट्न जानुभयो त्यहीबेला उहाँलाई भन्नुपथ्र्यो, प्लिज अमेरिकासँगको सम्बन्ध हाम्रो देशको निजी मामला हो, यसमा तपाईहरुको कन्सर्न हुनुहुँदैन । तपाईहरुभन्दा ११ वर्ष पहिले अमेरिकासँग कुटनीतिक सम्बन्ध भएको हो ।

–विजयकान्त कर्ण
–पूर्व राजदूत एवं राजनीतिक विश्लेषक

अहिले नेपालको राजनीतिक एमसीसी (मेलेनियम च्यालेन्ज कर्पोरेशन) को गोलचक्करमा फँसेको छ । अमेरिकाले एमसीसी सम्झौता छिटो पारित गर भनि खुलम खुल्ला भनिरहेको छ भने नेपालका राजनीतिक दल आपसमा अल्झेर त्यसलाई झन अल्झाई रहेका छन् । एमसीसी पारित नहोस् भनि चीनले अप्रत्यक्ष रुपमा दवाव दिइरहेको कुरा पनि बाहिर आएको छ । एमसीसी पास नहुनुमा एक दलले अर्को दललाई आरोप लगाइ रहेका छन् । त्यसले गर्दा नेपालका हरेक कुरा प्रभावित भएको जस्तो देखिन्छ । प्रस्तुत छ, यो एमसीसीको विवाद के हो, यो कहाँबाट कसरी सृजित भएको हो लगायतका विषयमा पूर्व राजदूत एवं राजनीतिक विश्लेषक विजयकान्त कर्णसँग सहारा टाइम्सका लागि गरिएको कुराकानीका सम्पादीत अंशः

अहिलेको एमसीसी विवादले राजनीतिका हरेक आयामलाई प्रभावित पारेको छ, यस्तो किन भइरहेको छ ?
–खासगरि नेपालको विदेश नीति नै अहिले खल्बलिएको छ । सन् २०१६ मा केपी शर्मा ओली देशको प्रधानमन्त्री भएपछि देशको विदेश नीति तहस नहस भएको हो । उहाँले नेपालको विदेश नीतिलाई आफ्नो व्यक्तिगत तथा पार्टीगत रुपमा प्रयोग गर्नुभयो । परराष्ट्र मन्त्रालयलाई कमजोर गरेर त्यसलाई आफ्नो अनुकुल चलाउन थाल्नुभयो । उहाँले जसलाई पनि आश्वासन दिने काम गर्नुभयो । सन्धी सम्झौताहरु गर्ने काम गर्नुभयो तर त्यसलाई कार्यान्वयन गर्ने काम गर्नुभएन । उहाँले आफ्नो कार्यकालमा भारत, अमेरिका चीनलगायत देशसँग रहेको सम्बन्धलाई गिजोली दिनुभयो । आफ्नो सत्ता टिकाउनका लागि कहिले अमेरिकाको समर्थन देखाउने, कहिले चीनको समर्थन देखाउने काम उहाँले गर्नुभयो । त्यसमा यो एमसीसी पनि त्यसरी नै विवादमा पर्यो । खासगरि कम्युनिस्टहरु अमेरिकासँगको सम्बन्धलाई नेपाली सम्बन्धको सन्दर्भमा कहिले सोचेनन् ।

ग्लोबल पोलिसीबाट प्रभावित भएर नेपाल र अमेरिकाको सम्बन्धलाई नेपालको कम्युनिस्ट पार्टीहरुले हेर्ने गरेका छन् । अमेरिका र नेपालको सम्बन्ध कस्तो छ त्यो नहेरीकन ग्लोबल अमेरिकन पोलिसी दुनियाँमा कहाँ के छ, जपानमा कस्तो हुन्छ, साउथ कोरियामा अमेरिकाको के छ, सिरियामा कस्तो छ, इरान, इराकमा कस्तो छ, पाकिस्तानमा के छ भनिसँग जोडेर नेपाली सम्बन्धलाई अत्यन्तै अप्ठ्यारो स्थितिमा पुर्याएको छ । एमसीसी एउटा डेभलोपमेन्ट प्रोजेक्ट हो । जसमा नेपालका सबैजसो पार्टीका सहमति छ । माओवादीका तत्कालिन नेता डा.बाबुराम भट्टराई नेतृत्वको तत्कालिन सरकारले निवेदन हालेर अमेरिकासँग अनुदान सहयोग मागेको थियो । सम्झौता गर्नेबेला यी सबै कुरा कसैले ख्याल गरेनन् । तर गरिसकेपछि अहिले त्यसलाई भुराजनीतिको विषयवस्तु बनाइयो । त्यसले नेपालको राजनीतिका हरेक आयामलाई प्रभावित गरेको छ भने उता बाह्य सम्बन्धलाई पनि प्रभावित गरेको छ । यो विषय हाम्रो आन्तरिक राजनीतिकको विषयवस्तु बन्नु हुँदैन्थ्यो । तर अन्तरराष्ट्रिय सन्धी सम्झौताको कुरा नबुझिकन राजनीतिक पार्टीका नेताहरुले पोजिसन लिए । त्यसपछि पब्लिकले पनि आफ्नो पोजिसन लिएपछि दलहरुलाई अप्ठ्यारो भएको छ ।

