रुपा झाभित्र लुकेको कला काठमाडौको संघर्षले ल्याई दियो बाहिर

रुपा झामा जुन क्षमता थियो, त्यो कसैले पहिचान गर्न सकिरहेको थिएन । उहाँको क्षमता एक मात्र व्यक्ति धिरेन्द्र प्रेमर्षी जो उहाँको श्रीमान हुनुहुन्छ उहाँले मात्र थाह पाउनु भयो । र, उहाँले रुपालाई समाजमा जवर्जस्ती धकेल्दिनु भयो ।

आफन्तको विहे र पूजापाठमा लुकीछिपी गीत गाउने रुपा झा एक दिन राष्ट्रिय गानमा आफ्नो स्वर दिन्छन् भने उहाँलाई मात्र होइन, कसैलाई थाह थिएन । आफ्नो घर (माइत) मा कसैको विहे होस् वा कुनै पूजा पाठ होस् त्यसमा महिलाहरुले गाउने सामूहिक गीतमा रुपमा झा पनि मिसिनु हुन्थ्यो । त्यो पनि लुकीछिपी । फलानोको छोरीले गीत गाउँदैछे भनि कसैले थाह नपाओस् भनि मनमा एउटा डर हुन्थ्यो रुपा झालाई । गीत गाउने क्रममा कसैले ‘आहा ! रुपा तिम्रो स्वर कति मिठो छ’ भन्दा रुपाको मन त्यतिकै फुरुङ्ग हुन्थ्यो, तर त्यो स्वर त्यही घर आँगनमा सिमित हुन्थ्यो ।
रुपा घरको छोरी हुनुहुन्थ्यो, उहाँलाई घरबाट जथाभावी निस्किने इजाजत थिएन कारण थियो समाज । अरुको घरमा, अरुको पुजामा गएर गीत गाउने, नाचा गान गर्ने इजाजत थिएन उहाँलाई । यहाँसम्म कि स्कूलमा हुने सरस्वती पूजा, गाउँमा हुने कृष्ण जन्मअष्टमी, लक्ष्मीपुजालगायत अन्य सार्वजनिक कार्यक्रममा पनि जाने इजाजत थिएन गीत गाउने, रमाइलो गर्ने धेरै टाढाको कुरा थियो । भारत विहार कमलपुरका रुपा झा घरदेखि स्कूल, स्कूलदेखि घरमा मात्र सिमिति हुन्थ्यो । कहिले काही हाटबजार वा मेलापात वा खेतबारी जानुपर्दा घरका कोही आफन्तसँग जानु हुन्थ्यो ।
छोरी घरको इज्जत हो, उ घरकै पर्दाभित्र रहनु पर्छ भनि समाजको रुढीवादी सोचको शिकार रुपमा झा पनि बन्नु भएको थियो र त्यो शिकारबाट मुक्त हुन उहाँलाई धेरै समय लाग्यो । रुपा झामा जुन क्षमता थियो, त्यो कसैले पहिचान गर्न सकिरहेको थिएन । उहाँको क्षमता एका मात्र व्यक्ति धिरेन्द्र प्रेमर्षी जो उहाँको श्रीमान हुनुहुन्छ उहाँले मात्र थाह पाउनु भयो । र, उहाँले रुपालाई समाजमा जवर्जस्ती धकेल्दिनु भयो । अहिले रुपमा यो देशको ‘सेलिब्रेटी’ भइसक्नु भएको छ, राष्ट्रले उहाँलाई चिन्न थालेको छ । समाजले पनि उहाँलाई खुल्ला रुपमा अपनाई सकेको छ । तर रुपा झाले भन्नुहुन्छ, ‘मलाई थाह छैन किन तर अहिले पनि म समाजको अगाडि खुलेर आउन सकेको छैन, कतै न कतै अझै पनि ममा त्यही संकोच कायम छ । निरधक्क भएर कसैको अगाडि गइ हाल्ने, फ्याट् बोलि हाल्ने, जहाँ पनि उपस्थिति देखाई हाल्ने त्यो संकोच भनौ वा समाजिक कुरुती भनौं ममा अझै बाँकी छ । अझै मलाई घरपरिवारमै रमाउन मन लाग्छ ।’

शिक्षा

रुपा झा घरबाट स्कूल पढ्न जाँदा आउँदा घरको नजर उहाँमाथि नै हुन्थ्यो । तर उच्च शिक्षाका लागि त्यो इजाजत पनि थिएन । उच्च शिक्षाका लागि शहर बजारमा डेरा लिएर बस्नु पथ्र्यो वा होस्टल बस्नु पथ्र्यो तर त्यसका लागि रुपालाई इजाजत थिएन ।

