सूचना माग्दा नगरपालिकाले गर्यो अपाङ्ग शिक्षकको सरुवा

मावि सारस्वरमा कार्यरत शिक्षक परशुराम साह शारिरीक रुपले अपाङ् हुनुहुन्छ उहाँ ह्वीलचेयर प्रयोग गर्नुहुन्छ । त्यस्ता व्यक्तिलाई सिरहा नगरपालिकाले श्री आधारभूत विद्यालय लगडी गदियानी सिरहा सरुवा गरेको छ । विगत सातवर्षदेखि सारस्वरनाथ माध्यमिक विद्यालय सारस्वर सिरहामा कार्यरत शारिरीक रुपले अपाङ्ग प्रावि शिक्षक सरुवा गरेको हो ।

अपाङ्गता भएका शिक्षकलाई अपायक पर्ने विद्यालयमा सरुवा गर्न न पाउने, शिक्षा नियमावली ,२०५९ को नियम १ मा उल्लेख छ तर नगरपालिकाले शिक्षक साहलाई घरबाट टाढा पर्ने लगडी गदियानीमा सरुवा गरेको छ । शिक्षक साहको घरबाट मावि सारस्वर तीन किलोमिटर टाढा मात्र छ । पक्की बाटो भएका कारणले आउजाउ गर्न सजिलो थियो तर नगरपालिकाले १८ किलोमिटर टाढा पर्ने, कच्ची बाटो भएको लगडी गदियानी स्कूलमा सरुवा गरेको छ । शिक्षक साहले नगरपाकिाले आफूलाई जानी जानी दुख दिने नियतले काज सरुवा गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले नगरपालिकामा देखिएको विकृतिको बारेमा फेसबुकमा लेख्नेदेखि लिएर लिखित रुपमै पटक पटक त्यहाँबाट सूचना मागेको निहुँमा मलाई सरुवा गरेर दुख दिएको हो ।’

तीन वर्षदेखि एउटा पनि विद्यार्थी नभएको अधारभूत विद्यालय रामनगर गुलरियामा पाँचजना शिक्षकलाई नगरपालिकाले घरमै बसाएर तलव खुवाइरहेको छ । शिक्षा ऐन २०२८ मा विद्यालय व्यवस्थापन समितीले मात्र जिल्लान्तर सरुवा गर्न पाउने व्यवस्था छ तर पालिकाले कानुनलाइ ठाडो चुनौती दिई शिक्षकको दर्जनौ जिल्लान्तर र अन्तरपालिका सरुवा गरियो ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा स्थानीय तहलाई २३ बुंदे अधिकार दिइएको छ तर सरुवा गर्न पाउने अधिकार दिइएको छैन लगायतका कुरा आफूले पटक पटक उठाएको कारण नगरपालिकाले आफूलाई दुख दिने नियतले सरुवा गरेको शिक्षक साहको दावी छ । प्रश्नपत्रको रकम उठाएर अनियमितता गरेको, कोरोनाकालमा, विद्यालय बन्द रहेको अवस्थामा पनि विद्यालयहरुबाट कागजी मिलान गर्न लगाइ अनियमितता गरेको लगायतका धेरै कुरा आफूले पटक पटक उठाउँदै आएको कारणले नगरपालिकाले पूर्वाग्रही तरिकाले आफूलाई सरुवा गरेको उहाँले बताउनुभयो ।

शिक्षक साहले आफूले लिखित रुपमै पाँच पटक भन्दा पटक सूचना माग गरेको तर हालसम्म कुनै सूचना उपलब्ध नगराएको बताउनुभयो । सूचना नदिएसम्म आफूले आफ्नो अभियानलाई निरन्तरता दिने पनि उनले बताउनुभयो । तर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले शिक्षक साहले माग गरे अनुसार नै सरुवा गरेको दावी गर्नुभयो । शिक्षक साहले लगडी गदियानी १८ किलोमिटर टाढा रहेको दावी गलत रहेको भन्दै उहाँले सो स्कूल साहको घरबाट ११ किलोमिटर मात्र टाढा रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया