Khadya Bibhag

काठमाडौँका सुख सुविधा छाडेर मधेशका लागि ‘होलटाइमर’ नेता

रेणु यादवको कुरा र तर्कबाट प्रभावित भएर उपेन्द्र यादवले राजनीतिमा आउन प्रस्ताव गर्नुभएको थियो । तर त्यतिबेलासम्म रेणु यादव राजनीतिको बारेमा केही सोच्नु भएको थिएन यद्यपी राजनीतिप्रति उहाँको चासो र चिन्ता अवश्य थियो ।

रेणु यादवलाई यो कहिले लागेको थिएन कि कुनै दिन ‘होलटाइम’ राजनीतिमा लाग्ने छु । विहेपछि श्रीमानका साथमा काठमाडौँ आउनु भएका रेणु यादव श्रीमान लक्ष्मण यादवको सेवा, छोराहरुको स्यहार सुसार, घरव्यवहारमा समय दिनुका साथै आफ्नो व्यवसायमा रमाउनु भएको थियो । काठमाडौँको विलासी जीवन र त्यसमा सहकारी तथा सेयर वजारको व्यवसायी । उहाँ आफ्नो सम्पूर्ण समय यसैमा व्यतित गर्नुभएको थियो । चार पाँचवटा सहकारीमा लगानी तथा करोबार, त्यस्तै सेयर मार्केटमा करौडोको कारोबार त्यसैमै चलिरहेको थियो उहाँको व्यस्त जीवन । त्यतिबेलासम्म उहाँलाई आफू सक्रिय राजनीतिमा लाग्छु भनि लागेको थिएन ।

फेसबुकले जुडाएको त्यो दिन
एकदिन समाजिक सञ्जालमा तत्कालिन संघीय समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग रेणु यादवको सम्पर्क भयो । राजनीतिमा राष्ट्रिय तथा अन्तराष्ट्रिय छवी बनाउनु भएका उपेन्द्र यादवलाई पहिलादेखि चिन्नु भएको थियो उहाँले । उहाँको बारेमा सुन्नुभएको थियो, पत्रपत्रिकामा पढ्नु भएको थियो । उपेन्द्र यादवको विचार र राजनीतिक सोचबाट रेणु यादव पहिलादेखि नै प्रभावित हुनुभएको थियो । त्यही कारणले फेसबुकमा देख्ने वित्तिकै रेणु यादवले म्यासेन्जरमा कुरा गर्नुभएको थियो ।

उपेन्द्र यादवले पनि रेसपोन्स गर्नुभएको थियो । त्यसपछि उहाँ दुवैजनाको बीचमा राजनीतिक कुराकानी हुन थाले । रेणु यादवको कुरा र तर्कबाट प्रभावित भएर उपेन्द्र यादवले राजनीतिमा आउन प्रस्ताव गर्नुभएको थियो । तर त्यतिबेलासम्म रेणु यादव राजनीतिको बारेमा केही सोच्नु भएको थिएन यद्यपी राजनीतिप्रति उहाँको चासो र चिन्ता अवश्य थियो । रेणु यादवलाई राजनीतिमा रुची नभएपनि नेपालको राजनीतिबाट अनभिज्ञ हुनुहुन्थेन । उहाँ सानैदेखि राजनीतिक माहोलमा हुर्किनु भएको छ ।

सिरहा भगवानपुरका उहाँका वुवा योगानन्द यादव एमालेको राजनीतिमा हुनुहुन्थ्यो । घरमा राजनीतिक कुराकानी हुन्थ्यो । यता, काठमाडौँमा पनि लक्ष्मण यादवसँग विभिन्न दलका ठूलादेखि साना नेताहरुको भेटघाट भइरहने । लक्ष्मण यादवको घरमै नेताहरुको आउजाउ हुने र त्यहाँ राजनीतिक गफगाफ भइरहने हुनाले पनि रेणु यादवलाई राजनीतिक ज्ञान प्राप्त भइरहन्थ्यो । रेणु यादव भन्नुहुन्छ, म र लक्ष्मणजी पनि एक्लै हुँदा प्रायः राजनीति कुरा नै हुन्थ्यो । त्यसैले म राजनीतिक ज्ञानबाट अन्नभिज्ञ थिइनन् तर यसरी होलटमर राजनीति गर्छु भनि कहिले लागेको थिएन ।’