जनकपुरबाट मैथिलीमा मास्टर्स गर्नुभएका रुपा झा विहे अघि नै लगभग ब्याचलर सकाई सक्नु भएको थियो । रुपा झालाई समाजमा खुल्न जति बन्देज थियो, त्यति नै उहाँलाई पढाई लेखाईमा छुट थियो । रुपा झा भन्नुहुन्छ, ‘म घरको जेठी छोरी थिए, मेरो बुवाले मलाई पढाउनु भयो, मेरै छरछिमेका छोरीहरु घरमै बस्थिन् तर मेरो बुवाले छोरी पढुन् भनेर स्कूल पठाउनु हुन्थ्यो । मेरा पढाई लेखाईमा कहिले कुनै रोकटोक भएन ।’
एकदेखि पाँच कक्षा गाउँकै स्कूलमा पढ्नु भएका रुपा झा ६–७ कक्षासम्म भारत कुनौलीको गल्र्स स्कूलमा पढ्नुभयो । कक्षा ८ देखि–१० कक्षासम्म कुनौलीकै जागेश्वर उच्च विद्यालयमा अध्ययन गर्नुभएको थियो । यी तीनटै स्कूल घरबाट हिडेर जान सकिने दुरीमा थिए । त्यही भएर घरबाट पढ्नका लागि इजाजत थियो । रुपा झा घरबाट स्कूल पढ्न जाँदा आउँदा घरको नजर उहाँमाथि नै हुन्थ्यो । तर उच्च शिक्षाका लागि त्यो इजाजत पनि थिएन । उच्च शिक्षाका लागि शहर बजारमा डेरा लिएर बस्नु पथ्र्यो वा होस्टल बस्नु पथ्र्यो तर त्यसका लागि रुपालाई इजाजत थिएन ।

त्यसका लागि रुपा प्राइभेट पढ्न बाध्य हुनुभयो । भारतको ललितनारायण विश्व विद्यालयमा रुपा झाको नाम त लेखाईयो तर कलेज जान दिएन । घरमै किताब तथा नोट लिएर अध्ययन गर्नुहुन्थ्यो । कलेजमा परीक्षा दिन मात्र जानुहुन्थ्यो । परीक्षाको एक हप्ता अगाडी बुवा वा कोही आफन्तसँग डेरा लिएर बस्नुहुन्थ्यो । सबै परीक्षा सकाएर मात्र घर फर्किनु हुन्थ्यो । समाजबाट डराइ डराइ, लुकीछिपी अध्ययन गर्नुभएका रुपाबाट त्यो भय पूर्णरुपमा अझै पनि गएको छैन । यस्तो किन त ? रुपा झा भन्नुहुन्छ, ‘हाम्रो समाज नै त्यस्तो छ, छोरी घरको सजावट मात्र हो, घरका लागि मात्र हो, उ घरमै बस्नुपर्छ भनि रुढीवादी सोचको शिकार मेरो परिवार पनि भएको थियो जसको पीडा मैले त्यतिबेला भोगे ।’
अहिले ती कुराहरुमा धेरै परिवर्तन भएको छ । अब छोरीहरु खुलेर स्कूल जान थालेका छन् । बाहिर होस्टल वा डेरा लिएर पनि पढ्न थालेका छन् । जुन व्यक्तिले रुपाको कुरा कट्थे आज त्यही व्यक्ति आफ्नो छोरीलाई रुपा झा जस्तो बनाउन चाहन्छन् ।

विवाह

२०४८ सालमा सिरहा वस्तीपुरका धिरेन्द्र प्रेमर्षीसँग रुपा झाको विहे भएको हो । रुपा झाको पुस्तैनी घर सप्तरीको तिलाठीमा छ । उहाँको मामाको गाउँ पनि राजविराजमा नै छ । त्यही भएर रुपा झाको परिवारको नेपाल आउजाउ भइरहन्थ्यो । धिरेन्द्र प्रेमर्षीको एकजना दाइ सप्तरीको हनुमाननगर बस्नु भएको कारण रुपा झाको परिवारसँग चिनजान थियो । सोही चिनजानका कारण यो विवाहको साइत जुडेको हो ।

यदि धिरेन्द्र जीले मलाई हेर्न नआएको भए सायद त्यो विहे हुने थिएन ।’ रुपा झाको इच्छा पनि धिरेन्द्र प्रेमर्षीसँग नै विहे गर्नुथियो । जहाँ दहेजबाट समाज जकडिएको छ । विहेमा लडका (केटा) स्वयंले विभिन्न डिमाण्ड गरेका हुन्छन् ।

धिरेन्द्र प्रेमर्षी सुन्दर र रुपा झा त झन सुन्दर । विहेका लागि यी जोडीमा कुनै खोट थिएन तर धिरेन्द्र प्रेमर्षीले विहेमा दहेज नलिने अडान लिएपछि लफडा सुरु भएको थियो । रुपा झाका बुवाले छोरीको विहेमा खर्च गर्नका लागि रकम जम्मा पारेर राख्नु भएको थियो । तर धिरेन्द्र प्रेमर्षीले एक पैसा पनि दहेज नलिकन मात्र विहे गर्ने अडानमा बसेपछि रुपा झाका घरपरिवार पछाडी हटेको थियो । यो कस्तो घरपरिवार (धिरेन्द्र प्रेमर्षी पक्षको) हो जसले दहेज लिन मानेको छैन, यसको मतलब लड्का (केटा) मा कुनै कमजोरी छ जस्ता आशंका गरिएको थियो । रुपा झाका मामाले पनि दहेज लेनदेनकै पक्षमा हुनुहुन्थ्यो ।

दहेज लिनका लागि रुपा झाका परिवारले धिरेन्द्र प्रेमर्षीको परिवारलाई कन्भिन्स गर्ने प्रयास भइरहेको थियो । तर धिरेन्द्र प्रेमर्षी त्यसको कट्टर विरोध हुनुहुन्थ्यो । विहेको कुराकानी चलिरहेकै बेला धिरेन्द्र प्रेमर्षीले पनि रुपा झालाई हेर्ने अवसर प्राप्त गर्नुभयो । केही आफन्तको साथमा धिरेन्द्र प्रेमर्षी रुपालाई हेर्न राजविराज पुग्नुभयो । रुपा झा आफ्ना परिवारका साथ राजविराजको सखडा मन्दिरमा आउनु भएको थियो । धिरेन्द्र प्रेमर्षीले पहिलो पटक रुपालाई त्यही मन्दिरमा हेर्नु भएको थियो । रुपा झा भन्नुहुन्छ, ‘धिरेन्द्रजीले मलाई हेर्नुभयो कि हेर्नुभएन थाह छैन तर मैले उहाँलाई हेरिनन्, लाजले टाउको तल पारेको थिए, त्यही भएर मैले उहाँलाई राम्रोसँग हेर्न पाएको थिइनन् ।’
धिरेन्द्र प्रेमर्षीले हेरेपछि मात्र रुपाका परिवार विहे गर्न बाध्य भएको थियो । लडका (केटा) ले हेरेपछि विहे नगर्दा समाजमा नराम्रो सन्देश जाने डरले विहे गर्नका लागि राजि भएको थियो । केटाले किन रिजेक्ट गर्दियो, लडकी (केटी) मा कुनै कमजोरी छ कि भनि टिका टिप्पणीको डरले रुपा झाका आमा–बुवा विना दहेज नै विहे गर्न राजी हुनुभएको थियो । रुपमा झा भन्नुहुन्छ, यदि धिरेन्द्र जीले मलाई हेर्न नआएको भए सायद त्यो विहे हुने थिएन ।’ रुपा झाको इच्छा पनि धिरेन्द्र प्रेमर्षीसँग नै विहे गर्नुथियो । जहाँ दहेजबाट समाज जकडिएको छ । विहेमा लडका (केटा) स्वयंले विभिन्न डिमाण्ड गरेका हुन्छन् । त्यही समाजमा धिरेन्द्र प्रेमर्षी जस्ता लड्का छन् भनि थाह पाएर रुपा झा उहाँप्रति आकर्षिक हुनुभएको थियो । अन्ततः अनेक अड्चनका बावजुद पनि धिरेन्द्र प्रेमर्षीसँग रुपाको विहे भयो ।

काठमाडौको अभावपूर्ण यात्रा

विहेको ६ महिनापछि रुपा झा धिरेन्द्रको साथमा काठमाडौँ आउनु भएको थियो । तर उहाँ काठमाडौँमा दुई महिना पनि टिक्न सक्नुभएन । धिरेन्द्र प्रेमर्षी कृषिको जेटीमा जागिरे हुनुुहुन्थ्यो । आर्थिक अवस्था राम्रो थिएन । कोठा भाडा तिर्न, तरकारी, दाल, चामललगायत सबै कुरा जोहो गर्न धिरेन्द्र प्रेमर्षीलाई गाह्रो थियो । त्यसमा पनि नयाँ नयाँ विहे गरेर आएका कारण खर्च त्यतिकै पनि बढेको थियो । घर (कोठा) मा पाहुनको लाइन कहिले टुटेन । रुपा झासँगको विहेका कारण आफ्नो घरसँग धिरेन्द्र प्रेमर्षीको राम्रो सम्बन्ध थिएन । रुपासँग विना दहेज विहे गरेको भनि आमा खुस हुनुहुन्थेन । त्यसले गर्दा घरबाट कुनै सहयोग भइरहेको थिएन । यी सब व्यवस्थापन गर्नमा धिरेन्द्र प्रेमर्षीलाई निकै गाह्रो भइरहेको थियो । जसको प्रत्यक्ष साक्षी रुपा झा हुनुहुन्थ्यो ।

त्यतिबेलासम्म रुपा झाको पेटमा बच्चाले अकार लिइसकेको थियो । यहाँ यसरी अभावमा बाँच्नु भन्दा राम्रो त घर फर्किनु नै बेस हुने भन्दै रुपा झा श्रीमान धिरेन्द्रको सल्लाहमा आफ्नो गाउँ फर्किनु भएको थियो । रुपालाई यसरी घर पठाउने इच्छा धिरेन्द्रको थिएन तर मुटुमाथि ढुङ्गा राखेर काठमाडौबाट विदाई गर्नुपरेको थियो । त्यतिबेला अहिलेको जस्तो कम्युनिकेशनको सुविधा थिएन । चिठी पत्रले मात्र रुपा र धिरेन्द्रबीच कुरा हुन्थ्यो । त्यो दुई महिनामा धिरेन्द्रले ५० भन्दा बढी चिठी रुपालाई पठाउनु भएको थियो ।