एमसीसी एउटा डेभलोपमेन्ट प्रोजेक्ट हो । जसमा नेपालका सबैजसो पार्टीका सहमति छ । माओवादीका तत्कालिन नेता डा.बाबुराम भट्टराई नेतृत्वको तत्कालिन सरकारले निवेदन हालेर अमेरिकासँग अनुदान सहयोग मागेको थियो ।

यति हुँदा हुँदै पनि एमसीसी नेपालको हितमा हो त, तपाईको बुझाई के छ ?
–एमसीसी नेपालको पुरै हितमा छ । पहिलो कुरा त हामीले निवेदन दिएर एमसीसीको परियोजनाहरु माग गरेका छौं । अमेरिकाले हामीलाई अफर गरेको होइन । यो यो क्यारेटेरियालाई मेन्टन गर्ने हो भने अनुदान सहयोग दिने हो भनि अमेरिकाले त्यतिबेला पनि भनेको थियो । ती सबै कुरा स्विकार गरेर सम्झौता गरेको थियो । र, त्यसमा दुईटा प्रोजेक्ट सेलेक्ट भएको थियो, विजुली र सडक । विजुली उत्पादन गरेका छौं हामी । त्यो अबको एक वर्षभित्र भारत वा बगंलादेश निर्यात हुनुपर्छ । यो उत्पादन भारत जानका लागि हामीसँग ट्रान्समिसन लाइन छैन । यो त तरकारी होइन कि ट्रकमा हालेर पठाई दिने हो । त्यही ट्रान्समिसनलाईनका लागि त्यो प्रोजेक्ट सेलेक्ट गरेका हौं । यो प्रोजेक्ट आयो भने राष्ट्रियता खतरामा पर्छ रे, अ‍ेमेरिकी सेना आउँछन् रे, के के हुन्छ, के के हुन्छ जस्ता कुराहरु जवर्जस्ती उठाइएको विषय हो ।

नेपालमा अमेरिकी सेना किन आउँछ पहिलो कुरा यो प्रश्न उठ्छ । भारत र चीनले नेपालमा अमेरिकी सेनालाई कुनै पनि हालतमा आउन दिँदैनन् । दुईतिर दुई शक्तिशाली देश भारत र चीन छन् । त्यो बीचमा अमेरिकाले नेपालमा गएर सैनिक अड्डा जमाउनु निकै गाह्रो विषय हो । अमेरिकाको विदेश नीतिमा ग्लोबल सुपरपावरको विभिन्न कम्पोनेन्टहरु हुन्छन् । ती कम्पोनेन्टहरुमा कही सामरिक स्वार्थ छ, कहि युद्ध गर्नुपरेको छ, कहि सेना पठाउनु परेको छ । कहि उसको डेभलोपमेन्ट प्रोजेक्टहरु छन् । मगोलियामा उसको डेभलोपमेन्ट प्रोजेक्ट छ तर त्यही नजिकको साउथ कोरियामा उसको सेना छ, फिलिपिन्समा उसको सेना छ, जपानसँग उसको स्ट्रेजेटिक सामरिक सम्झौताहरु छन् तर त्यही मगोलियासँग छैन त्यहाँ डेभलोपमेन्ट प्रोजेक्ट छन् ।

भियतनाममा पनि उसको डेभलोपमेन्ट पार्टनसीप छन् । बंगलादेश र श्रीलंकामा उसको डेभलोपमेन्ट प्रोजेक्टहरु छन् । तर हामीले यी कुराहरु बुझ्दैनौ । हरेक देशसँग एउटा खालको व्यवहार गर्दैन । ४५ वर्षसम्म सोभियत संघसँगको शीतयुद्धको बेलामा, या इराक वार (युद्ध) को बेलामा या सिरियाको वार (युद्ध) को बेलामा अमेरिकाले कहिले पनि सैनिक जहाजको रिफ्युलिङ्ग गर्न समेत हामीसँग अनुमति मागेन । इराकको बेला भारतसँग लिए तर हामीसँग लिएन । भनेपछि अमेरिकाले यहाँ सेना पठाउँछ भनि सोच्नु कति काल्पनिक कुरो हो । यही कुराबाट पुष्टि हुन्छ । यहाँ नेपालमा कुरै नबुझि धेरै हल्ला हुने गरेका छन् ।