उपेन्द्र सरसँग जतिपटक कुरा हुँदा उहाँले राजनीतिमा आउनुपर्छ, तपाई जस्तो महिलाको मधेशमा खाँचो छ, मधेशका लागि केही गर्नुपर्छ भन्नुहुन्थ्यो ।’ 

तर एउटा संयोगले रेणु यादवको जीवनको बाटो नै मोडि दियो । उपेन्द्र यादवसँग समाजिक सञ्जाल हुँदै फोनमा पनि कुराकानी हुन थाल्यो । रेणु यादवले भन्नुभयो, उपेन्द्र सरसँग जतिपटक कुरा हुँदा उहाँले राजनीतिमा आउनुपर्छ, तपाई जस्तो महिलाको मधेशमा खाँचो छ, मधेशका लागि केही गर्नुपर्छ भन्नुहुन्थ्यो ।’ एकदिन भेटेर कुरा गरौला भनि रेणु यादवले भन्नुभएको थियो ।

नहुँदै २०७४ मा एक उपेन्द्र यादव रेणु यादवको सिनामंगलस्थित कार्यालयमा पुग्नुभयो । त्यहाँ दुवैजनाको बीचमा राजनीतिक कुराकानी भयो । त्यहीबाट रेणु यादवले आफ्नो बुवा योगानन्द यादवसँग कुरा पनि गराउनुभयो । उपेन्द्र यादवले फोनबाटै योगानन्दलाई पार्टीमा आउन प्रस्ताव गर्नुभएको थियो । उपेन्द्र यादवले रेणु यादवलाई पटक पटक बुवालाई पार्टीमा ल्याउनु पर्यो भन्नुभएको थियो । त्यसको जवाफमा रेणु यादवले तपाई बुवासँग आफै कुरा गर्नुहोस् भन्नुभएको थियो ।

त्यसको केही दिनपछि उपेन्द्र यादव रेणु यादवको घरमा पनि जानुभयो । त्यहाँ रेणु यादवको श्रीमान लक्ष्मण यादवसँग पनि त्यस विषयमा कुराकानी गर्नुभयो । लक्ष्मण यादव र उपेन्द्र यादवबीच पहिलादेखि चिनजान थियो । रेणुलाई राजनीतिमा ल्याउनुपर्छ, यसखालको महिलाको मधेशमा आवश्यकता छ । रेणुमा आफूले सम्भावना देखेको त्यसैले उहाँलाई राजनीति गर्नबाट नरोक्नुस् भनि उपेन्द्र यादवले लक्ष्मणलाई भन्नुभएको थियो । त्यसको जवाफमा लक्ष्मणले राजनीति गर्ने कि के गर्ने त्यसको बारेमा निर्णय गर्ने अधिकार रेणुलाई छ, त्यसमा आफ्नो कुनै हस्तक्षेप नहुने भन्नुभएको थियो ।

रेणुलाई राजनीतिमा ल्याउनुपर्छ, यसखालको महिलाको मधेशमा आवश्यकता छ । रेणुमा आफूले सम्भावना देखेको त्यसैले उहाँलाई राजनीति गर्नबाट नरोक्नुस्

एकदिन अचानक उपेन्द्र यादवले रेणु यादवलाई फोन गरेर पार्टी कार्यालय बोलाउनु भएको थियो । रेणु यादव त्यहाँ जाँदा उहाँका बुवा पनि त्यही हुनुहुन्थ्यो । एकछिन त रेणुका लागि सप्राइज भएको थियो । उपेन्द्र यादवले रेणुका बुवा योगानन्दलाई पार्टीमा आउन आग्रह गर्नुभएको थियो र त्यसमा रेणुको सहमति खोज्नुभएको थियो । उपेन्द्र यादवलाई लागेको थियो कि रेणुले भनेपछि उहाँ पार्टीमा आउनु हुन्छ । र, त्यस्तै भयो । रेणुले सहमति जनाएपछि योगानन्द फोरममा त्यही दिन प्रवेश गर्नुभएको थियो । रेणु फोरममा सक्रिय नहुँदै आफ्नो बुवालाई २०७४ को स्थानीय चुनावअघि नै प्रवेश गराउनु भएको थियो ।

रेणुका लागि ठूलो सप्राइज
एकदिन उपेन्द्र यादवले रेणु यादवलाई फोन गरेर भन्नुभयो, ‘तपाई आज तयार भएर बस्नुहोला म १२ वजे फोन गर्छु ।’ ठिक १२ वजे रेणुको मोवाइलमा फोन आयो । बानेश्वरको एउटा पार्टी प्यालेसमा बोलाउनु भएको थियो । रेणु यादव त्यहाँ जानुभयो । त्यहाँ जाँदा त पार्टीको केन्द्रीय समितिको बैठक (२०७५ बैशाख २० गते छैठो बैठक) रहेछ । पार्टीको बैठकमा रेणु यादवको परिचय दिँदै उपेन्द्र यादवले पार्टी प्रवेश गराउनु भएको थियो । पार्टीमा पहिलदेखि एउटा रेणु यादव हुनुहुन्थ्यो, अर्को रेणु यादव आउनु भएको छ भनि उपेन्द्र यादवले भन्नुभएको थियो । त्यही दिन तुलानारायण साहलगायतका केही व्यक्तिहरु पार्टीमा प्रवेश गर्नुभएको थियो ।

त्यसपछि रेणु यादवको निकै चर्चा भएको थियो । फोरममा त्यसअघि सप्तरीका रेणु यादव हुनुहुन्थ्यो । अहिले अर्को रेणु यादवको पनि चर्चा हुन थाल्यो । त्यसमा विभिन्न टिकाटिप्पणी पनि भएको थियो । हाँसो ठटा पनि भएको थियो । रेणु यादवलाई त्यही दिन साधारण सदस्य बनाइएको थियो । उहाँ पार्टीमा प्रवेश गरेपनि उहाँ आफ्नो व्यवसायलाई निरन्तरता नै दिनुभएको थियो । एक दिन उपेन्द्र यादवले उहाँलाई बोलाएर पार्टीमा कहाँ बसेर काम गर्न चाहनु भएको छ त्यसको बारेमा राय माग्नुभएको थियो । तर रेणुले त्यसको जवाफमा भन्नुभएको थियो, ‘केही समय मलाई साधारण सदस्य भएर नै काम गर्न दिनुस्, केही गरेर नै म आफ्नो स्थान बनाउन चाहन्छु ।’ रेणु यादव साधारण सदस्य भएर पार्टीमा एक वर्षसम्म काम गर्नुभयो ।

हेल्थ क्याम्प कोसेली
राजनीतिमा आइसकेपछि जनतामा जाँदा पहिलो पटक केही लिएर जानुपर्छ भनि सोचाई रेणु यादवमा आएको थियो । उहाँले क्यान्सर सम्बन्धी हेल्थ क्याम्प लिएर सिरहाको आफ्नो गाउँ कर्जन्हा जानुभयो । भक्तपुर क्यान्सर अस्पतालको सहयोगमा अनुभवी डाक्टरहरुलाई लिएर उहाँ गाउँ जानुभयो । त्यही एउटा क्याम्पले रेणु यादवको निकै चर्चा भएको थियो । रेणु यादवले सोचेभन्दा बढी रेसपोन्स आएको थियो । रेणु यादवको राजनीतिमा पदार्पण गर्ने सुरुवात थियो त्यो । राजनीतिक रुपमा गाउँ जाँदा जनताका लागि केही कोसेली लिएर जाँदा रेणुलाई निकै खुशी लागेको थियो । कारण थियो, त्यहाँका जनताले रेणुलाई खुशीले आशिर्वाद दिइरहेका थिए । उहाँले त्यही दिन प्रण गर्नुभयो कि मधेशका लागि राजनीतिमार्फत केही गर्छु अब पछाडि हट्दिन ।

रेणुले त्यसको जवाफमा भन्नुभएको थियो, ‘केही समय मलाई साधारण सदस्य भएर नै काम गर्न दिनुस्, केही गरेर नै म आफ्नो स्थान बनाउन चाहन्छु ।’