आर्थिक अवस्था राम्रो थिएन । कोठा भाडा तिर्न, तरकारी, दाल, चामललगायत सबै कुरा जोहो गर्न धिरेन्द्र प्रेमर्षीलाई गाह्रो थियो । त्यसमा पनि नयाँ नयाँ विहे गरेर आएका कारण खर्च त्यतिकै पनि बढेको थियो । घर (कोठा) मा पाहुनको लाइन कहिले टुटेन ।

राजविराजमा रुपाका मामाको दुर्गा बोर्डिङ्ग स्कूल थियो । सोही बोर्डिङ् स्कूलको ठेगानमा धिरेन्द्र प्रेमर्षी काठमाडौँबाट रुपाका लागि चिठी पठाउनु हुन्थ्यो । त्यो चिठी लिनका लागि १० किलोमिटर टाढाबाट कहिले काही रुपा आफै आउनु हुन्थ्यो नभए उहाँका बुवो वा भाइ आउनु हुन्थ्यो । चिठीले चित्त नबुझेपछि कहिले काही धिरेन्द्र काठमाडौँबाट बोर्डिङ्ग स्कूलमा फोन गरेर रुपासँग कुरा गर्नुहुन्थ्यो । कहिले काही कुनौली बोर्डरमा रहेको फोन बुथबाट पनि दुवैजनाको बीचमा कुराकानी हुन्थ्यो ।
एक दिन रुपा झालाई एउटा पत्र आयो । जसमा कृषिको जागिरबाहेक एउटा अर्को जागिर सुरु गरेको छु, अब कमाई ठिकठाक हुन थालेको भन्दै रुपालाई काठमाडौँ आउनका लागि आग्रह गरिएको थियो । त्यो आग्रह धिरेन्द्र प्रेमर्षीको थियो । सो आग्रहपछि रुपा झा पुनः काठमाडौँ आउनुभयो । धिरेन्द्र र रुपाबीच पाँच वर्षपछि गौणा अर्थात दोस्रो विहे भएको थियो । त्यतिबेलासम्म रुपा झा धिरेन्द्र प्रेमर्षीको घर सिरहा वस्तीपुर जानु भएको थिएन । तर धिरेन्द्र आफ्नो ससुराली आउ जाउ गर्नुहुन्थ्यो ।

धिरेन्द्रसँग खटपट

रुपा काठमाडौँ आएपछि धिरेन्द्र प्रेमर्षीसँग खटपट सुरु भयो । खटपट अरु केहीको लागि होइन, धिरेन्द्र प्रेमर्षी चाहनु हुन्थ्यो कि रुपा बाहिर निस्कुन्, बाहिरको संसार बुझुन्, उहाँ आफै केही गरुन्, आफ्नो पहिचान आफै बनाउन् तर रुपा जुन समाजबाट जसरी हुर्केर आउनु भएको थियो त्यसबाट निस्कन चाहनु हुन्थेन । रुपा काठमाडौँमा पनि घरमै बस्ने, खाना पकाउने, घर गृहस्थी चलाउने सोचमा हुनुुहुन्थ्यो । यसले गर्दा दुवैजनामा पटक पटक खटपट हुन्थ्यो । धिरेन्द्र प्रेमर्षी सुरुदेखि नै गीत संगितमा रुची राख्नु हुन्थ्यो । गाउनु हुन्थ्यो, लेख्नु हुन्थ्यो । काठमाडौँमा हुने प्रायः कार्यक्रमहरु जाँदा रुपालाई पनि साथमा लिएर जान चाहनु हुन्थ्यो ।
कार्यक्रममा रुपालाई जवर्जस्ती गीत गाउन लगाउनु हुन्थ्यो । कविता वाचन गर्न लगाउनु हुन्थ्यो । जुन कुरा रुपालाई मन पर्दैन्थ्यो । रुपाले राम्रो गीत गाउन सक्नुहुन्छ, राम्रो कविता वाचन गर्न सक्नु हुन्छ भने कुरा धिरेन्द्र प्रेमर्षीलाई थाह थियो त्यही कुरा उहाँले बाहिर ल्याउन चाहनु भएको थियो । एउटा मैथिली विकास मञ्च थियो । त्यसको कार्यक्रमहरु भइरहन्थ्यो । त्यसमा धिरेन्द्रले रुपालाई पनि लग्नु हुन्थ्यो तर त्यहाँ एकजना पनि महिला नहुँदा रुपालाई जान मन मान्दैन्थ्यो । तैपनि धिरेन्द्र प्रेमर्षी जवर्जस्ती लग्नुहुन्थ्यो । कहिले काही दुवैजनामा खटपट हुँदा रुपा झा दुई दुई दिनसम्म खाना खानु हुन्थेन ।
तैपनि धिरेन्द्र प्रेमर्षी कहाँ मान्नेबाला हुनुहुन्थ्यो र, जवर्जस्ती हात तानेर कार्यक्रममा लाग्नुहुन्थ्यो र उहाँलाई गीत गाउन वा कविता वाचन गर्न लगाउनु हुन्थ्यो । केही नभए पनि कार्यक्रममा त्यतिकै बस्न पनि भन्नुहुन्थ्यो । यहाँसम्म कि नेपाली कार्यक्रम भएपनि धिरेन्द्र प्रेमर्षीले कुनै नकुनै बाहानामा त्यसमा मैथिली छिराएर रुपालाई गीत वा कविता वाचन गर्न लगाउनु हुन्थ्यो । धिरेन्द्र प्रेमर्षी कार्यक्रममा जाँदा साइकल लिएर जानु हुन्थ्यो । त्यसमा रुपा झालाई पनि बसाउनु हुन्थ्यो जब कि साइकलमा चढ्न रुपालाई निकै लाज लाग्थ्यो तैपनि धिरेन्द्र प्रेमर्षीको करकाप र प्रेमको अगाडि रुपाको केही चल्दैन्थ्यो, साइकल चढ्नै पथ्र्यो । तर साइकल चढ्दा रुपाको एउटा शर्त हुन्थ्यो, त्यो हो, कार्यक्रमको स्थलभन्दा परै साइकलबाट ओराल्नु ।’
कार्यक्रमबाट फर्किदा रुपा साँझको प्रतिक्षा गर्नुहुन्थ्यो । साँझ परेपछि साइकलमा चढेर जाँदा कसैले देख्न सक्दैन भनि बुझाई उहाँको थियो । कहिले काही कुनै कार्यक्रममा रुपालाई एक्लै पनि पठाइन्थ्यो, रुपाको इच्छा नहुँदा पनि । रुपा बाध्य भएर कार्यक्रमहरुमा जानु हुन्थ्यो, कविता वाचन वा जे कार्यक्रम हुन्थ्यो त्यसमा सहभागी भएर फर्किनु हुन्थ्यो । धिरेन्द्र प्रेमर्षीले रुपा झालाई भन्नुहुन्थ्यो, ‘रुपा तिमीमा जे क्षमता छ, त्यो बाहिर ल्याउन चाहेको हुँ, मलाई थाह छ कि तिमीभित्र क्षमता छ, र तिमीले गर्न सक्छौं त्यही भएर म यति जोड दिएर कार्यक्रमहरु लग्ने गरेको छु ।’