४५ वर्षसम्म सोभियत संघसँगको शीतयुद्धको बेलामा, या इराक वार (युद्ध) को बेलामा या सिरियाको वार (युद्ध) को बेलामा अमेरिकाले कहिले पनि सैनिक जहाजको रिफ्युलिङ्ग गर्न समेत हामीसँग अनुमति मागेन । इराकको बेला भारतसँग लिए तर हामीसँग लिएन ।

तपाईले त चीनले नेपालमा एमसीसी लागु हुन दिइरहेको छैन भनि रहनु भएको छ, त्यसको आधार के हो ?
–नेपालका लागि चिनियाँ राजदूतले तीन चोटीको प्रेस ब्रिफिङमा एमसीसीका उचारण गर्नुभयो र उहाँले के भन्नुभयो भने एमसीसी नेपालको हितमा छ भने हामीलाई कुनै आपत्ति छैन । तर मैले भारत र अमेरिकाको पनि प्रेस ब्रिफिङ सुनेको छु उनीहरुले कहिले पनि बीआरआइको बारेमा बोलेका छैनन् । उनीहरुले आफ्नो देशमा कुरा गरेका होलान् तर नेपालमा रहेका अमेरिकी राजदूतले बीआरआई नेपालको हितमा छैन, सेक्युरिटी इन्ट्रेस्टमा छ भन्ने कुरा कहिले बोलेका छैनन् । दोस्रो कुरा चिनियाँ राजदूतले नेपालका नेताहरुलाई भेटेर एमसीसी पास हुन नदिनु भनि दवाव दिनुभएको छ । त्यो कुरा बेलाबेलामा उच्च तहबाट आएकै छन् । तेस्रो कुरा, के कम्युनिस्ट पार्टीबाहेकका सबै पार्टी अमेरिकाको दलाल नै हुन् त, यो देशका कम्युनिस्ट पार्टी मात्र राष्ट्रवादी हुन् त । चीन र अमेरिकाको जुन ग्लोबल प्रतिस्पर्धा भइरहेको छ । त्यसको प्रभाव नेपालमाथि पनि पर्यो । त्यो कुरा प्रष्ट देखिएको छ ।

भन्नाले अब यहाँ अमेरिका र नेपालको कुरा मात्र नभएर अमेरिका र चीनबीचको लडाई नेपालमा सुरु भएको हो ?
–चीनले नेपालमा धेरै चलखेल गर्यो तर अमेरिकाले चीनसँगको सम्बन्धलाई नेपालमा कहिले देखाएन । खासगरि सन् २०१३ देखि दक्षिण एसियामा चीनले एग्रसिभलि आफ्नो फोरन पोलिसीहरुलाई युज गर्यो । त्यही अवस्था हामी कहाँ पनि पुगेको हो र अहिलेको अवस्था त्यसैको उपज हो । मानौ अमेरिकी सेना आउँछ रे तर सम्झौता गर्ने वित्तिकै आउँदैनन त । अमेरिकाले मात्र यो प्रोजेक्ट सञ्चालन गर्ने होइन । नेपाल पनि त्यसको पर्टनर हो । संयुक्त रुपमा दुवै देशले त्यो प्रोजेक्टमा काम गर्छन् । यदि काम गराईको क्रममा अमेरिकाले कुनै गडबड गर्न खोज्यो भने नेपालले त्यतिबेला पनि भन्न सक्छ ।

सचेत गराउन सक्छ । विरोध गर्न सक्छ तर अहिले नै हुँदै नभएका कुराहरु उठाएर विवाद सृजना गर्नुको कुनै तुक छैन । हामीले अहिले अन्तराष्ट्रिय सहयोग तथा अनुदानलाई जुन किसिमले हामी विरोध गरेका छौं यदि त्यो लागु भएन भने भोलीको दिनमा यसले ठूलो प्रभाव पार्छ । हामीमाथि सहयोगी अन्तराष्ट्रिय संस्था होस् या कुनै देश नै किन नहोस् हामीसँग प्रोजेक्टको बारेमा सम्झौता गर्दा एकपटक अवश्यक सोच्नेछन् । हामीलाई शंकको नजरले अवश्य हेर्ने छन् । हामीले समय समयमा सहयोगका लागि विभिन्न डोनर एजेन्सी तथा देशलाई आह्वान गर्ने गरेका छौं । हामीले विभिन्न प्रकारका सहयोग पनि पाइ रहेका छौं तर अहिले एमसीसीको जसरी विरोध भइरहेको छ आउने दिनमा कुनै देशले नेपालसँग समझौता गर्दा एकपटक अवश्य सोच्नेछ ।