त्यस क्याम्पमा ८०० जनाले उपचार गराएका थिए । त्यहाँ रेणुले १५ लाखको औषधी मात्र वितरण गर्नुभएको थियो । त्यो सबै पैसा रेणु यादवको व्यक्तिगत थियो । कतैबाट कुनै सहयोग लिनुभएको थिएन । जनताको स्वास्थ्य अवस्था हेरेर रेणुले त्यही दिन प्रण लिनुभयो कि त्यहाँ एउटा क्यान्सरको सुविधा सम्पन्न अस्पताल खोल्छु । र, केहीपछि त्यसको प्रकृयामा लाग्नुभयो । उपेन्द्र यादव त्यतिबेला स्वास्थ्य मन्त्री हुनुहुन्थ्यो । उहाँले अस्पतालका लागि प्रकृया अगाडि बढाउन सजिलो भएको थियो । अस्पतालका लागि ४० विघा जमिन छनौट हुने काम सम्पन्न भइसकेको छ । त्यसको स्वीकृति लिने काम बाँकी छ ।

अस्पतालसम्म पुग्ने बाटो बनाउनका लागि पाँच करोड वजेट पनि विनियोजन भइसकेको छ । अन्य पूर्वाधार बनाउने काम पनि भइरहेको छ । अन्य कामका लागि सरकारबाट केही स्वीकृतिहरु लिनुपर्ने हुन्छ । त्यसको प्रकृया पनि मन्त्रालयमा सुरु भइसकेको छ । सबै प्रकृया पुरा भएपछि अस्पतालको निर्माण कार्य सुरु हुन्छ । जुन दिन अस्पताल बन्छ, त्यो दिन रेणु यादवको ठूलो सपना पुरा हुन्छ ।

जित्नका लागि रातभरि जग्राम
पार्टीको महाधिवेशबाट एकैपटक केन्द्रमा जाने सोच रेणु यादवको थियो । पार्टीमा कुनै व्यक्तिले टिका लगाई दिएर दिएको पद रेणुलाई स्विकार थिएन । उहाँ आफ्नो बलबुत्ताबाट पार्टीमा कुनै पदमा जान चाहनु भएको थियो । त्यसको एउटा मात्र उपाय महाधिवेशन थियो । पार्टीमा महाधिवशेनको तयारी चलिरहेको थियो । यता रेणु यादव पनि महाधिवशेनबाट केन्द्रीय समितिमा जाने तयारीमा लाग्नुभयो । महाधिवशेनका लागि वडा कमिटी हुँदै, नगरकमिटी र नगरकमिटी हुँदै जिल्ला कमिटीसम्म छनौट हुँदै जानुभयो । त्यहाँबाट एकैपटक प्रदेशमा जानुभयो । त्यहाँ उहाँ महाधिवेशन प्रतिनिधि बन्नुभयो ।

उहाँ भन्नुभयो, ‘यी सबका लागि मैले कसैलाई केही भनेको थिइनन्, पार्टीका नेता तथा कार्यकर्ताहरुलाई आफै वडा हुँदै प्रदेशसम्म पुर्याई दिनुभयो ।’ त्यसको मुख्य कारण थियो, रेणु यादव पार्टीको कुनै पोस्टमा नहुँदा त्यहाँको जनताका लागि सुरु गर्नुभएको काम । सबैलाई उहाँले माया गर्नुहुन्थ्यो । आई परेको सबैखालको सहयोग गर्न अग्रसर हुनुहुन्थ्यो । त्यसले गर्दा वडा कमिटीमा चुनिन वा नगर कमिटीमा चुनिन कसैलाई केही भन्नु परेन । स्वतः आफै सबै काम हुँदै गयो ।

महाधिवशेनका लागि वडा कमिटी हुँदै, नगरकमिटी र नगरकमिटी हुँदै जिल्ला कमिटीसम्म छनौट हुँदै जानुभयो । त्यहाँबाट एकैपटक प्रदेशमा जानुभयो । त्यहाँ उहाँ महाधिवेशन प्रतिनिधि बन्नुभयो ।

२०७६ बैशाख १३ गते सिरहाको लहानमा प्रदेश २ (अहिलेको मधेश प्रदेश) को प्रदेश समितिका अधिवेशन थियो । त्यसमा भाग लिनका लागि त्यहाँ जानुभएको थियो । रेणु त्यसको मतदाता हुनुहुन्थ्यो । पार्टीका अर्का रेणु यादव अध्यक्ष पदका उम्मेदवार हुनुहुन्थ्यो ।