धिरेन्द्र प्रेमर्षी कार्यक्रममा जाँदा साइकल लिएर जानु हुन्थ्यो । त्यसमा रुपा झालाई पनि बसाउनु हुन्थ्यो जब कि साइकलमा चढ्न रुपालाई निकै लाज लाग्यो तैपनि धिरेन्द्र प्रेमर्षीको करकाप र प्रेमको अगाडि रुपाको केही चल्दैन्थ्यो, साइकल चढ्नै पथ्र्यो ।

तर रुपा त्यसमा कहिले राजि हुनुभएन । जतिपनि कार्यक्रममा जानु भयो । जति गीत गाउनु हुन्थ्यो, कविता वाचन गर्नुहुन्थ्यो धिरेन्द्र प्रेमर्षीको करले मात्र । घरमा पाहुनाहरु आउँदा रुपालाई त्यसको चिन्ता हुन्थ्यो तर धिरेन्द्र भन्नुहुन्थ्यो त्यसको चिन्ता छोडदिनुस् तपाई आफ्नो काममा ध्यान दिनुस् ।

पहिलो रेकर्डिङ

रुपाले पहिलो पटक २०५० सालमा रेडियो नेपालमा छठको गीत रेकर्डिङ गराउनु भएको थियो । कस्तो हुन्छ रेकर्डिङ, कसरी हुन्छ रेकर्डिङ रुपालाई केही थाह थिएन । तर धिरेन्द्रले भन्नुभएको थियो, ‘मलाई थाह छ तिमी परफेक्ट गाउछौं ।’ रेडियो नेपालमा गरेको छठको पहिलो रेकर्डिङ दमदार भयो । रेडियो नेपालमा पनि रुपा झाको तारिफ भयो । तैपनि रुपालाई बाहिर निस्कन, यसमै रमाउन मन मानिरहेको थिएन । यसरी स्टेजमा गएर गीत गाउदा आमा–बुवा, सासु–ससुराले थाह पाउनु भयो भने के भन्नुहुन्छ, गाउँघरका आफन्तले थाह पाउनु भयो वा हेर्नुभयो भने के भन्नुहुन्छ भनि डर रुपा झाको मनमा हरहमेशा हुन्थ्यो ।
उहाँ भगवानसँग प्रार्थना गर्नुहुन्थ्यो, कार्यक्रममा कहिं कतै जानु परे परोस् तर राजविराज कहिले पनि जान नपरोस् । त्यहाँ उहाँको मामाको घर थियो । त्यहाँबाट उहाँको घर पनि नजिकै थियो । कार्यक्रममा कसैले देखि हाले भने बर्बाद हुन्छ भनि लाग्थ्यो रुपा झालाई तर यो कुरासँग धिरेन्द्र प्रेमर्षीको मतलब थिएन । उहाँले रुपामा निखार आयोस्, रुपा आफ्नो परिचय र पहिचान बनाउन सकोस् भनि उद्देश्य मात्र थियो । यस्तो समय आयो एकपटक रुपा झा एउटा सम्मान कार्यक्रममा भाग लिनका लागि राजविराज जानु पर्यो । कार्यक्रम सकेपछि एकजना आफन्तको घरमा जाँदा गाली खानु पर्यो । ‘यो दोसल्लाका लागि मात्र यति टाढाबाट आएको हो, यो सब गरेर के फाइदा हुन्छ’ जस्ता प्रश्न रुपामाथि खनियो । तर विस्तारै विस्तारै रुपमा पनि समाजमा मिसिन थाल्नु भएको थियो । सकोच हुँदा हुँदै पनि कार्यक्रमहरुमा जान थाल्नु भएको थियो ।

