Khadya Bibhag

अच्चमको कनेक्सन, सरावगीलाई उपेन्द्रले किन पठाउनुभयो एमालेमा ?

शीर्षकले तपाईलाई लाग्नसक्छ, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नै पार्टीका केन्द्रीय सदस्य एवं मेयर विजय सरावगीलाई कसरी र किन केपी शर्मा अ‍ोली नेतृत्वको पार्टीमा पठाउनु भयो । शीषर्क पढेपछि तपाईलाई आश्चर्य लागेको हुनुपर्छ । तर त्यस्तो होइन, मेयर सरावगीलाई उपेन्द्र यादवले होइन, अन्तराष्ट्रिय विजनेश म्यान उपेन्द्र महतोले एमालेमा पठाउनु भएको छ ।

एमालेका अध्यक्ष ओलीले मात्र भनेर मेयर सरावगी एमालेमा आउने बाला हुनुहुन्थेन । उहाँ काँग्रेसतिर आफ्नो कुराकानी अगाडी बढाइ रहनु भएको थियो । लगभग काँग्रेसमा प्रवेश गर्ने सबै तयारी पुरा भएको थियो तर एमालेका नेताहरु पनि मेयर सरावगीलाई आफ्नो पार्टीमा ल्याउने प्रयास गरिरहेका थिए तर सम्भव भइरहेको थिएन ।

यसको सुत्र खोज्दै जादा उपेन्द्र महतोसँग ठोकिएको हो । उपेन्द्र महतो र केपी शर्मा अ‍ोलीको राम्रो दोस्ती छ । तर दोस्ती भएर मात्र भएन । उपेन्द्र महतोले सरावगीलाई भन्ने वित्तिकै जान्छन् भने त्यसको ग्यारेन्टी पनि थिएन । सुत्र खोज्ने काम भयो । उपेन्द्र महतो र सरावगीको सम्बन्ध खोज्ने काम भयो । खोज्दै जाँदा उपेन्द्र महतो र सरावगी विजनेस पाटनर हुनुहुन्छ । कलैयामा रहेको पताञ्जली फेक्टरीमा उपेन्द्र महतो र मेयर सरावगीको लगानी रहेको छ । उपेन्द्र महतोले भनेपछि फरक नै नपर्ने कुरा आएपछि मेयर सरावगीलाई उहाँबाट भन्न लगाएको हो ।

उपेन्द्र महतोका वहिनी जुली महतो र ज्वाई रघुवीर महासेठ पनि एमालेमै हुनुहुन्छ । जुली र रघुवीर पनि मेयर सरावगीलाई ल्याउनका लागि मेहनत गरिरहनु भएको थियो । तर उपेन्द्र महतोलाई नै यो जश जान्छ भनि उहाँहरुलाई पनि थाह थिएन । जगदम्बा ग्रुपका मालिक राजेश अग्रवाल मेयर सरावगीको आफ्नै सम्धी हुनुहुन्छ । सरावगीको छोरी र राजेशको छोरासँग विहे भएको हो । राजेश र ओलीको पनि राम्रै सम्बन्ध छ । तर राजेश राजनीति नगर्ने भएका हुनाले उहाँले त्यति चासो लिइरहनु भएको थिएन ।

मेयर सरावगी एमालेमा आउनुअघि विजनेश म्यान सत्यनारायण कायल, गणेश लाल र बसरुद्दीन अन्सारी एमालेमा गइसक्नु भएको थियो । उहाँहरुको र मेयर सरावगी बीच राम्रो सम्बन्ध छ । उहाँहरुको माध्यमले वीरगञ्जका अन्य व्यपारी तथा मारवाडीहरु एमालेप्रति आकर्षिक भएका छन् । वीरगञ्जमा मरवारीको आठहजार भोटर छन् । केही दिनमा थप मान्छे प्रवेश गर्ने नेताहरु बताउँछन् । पर्सामा चारवटा चुनावी क्षेत्र छन् । वरिगञ्ज महानगरपालिका एक नम्बर क्षेत्रमा पर्छ ।

एक नम्बरबाट जसपाका प्रदेश यादव प्रतिनिधिसभामा र लालबाबु राउत प्रदेशमा चुनाव जित्नु भएको छ । मेयर सरावगी गएपछि उहाँ दु्वैजनालाई ठूलो धक्का लागेको बताइएको छ । क्षेत्र नम्बर २ मा जसपाबाटै विमल अग्रवाल जितेका छन् अहिले उहाँ लोकतान्त्रिक समाजवादी पार्टीमा हुनुहुन्छ । विमल पनि एमालेमा जाने तयारी गरिरहेका छन् । तीन नम्बरबाट जसपाकै हरिनारायण रौनियार जित्नु भएको छ तर उहाँ अहिले निलम्बनमा पर्नुभएको छ । चार नम्बरमा लोसपाका लक्ष्मण कर्ण जित्नुभएको छ ।

तपाईको प्रतिक्रिया