विजय यादवलगायत अन्य नेताहरु पनि अध्यक्षका उम्मेदवार हुनुहुन्थ्यो । रेणु यादव केन्द्रीय महाधिवेशनको तयारीमा हुनुहुन्थ्यो । प्रदेश अधिवेशनमा त मत खसाल्न मात्र जानुभएको थियो । उहाँलाई कतैबाट खबर आयो पार्टीको महाधिवेशन हुनेछैन ।

नयाँ शक्तिसँग एकीकरण हुन लागेको छ । त्यही कारणले महाधिवेशन हुँदैन । रेणु यादव यो कुरा सुनेर झसङ्ग हुनुभयो । अब के गर्ने भनि चिन्ता उहाँलाई लाग्यो । महाधिवशेनबाट पार्टीको कुनै पदमा जाने सोच बनाउनु भएको थियो उहाँ तर एकाएक महाधिवेशन नै नहुने भएपछि के गर्ने भनि असमन्जसमा पर्नुभयो । यता, प्रदेशमा पनि सबैले उम्मेदवारी दिइसकेका थिए । चुनावको माहोला सुरु भइसकेको थियो । उम्मेदवारी दिने अन्तिम समय केही बाँकी थियो । अब त अधिवेशनमार्फत प्रदेशमै भएपनि छिर्नुपर्यो भनि उहाँ उम्मेदवारी दिने सोच बनाउनुभयो ।

तर उहाँका लागि प्रस्तावक र समर्थक पनि भेटिरहेको थिएन । उहाँका लागि पार्टी नयाँ थियो । प्रदेशका सबैलाई उहाँले पहिचान गर्नुभएको थिएन । कसलाई के भन्ने भनि अलमलमा पर्नुभएको थियो । बल्ल बाराका दुईजना फेला पार्नुभयो जसलाई उहाँले समर्थक र प्रस्तावक बनाउनुभयो ।

प्रदेश सदस्यका लागि उम्मेदवारी दिनुभयो । चुनाव लड्ने कुनै तयारी थिएन ।

कुनै सहयोगीलाई पनि लिएर जानु भएको थिएन । तैपनि हिम्मत गरेर उम्मेदवारी दिनुभयो । ६ वजे साँझदेखि मतदान सुरु भयो । उहाँले प्रदेशका कसैलाई चिन्नु भएको थिएन कसरी मत माग्ने उहाँका लागि फसाद भयो ।

रात परेपछि सबै महिलाहरु त्यहाँबाट गइसकेका थिए । महिलामा रेणु यादव मात्र त्यहाँ हुनुहुन्थ्यो । रातभरी यताउती समेत नगरी त्यही गेटम उभिएर एकएक मतदातसँग उहाँले मत माग्नुभयो । 

त्यसपछि उहाँ गेटमा उभिनुभयो । जुन गेटबाट मतदानका लागि मतादाताहरु भित्र जान्थे । त्यहाँ उभेर उहाँले प्रत्येक मतदातालाई नमस्कार गर्दै मत माग्न थाल्नुभयो । रात परेपछि सबै महिलाहरु त्यहाँबाट गइसकेका थिए । महिलामा रेणु यादव मात्र त्यहाँ हुनुहुन्थ्यो । रातभरी यताउती समेत नगरी त्यही गेटम उभिएर एकएक मतदातसँग उहाँले मत माग्नुभयो । कतिपयलाई रेणु यादवको नामबाट कन्फ्युज हुन्थ्यो । रेणु यादवले आफ्नो नम्बर १५ हो र केन्द्रीय सदस्यको उम्मेदवार हुुँ भनि सबैलाई भनिरहनुभयो । विहान ६ वजेसम्म मतदान भयो । उहाँ प्रत्येक मतदातालाई भेटेर मत माग्नुभएको थियो । उहाँ चुनाव जित्नुभयो ।

पछि नयाँ शक्तिसँग एकीकरणपछि प्रदेश समायोजन हुँदा रेणु यादवलाई कोषाध्यक्ष बनाइएको थियो । जसपामा पनि उहाँलाई कोषाध्यक्षको नै जिम्मेवारी दिएको छ । उहाँ चुनाव जितेर पार्टीमा पद पाएकोमा उहाँ सन्तुष्ट हुनुहुन्छ । पार्टीको महाधिवेशन भयो भने केन्द्रका लागि चुनाव लड्ने उहाँको सोच छ ।