हेलो मिथिलाको यात्रा


काठमाडौको एचबीसी एफएममा एउटा मैथिली कार्यक्रम चलाउने भनि धिरेन्द्र प्रेमर्सीले त्यहाँका स्टेशन मैनेजरसँग कुरा गरेर आउनु भएको थियो । त्यो कुरा उहाँले रुपा झासँग राख्नुभयो । ‘रुपा तिमी र म एचबीसी एफएममा एउटा मैथिली कार्यक्रम चलाउनुपर्छ म कुरा गरेर आएको छु’ भन्नुभएको थियो । तर रुपाले मानिरहनु भएको थिएन । कसो कसो गरी धिरेन्द्र प्रेमर्षीले रुपालाई मनाउनु भयो । सो एफएममा ‘चौबटिया’ मैथिली भाषाको कार्यक्रम चलाउनु भयो । पहिलो अन्तरवर्ता डा.रामवरण यादवको थियो । त्यतिबेला उहाँ राष्ट्रपति बन्नुभएको थिएन । त्यो पहिलो कार्यक्रम यति चर्चित भयो कि रुपा र धिरेन्द्र प्रेमर्षीको खोजी हुन थाल्यो । त्यस्तै मैथिली कार्यक्रम कान्तिपुरमा चलाउन अफर पनि आयो । एचबीसी काठमाडौँ उपत्यकामा मात्र सुनिन्थ्यो भने कान्तिपुर उपत्यका बाहिर पनि सुनिने भएको हुनाले धिरेन्द्र र रुपाले केही दिनपछि त्यो एफएम छाडेर कान्तिपुरमा हेलोमिथिला चलाउन थाल्नुभयो ।
हेलो मिथिला कार्यक्रम यति चर्चित भयो कि राताराता रुपालाई सेलिब्रेटी बनाई दियो जुन कुरा उहाँले कल्पना समेत गर्नुभएको थिएन । अहिलेको जस्तो त्यतिबेला एफएमहरु थिएन । स्रोताहरु खुब हुन्थ्यो । हेलोमिथिलाका लागि यति चिठीपत्र आउँथ्यो कि कान्तिपुर एफएमको अफिसबाट बोरामा हालेर चिठीपत्र घरमा लग्नुहुन्थ्यो । त्यही कार्यक्रमका कारण रुपालाई ठाउँ ठाउँबाट कार्यक्रमको लागि अफर पनि आउन थाले । तराई मधेशका कुनै पनि कार्यक्रममा धिरेन्द्र र रुपा जाँदा हजारौंको भिड लाग्थ्यो । रुपा झा स्टेजमा चढ्ने वित्तिकै ताली बज्थ्यो । कार्यक्रम आयोजकले रुपा र धिरेन्द्रको फोटो राखेर कार्यक्रमको प्रचार प्रचार गरेको हुन्थ्यो ।
त्यही हेलोमिथिला २१ वर्षदेखि सञ्चालनमा छ । अहिले विभिन्न एफएमहरुले त्यस्तै त्यस्तै कार्यक्रमहरु चलाई रहेका छन् । तर हेलोमिथिलाको क्रेज अझै कम भएको छैन । अहिले पनि स्रोताहरु सुनिरहेका हुन्छन् । रेसपोन्स दिइरहेका हुन्छन् ।

जागिर

कार्यक्रममा कसैले देखि हाले भने बर्बाद हुन्छ भनि लाग्थ्यो रुपा झालाई तर यो कुरासँग धिरेन्द्र प्रेमर्षीको मतलब थिएन । उहाँले रुपामा निखार आयोस्, रुपा आफ्नो परिचय र पहिचान बनाउन सकोस् भनि उद्देश्य मात्र थियो । यस्तो समय आयो एकपटक रुपा झा एउटा सम्मान कार्यक्रममा भाग लिनका लागि राजविराज जानु पर्यो ।