हामीमाथि सहयोगी अन्तराष्ट्रिय संस्था होस् या कुनै देश नै किन नहोस् हामीसँग प्रोजेक्टको बारेमा सम्झौता गर्दा एकपटक अवश्यक सोच्नेछन् । हामीलाई शंकको नजरले अवश्य हेर्ने छन् । हामीले समय समयमा सहयोगका लागि विभिन्न डोनर एजेन्सी तथा देशलाई आह्वान गर्ने गरेका छौं ।

एमसीसीका कारण हेरक क्षेत्रलाई प्रभावित पारि नै सकेको छ, अब त्यसबाट जोगाउनका लागि कुटनीतिक रुपमा के गर्नुपर्छ ?
–नेपालका राजनीतिक दलका नेताहरुले अमेरिकालाई पनि भन्नसक्नुपर्छ कि नेपालको विषयमा तपाईहरुको कुनै हस्तक्षेप हुनुहुँदैन । हामी आफ्नो समस्या आफै समाधान गर्छौ त्यसका लागि हामी आफै सक्षम छौं । त्यस्तै, चीनलाई पनि भन्नसक्नुपर्छ कि हामीले भारतसँग वा अमेरिकासँग कुनै सन्धी सम्झौता गर्छौ भने त्यसका तपाईहरुको टाउको दुख्नु हुँदैन । हामी कुन देशसँग के व्यवहार गर्नुपर्छ, कस्तो सम्बन्ध राख्नुपर्छ भनि हामीलाई राम्रोसँग थाह छ ।’ जुन दिन चाइनिज एम्बेस्डर नेपालका नेताहरुलाई भेट्न जानुभयो त्यहीबेला उहाँलाई भन्नुपथ्र्यो, प्लिज अमेरिकासँगको सम्बन्ध हाम्रो देशको निजी मामला हो, यसमा तपाईहरुको कन्सर्न हुनुहुँदैन । तपाईहरुभन्दा ११ वर्ष पहिले अमेरिकासँग कुटनीतिक सम्बन्ध भएको हो । संयुक्त राष्ट्र संघमा कसैले सहयोग गरेको छ भने त्यो अमेरिका र भारत हो । यी सबै कुरा नेपालका नेताहरुले चिनियाँ राजदूतलाई भनेर पठाउनु पथ्र्यो । अर्थात नेपालले कुनै देशसँग के सम्बन्ध राख्छ त्यसमा अरु देशले टाउको दुखाउनु हुँदैन भन्ने कुरा नेपालका नेताहरुले अमेरिका र चीन दुवै देशलाई क्लियर भन्नुपथ्र्यो ।

नेपालका नेताहरुले अमेरिका र चीनलाई यो खालको कुरा भन्नसक्ने आँट गर्न सक्छन् जस्तो लाग्छ तपाईलाई ?
–नेपालमा सबै कुरा गर्न सकिन्छ नेता बदलिन सकिदैन । नेपालका नेताहरुले के गरिरहेका छन्, भोली के गर्छन् ती सबै कुरा हामीलाई थाह हुन्छ । तर नेताहरुले आफूलाई परिवर्तन गर्नुपर्छ । यदि आफूलाई परिवर्तन गर्न सक्नु भएन भने देश निकै ठूलो अप्ठ्यारोमा पर्न सक्छ । श्रीलंकालाई हेर्नुस् न, एमसीसीको विरोध गरेर त्यसलाई लिन अस्विकार गर्यो आज त्यही अमेरिकासँग माग्न जानुपर्छ । आज देशको टाट पल्टिने स्थितिमा पुगेको छ । नेताको बुद्धिले देश राम्रो बन्छ, नेताको बुद्धिले देशको सत्यनाश हुन्छ भने कुरा हाम्रो देशको पनि उदाहरण हो । देशमा जुन कुरामा डिस्कशन हुनुपर्ने हो त्यसमा भइरहेको छैन । देशमा आर्थिक संकट आइरहेको छ, देशमा उत्पादन घटेको छ, देशमा उद्योग धन्दा चलिरहेका छैनन् । हामी आयातमुखी भएका छौं, बाहिरबाट ल्याएर खाइरहेका छौ । तर यसको बारेमा कहि कुनै छलफल हुँदैन । त्यसको विषय पनि बन्दैन । कम्युनिष्ट पार्टीका नेताहरु खाली राष्ट्रवाद र राष्ट्रियताको कुरा गरेर देशलाई कङ्गाल बनाउने काम गरेका छन् ।

तपाईको प्रतिक्रिया