जनताको सेवा
प्रदेश कमिटीमा आएपछि रेणु यादव राजनीतिमा झन सक्रिय हुनुभयो । राजनीतिका लागि उहाँ ‘पागल’ हुनुभयो । त्यहाँका जनतालाई सेवा गर्न दिनरात खटिन थाल्नुभयो । काठमाडौको विलासी जीवनलाई त्याग गरेर उहाँ कर्जन्हा बस्न थाल्नुभयो । काठमाडौमा भएका विजनेश व्यपार पनि छाड्नुभयो । राम्रो मान्छे पनि राजनीतिमा आउनुपर्छ भनि उहाँले सन्देश दिनुभयो । राजनीतिमा सबै ठग, भ्रष्ट, लोभी, स्वार्थी मात्र हुन्छ भनि जनताको मनोविज्ञानलाई रेणुले परिवर्तन गर्नुभयो र अधिकाँश समय उहाँले आफ्नो गाउँ र क्षेत्रमा बिताउन थाल्नुभयो । जनताको दुखसुखमा साथ दिन थाल्नुभयो । उहाँले भन्नुभयो, ‘मलाई काठमाडौँको एसीभन्दा मधेशको गर्मी प्यारो लाग्न थाल्यो । जे सुख र खुशी यसमा छ त्यो काठमाडौँको विलासी जीवनमा छैन ।’ रेणु यादव अगामी प्रदेशसभामा सिरहा क्षेत्र नम्बर ४ को ‘क’ बाट प्रत्यक्षमा चुनाव लड्ने तयारी गरिरहनु भएको छ । र, उहाँ चुनाव जित्नेमा विश्वस्त हुनुहुन्छ । उहाँलाई त्यो विश्वास उहाँको कामले दिएको छ ।

जब कि त्यही रेणु यादव दशैं तिहारमा मात्र श्रीमानसँग कर्जन्हा पुग्नु हुन्थ्यो । पर्व सक्ने वित्तिकै काठमाडौ फर्किनु हुन्थ्यो तर अहिले उहाँलाई कर्जन्हा मात्र होइन पुरै मधेश प्यारो भएको छ ।

काठमाडौमा रेणु यादवको आफ्नो सुविधा सम्पन्न घर छ । त्यहाँ कुनै कुराको अभाव छैन । श्रीमानको मात्र होइन, रेणुको पनि आफ्नो व्यक्तिगत कमाई पनि राम्रै थियो । तर ती सबै त्यागेर राजनीतिमार्फत जनताको बीचमा जानुभएको छ । अब त दुई दिन पनि काठमाडौँ बसे भने रेणुलाई छटपटी हुन्छ । उहाँलाई जतिखेर पनि आफ्नो गाउँको क्षेत्रको जनताको याद आइरहेको हुन्छ । त्यही भएर उहाँ काठमाडौँमा टिक्नु हुन्न । केही काम पर्यो भने मात्र अब उहाँ काठमाडौ आउनु हुन्छ । त्यो काम सकाएर फेरि आफने क्षेत्रमा जानुहुन्छ ।
उहाँले आफ्नो क्षेत्रमा चार–पाँच जना छोरीहरुलाई आफ्नै खर्चबाट पढाई रहनु भएको छ ।

वृद्धवृद्धालाई सहयोग गर्नुको साथै कसैलाई सादी विवाहमा आर्थिक समस्या भयो भने त्यसलाई सहयोग गर्न अघि सर्नुहुन्छ । पुलिस प्रशासनदेखि हरेक ठाउँबाट रेणुले जनताको सेवामा लाग्नुभएको छ । त्यहाँका युवाहरुका लागि पनि त्यतिकै सहयोग गर्नुभएको छ । अर्थात रेणु कर्जन्हा गएपछि त्यो गाउँको मुहार नै फेरिएको छ । उहाँको पहलमा गाउँभरि सडक पीच भएको छ । अन्य थुप्रै विकासका काम अगाडि बढेका छन् । जब कि त्यही रेणु यादव दशैं तिहारमा मात्र श्रीमानसँग कर्जन्हा पुग्नु हुन्थ्यो । पर्व सक्ने वित्तिकै काठमाडौ फर्किनु हुन्थ्यो तर अहिले उहाँलाई कर्जन्हा मात्र होइन पुरै मधेश प्यारो भएको छ । उहाँ मधेश प्रदेश समितिको कोषाध्यक्ष भएको कारण कार्यक्रमहरुमा प्रदेशका आठवटै जिल्ला पुगि रहनुहुन्छ । उहाँ आफ्नो क्षेत्रमा सडक, स्वास्थ्य र शिक्षामा विशेष जोड दिनुभएको छ ।