मास्टर्स गर्नुभएका रुपा झालाई १०–५ को जागिर गर्ने इच्छा कहिले भएन । १०–५ को जागिर गर्यो भने घरपरिवार सम्हाल्न सकिदैन भने बुझाई रुपा झाको छ । उहाँले पार्टटाइम जागिरको लागि प्रयास नगरेको पनि होइन तर सोर्सका कारण जागिर पाउनु भएको थिएन । रेडियो नेपालमा भ्वाइस टेस्टमा पास हुनुहुन्थ्यो तर सोर्स नपुगेको कारण उहाँको नाम निस्किदैैन्थ्यो । एकपटक रेडियो नेपालमा उहाँको जागिर पक्का भइसकेको थियो । प्रदीप नेपाल सञ्चार मन्त्री हुनुहुन्थ्यो । तर रेडियो नेपालमा भाषालाई लिएर लफडा चलिरहेको थियो । त्यही लफडाको विषयमा धिरेन्द्र प्रेमर्षीले हिमालय टाइम्समा एउटा लेख लेख्नुभयो । त्यही लेखका कारण रुपालाई रेडियो नेपालमा जागिर भएन ।
त्यसका लागि रुपा झाले धिरेन्द्र प्रेमर्षीसँग झगडा पनि गर्नुभयो । रुपाले ‘तपाईको एउटा लेखका कारण भएको जागिर पनि भएन’ भन्नुभएको थियो । त्यसको जवाफमा धिरेन्द्रले भन्नुभएको थियो, ‘तपाईको जागिर भएन त्यसमा मलाई कुनै चिन्ता छैन, तर भाषामाथि सरकारले जुन व्यवहार गरेको थियो त्यसको विरोध मैले गरेको हुँ त्यसमा म खुशी छु ।’ धिरेन्द्रलाई पनि रुपाले कुनै सरकारी जागिर गरुन् भन्ने थिएन । उहाँको चाहना पनि गीत संगित, साहित्यमा रुपाले आफ्नो पहिचान बनाओस् भनि थियो ।
रुपा झाले कति पैसा कमाउनु भएको छ त्यो उहाँलाई पनि थाह छैन । आधा दर्जनभन्दा बढी एल्बम निकाल्नु भएको छ । सय भन्दा बढी गीत गाउनु भएको छ । त्यसको रोयल्टी आयो कि आएन कहाँ गयो रुपालाई थाह छैन । कहिले काही हात पर्यो भने छुट्टै कुरा हो नत्र धिरेन्द्र प्रेमर्षीसँग संयुक्त गाएको कारणले उहाँले नै सबै बुझ्ने गर्नुभएको रुपा बताउनु हुन्छ ।
रुपा झा भन्नुहुन्छ, म कहिले काही धिरेन्द्रजीलाई भन्ने गरेको छु, म अहिलेसम्म केही कमाएको छैन, जागिर गर्दा नै राम्रो हुन्थ्यो अनि उहाँ भन्नुहुन्छ, तपाईलाई त्यस्तो लागेको होला तर तपाईको पनि कमाई भइरहेको छ त्यो कमाइ अनन्त छ ।’ कहिले काही रुपाले ट्रान्सलेटको काम पनि गर्नुहुन्छ । नाटक लेख्नेदेखि लिएर खेल्नेसम्मको काम गर्नुहुन्छ । उहाँहरु विज्ञापनमा पनि धेरै काम गर्नुभएको छ । एक समय थियो मैथिली भाषाको विज्ञापनमा रुपा र धिरेन्द्रबाहेक अरुले ठाउँ नै पाउँदैन्थे । विज्ञापन दिने कम्पनीको रोजाईमा रुपा र धिरेन्द्रको जोडी पथ्र्यो ।

राजनीतिक

२०७० को दोस्रो संविधानसभा चुनावमा रामसपाबाट समानुपातिक उम्मेदवार बन्नुभएका रुपा झा त्यो बेला क्षेत्रमा निकै मेहनत गर्नुभएको थियो । चुनावी प्रचारको क्रममा मञ्चहरुमा गएर भाषण गर्नु, कविता वाचन गर्नु, गीत गाउनु जस्ता कार्य गर्नुहुन्थ्यो ।