सुरुमा रेणु यादवमाथि टिका टिप्पणी नभएका होइन । गाउँमा छोरी बुहारी साडी लगाउनु पर्छ । घरमा बस्नुपर्छ भनि चलन छ । तर रेणु कुर्ता सलवार लगाएर घुमफिर गर्न थालेपछि गाउँमा उहाँको कुरा काट्ने काम पनि भएको थियो । उहाँले त्यसको कहिले वास्ता गर्नुभएन । अहिले त्यो गाउँमा रेणुको सिको गर्न थालेका छन् । गाउँका चेलीबेटी तथा बुहारीहरु पनि कुर्ता सलवार लगाएर घरबाट निस्कान लागेका छन् । अहिले कर्जन्हाका जनताले भन्न थालेका छन्, ‘रेणु यस गाउँको बुहारी होइन, छोरी हुन् ।’

शिक्षा
रेणु यादव आफ्नो (माइती) घर भगवानपुरबाट सधै आधा घण्टाको दुरीमा रहेको भारत तोरियाही कलेजमा पढ्न जानु हुन्थ्यो । कहिले बाइकमा पुर्याई दिन्थ्यो भने कहिले हिडेर जानुहुन्थ्यो । उहाँ सो सो कलेजबाट म्यानेजमेन्टमा ब्याचलर गर्नुभएको छ ।
एकदेखि पाँचसम्म गर्सहाको प्राविमा पढ्नु भएका रेणु शारदा मावि इनर्वामा ६ देखि १० सम्म पढ्नुभयो । २०५४ सालमा एसएलसी पास गरेर उच्च शिक्षाका लागि भारतको कलेजमा पढाई सुरु गर्नुभएको थियो ।

विवाह
२०५९ सालमा कर्जन्हाका लक्ष्मण यादवसँग बिना दहेज मागी विवाह भएको थियो । यो विवाह लक्ष्मण यादवले आफैले हेरेर गर्नुभएको थियो । रेणुको एकजना आफन्त लक्ष्मणको पनि साथी थिए । उहाँसँग सिरहाको लहानमा गएर रेणु यादवलाई हेर्नुभएको थियो । त्यही पसन्द भएपछि विहेको कुरा अगाडि बढेको थियो र पछि विहे भयो । रेणुलाई पनि लक्ष्मण मन परेको थियो । लक्ष्मण बसाई काठमाडौँमा भएको कारण विहेको इगेंजमेन्ट काठमाडौमै भएको थियो भने विहे लहानमा भएको थियो ।


विहे गरेर काठमाडौँ आएपछि उहाँले इन्टेरियर डिजाइनर पढाई सुरु गर्नुभयो । तीन वर्षका कोर्ष थियो । पढाईका साथै उहाँ एउटा ग्रुप बनाएर सहकारी खोल्नुभयो । त्यसमा लगानी गर्नुभयो । तीन वर्षपछि उहाँले छोरा पाउनुभयो । त्यसपछि पढाइ र काममा पनि केही ब्रेक लागेको थियो । उहाँले सहकारीको कारोबार गर्दै गर्दा सात वर्षपछि अर्को छोराको पनि जन्म भयो । केही समय फेरि ब्रेक भयो । त्यसपछि उहाँले क्यापिटल मल्टीप्रपोज कम्पनी पार्टनसीपमा खोल्नुभयो ।

त्यसबाट सेयर लगानी तथा कारोबारका काम हुन्थ्यो । अहिले राजनीतिमा लागेपछि सबै व्यपार बन्द छन् तर कारोबारहरुमा उहाँको सेयर छदैछ त्यहीबाट अलिअलि पैसा आइरहेका हुन्छन् त्यसले गर्दा उहाँलाई राजनीति गर्न सजिलो भएको छ । उहाँका छोराहरु १६ वर्षीय अल्भीन यादव र १० वर्षीय देवांशप्रताप यादव हुन् । छोरालाई नेपालको सबभन्दा महँगो स्कूल रातोबंगला तथा युलेन्स स्कूलमा पढाई रहनु भएको छ ।

तपाईको प्रतिक्रिया