साहित्य र सञ्चारमार्फत समाजसँग जोडिनु भएका रुपा झा राजनीतिमार्फत पनि समाजसँग जोडिनु भएको छ । मधेशी समाजमा केही गर्नका लागि उहाँ मधेशवादी दललाई रोज्नुभयो । उहाँ अहिले लोसपाका नेतृ हुनुहुन्छ । दीदी–भाइको सम्बन्ध रहेको लोसपाका नेता केशव झाले रुपालाई राजनीतिमा लाग्न कन्भिन्स गर्नुभएको हो । राजनीतिप्रति रुची राख्ने रुपा झा केशव झाको कुरा मानेर शरतसिंह भण्डारी नेतृत्वको तत्कालिन राष्ट्रिय मधेश समाजवादी पार्टीमा लाग्नु भएको थियो ।
शरतसिंह भण्डारीबाट पहिलादेखि नै प्रभावित रहनु भएका रुपा झा रामसपामा प्रवेश गर्ने वित्तिकै संगठनको काममा सक्रिय हुनुभयो । शरतसिंह भण्डारीसँग तराई मधेशका विभिन्न ठाउँमा हुने कार्यक्रममा जान हुन्थ्यो । रुपा झालाई देखेपछि रामसपाप्रति धेरैको आकर्षण बढेको थियो । २०७० को दोस्रो संविधानसभा चुनावमा रामसपाबाट समानुपातिक उम्मेदवार बन्नुभएका रुपा झा त्यो बेला क्षेत्रमा निकै मेहनत गर्नुभएको थियो । चुनावी प्रचारको क्रममा मञ्चहरुमा गएर भाषण गर्नु, कविता वाचन गर्नु, गीत गाउनु जस्ता कार्य गर्नुहुन्थ्यो ।
रुपाको नाम सुनेर कार्यक्रममा त्यतिकै पनि भिड लाथ्यो । त्यसको फाइदा पार्टीलाई खुबै भएको थियो । चुनाव सम्पन्न भयो परिणाम पनि आयो तर रामसपाले रुपा झालाई समानुपातिक सांसद बनाएन । रुपा झा भन्नुहुन्छ, ‘म समानुपातिकको उम्मेदवार बन्छु भनि मागेको थिइनन्, मलाई पार्टीले आफै बनाएको थियो, उम्मेदवार बनाई सकेपछि संसद बन्ने चाहना भएको थियो तर दिएन त्यसमा मलाई कुनै गुनासो थिएन ।’ रामसपासहित अन्य दल मिलेर राजपा बन्यो । राजपामा पनि रुपालाई केन्द्रीय सदस्य बनाएको थियो । २०७४ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभामा पनि उहाँलाई प्रदेशसभातर्फ समानुपातिक उम्मेदवार बनाइएको थियो ।
त्यो चुनावमा पनि रुपा झाले पार्टीका लागि निकै मेहनत गर्नुभएको थियो । मधेश प्रदेशभरि नै उहाँ घुम्नुभयो । कार्यक्रममा भाग लिनुभयो, चुनावको प्रचार प्रसार गर्नुभयो । तर समानुपातिक पद अरु कसैलाई नै दिएको थियो । त्यतिबेला पनि रुपा झाको कुनै गुनासो थिएन । कतिपयले पार्टी कार्यालय नियमित जानु, नेताहरुको अघिपछि गर्नु अनि मात्र समानुपातिक पाइन्छ भनि सुझाव रुपा झालाई दिएको थियो तर उहाँले भन्नुभएको थियो, ‘जिन्दगीमा मबाट त्यस्तो काम हुँदैन, नेताको अघिपछि गर्ने, पार्टी कार्यालयमा गएर विना कामले बस्ने काम मबाट हुँदैन ।’ रुपा झा अहिले पनि विना कामले पार्टी कार्यालय जानु हुन्न । पार्टीको बैठक भयो, वा कुनै कार्यक्रम भयो त्यसको जानकारी भयो भने मात्र जानुहुन्छ त्यसबाहेक जानु हुन्न ।
राजपा र समाजवादी पार्टी बीच एकीकरण भएपछि बनेको जसपामा पनि उहाँ केन्द्रीय सदस्य नै बन्नुभएको थियो । जसपाबाट लोसपा विभाजित भएपछि उहाँ लोसपामा नै बस्नु भयो ।

विदेश यात्रा

अमेरिकाको एउटा कार्यक्रममा उद्घोषणका लागि रुपा झालाई मात्र निमन्त्रणा आएको थियो । तर धिरेन्द्र प्रेमर्षी नगएपछि रुपा पनि जानुभएन । रुपा झाको आमाले समेत अमेरिका जान भन्नुभएको थियो । अरु धेरै मान्छेको सुझाव पनि रुपालाई अमेरिका जान नै थियो तर उहाँ धिरेन्द्र प्रेमर्षी विना नजाने अडानमै बस्नुभयो । उहाँले भन्नुहुन्छ, ‘म त नेपालमा हतपत एक्लै कतै जान नचाहने व्यक्ति त्यतिबेला अमेरिका कसरी जान्थे । एक्लै अमेरिका गएको भए, मान्छेले के भन्थ्यो, श्रीमानलाई छाडेर अमेरिका गइन् भनि कुरा काटिन्थ्यो त्यही डरले म त्यो बेला अमेरिक नगएको हो ।’
धिरेन्द्र प्रमर्षीसँग उदघोषण कार्यक्रमका लागि रुपा कतार जानुभएको थियो । छोरा अमेरिकामा भएका कारण त्यहाँ दुवैजना जानुभएको थियो । एक महिना बसेर फर्किनु भएको थियो । भारत कार्यक्रमका लागि पटक पटक जानुभएको छ ।

गीत संगित

सैयौं थुङ्गा फूलका हामी….भनि राष्ट्रिय गीतमा स्वर दिनु भएका रुपा झाका प्रितम हमर कमौआ, प्रेम भेल तर घुसकी मे, सुखक सनेष, नेहक वैनलगायतका एल्बम छन् भने मैथिली भाषाका मात्र एक सय भन्दा बढी गीत छन् नेपाली भाषामा पनि विभिन्न गीत गाउनु भएको छ ।
त्यस्तै अवधि र थारु भाषाका पनि गीतहरु गाउनु भएको छ । रेडियो नाटक खेल्नुको साथै विद्यापती सिरियलमा पनि काम गर्नुभएको छ । हाल नेपाल टीभीमा प्रत्येक शुक्रवार चौवटीया कार्यक्रम चलाई रहनु भएको छ ।

तपाईको प्रतिक्रिया