आफ्नो गुजाराका लागि बाहिर निस्किनु भएका उषा अरुका लागि लड्न थाल्नु भो

जब उषा कर्णका आमा अञ्जु देवी कर्णलाई ३०–३१ वर्षकै उमेरमा ब्रेस्ट क्यान्सर भयो अनि उहाँका परिवारमा दुखका दिन सुरु भयो । आमा अञ्जुकै इलाजमा घरका सारा सम्पत्ति समाप्त भयो । त्यतिले नपुगेपछि ऋण पनि भयो । त्यसले गर्दा घरको आर्थिक अवस्था जर्जर भयो ।

उषा कर्ण भन्नुहुन्छ ‘सुखले केही कुरा सिकाउँदैन, दुखले धेरै कुरा सिकाउँछन्’ । सप्तरी छिन्नमस्ता गाउँपालिका बरही वीरपुरका उषा कर्णको अनुभवले भन्छ, कितावी ज्ञानले सर्टिफिकेट मात्र प्राप्त हुन्छ तर संघर्षबाट प्राप्त ज्ञानले जिउन सिकाउँछ ।’ बाल्यकालदेखि अभावको जीवन जिउनु भएका उषा कर्ण दुखको हथौडाले चोट खाएर यति खारिनु भएको छ कि अब सानोतिनो दुखलाई दुखलाई टेर्न पनि छाड्नु भएको छ ।


उषा कर्णको परिवार निम्न वर्गीय परिवार हो । उहाँका बुवा त्रिलोक प्रसाद कर्ण प्राविका शिक्षक हुनुहुन्थ्यो । शिक्षकको कमाईबाट घरपरिवार ठिकठिकै चलिरहेको थियो । सानोसानो अभावको सामना कहिले गर्नु परेको थिएन उषा कर्णलाई । चार दाजुभाइ बहिनीको शिक्षादीक्षा सरकारी स्कूलमा अगाडि बढी रहेको थियो । उषा कर्णका बुवाले छोरा र छोरीमा कहिल्यै भेदभाव गर्नुभएन । जेठा छोरा अनिल कर्णलाई पढाउन थालेपछि छोरीलाई पनि पढाउनु पर्छ भन्दै बुवाले उषा कर्णलाई पनि स्कूल पठाउनु थाल्नुभयो । त्यसपछि अर्को छोरी रितु कर्णलाई पनि ब्याचलसम्म पढाउनु भयो । अर्को कान्छो छोरालाई जयकृष्ण कर्णलाई इन्टरसम्म पढाउनुभयो । अनिल कर्ण पनि ब्याचलर पढ्नु भएको छ ।

जब उषा कर्णका आमा अञ्जु देवी कर्णलाई ३०–३१ वर्षकै उमेरमा ब्रेस्ट क्यान्सर भयो अनि उहाँका परिवारमा दुखका दिन सुरु भयो । आमा अञ्जुकै इलाजमा घरका सारा सम्पत्ति समाप्त भयो । त्यतिले नपुगेपछि ऋण पनि भयो । त्यसले गर्दा घरको आर्थिक अवस्था जर्जर भयो । परिवार आर्थिक रुपमा यसरी थलियो कि फेरि उठ्ने हिम्मत कहिल्यै भएन । उषा कर्ण भन्नुहुन्छ, ‘यो क्रम हाम्रो परिवारमा ११ वर्षसम्म चल्यो ।’ २०६४ को अन्त्य र २०६५ को सुरुवातमै आमालाई ब्रेष्ट क्यान्सर छ भनि पत्ता लाग्यो । ११ वर्षसम्म त्यसको इलाज चल्यो । २०७६ मा आमाको निधन भयो ।

एसएलसी दिएपछि आमाको क्यान्सर छ भनि पत्ता लाग्यो । त्यसपछि आमाको करले १५ वर्षकै उमेरमा सिरहा सखुवाननकार कट्टी मौवाही–१ का धनश्याम मल्लिकसँग २०६५ मा उषा कर्णले विहे गर्नुभो ।

२०६४ मा एसएलसी पास गर्नुभएका उषा कर्णलाई धेरै पढ्ने इच्छा थियो । पढेर आफ्नै खुट्टामा उभिने र आमा बुवाको गरिबी र अभावलाई कम गर्ने सोच उहाँको थियो । तर भगवानको त्यो इच्छा थिएन । एसएलसी दिएपछि आमाको क्यान्सर छ भनि पत्ता लाग्यो । त्यसपछि आमाको करले १५ वर्षकै उमेरमा सिरहा सखुवाननकार कट्टी मौवाही–१ का धनश्याम मल्लिकसँग २०६५ मा उषा कर्णले विहे गर्नुभो । आमाको डिसिजनमा उषा कर्णको केही चलेन । १५ वर्षकै उमेरमा चुपचाप विहे गर्नुभयो ।

तर धन्य त्यो बुवा जसले आर्थिक अवस्थाका कारण घर धान्ने अवस्था नभए पनि छोराछोरीको शिक्षामा कुनै केही कमी गर्नुभएन । उषा कर्ण भन्नुहुन्छ, ‘मेरो वुवालाई जति अभाव भएपनि छोराछोरीलाई कहिले भन्नु भएन । सकि नसकी ढिलो चाँडो हाम्रो इच्छा पुरा गर्नुहुन्थ्यो । मेरो विहे भइसकेपनि बुवाले १२ कक्षासम्म अध्ययन गराउनुभयो । प्रावि शिक्षकका लागि लाइसन्स पनि दिलाउनुभयो ।’

कहिल्यै विना चप्पल स्कूल जान्थे, कहिले काहीँ स्कुल जानका लागि लुगा पनि हुँदैन्थ्यो । कतियौं दिन भोकै पनि स्कूल गएको स्मरण गर्नुहुन्छ उषा कर्ण । चप्पल नलगाई स्कूल जाँदा पैतालामा छाला उप्कीएर घाउ भएको सम्झाना अझै ताजा छ उषा कर्णसँग ।

घरमा आमा क्यान्सर पिडित, औषधी खान समेत अभाव । तर उहाँको पढाईमा कहिल्यै ब्रेक लागेन । आमाको निधन ४२ वर्षको उमेरमा भयो । त्यसको केही दिनमा बुवाको पनि निधन भयो । उषा कर्ण भन्नुहुन्छ, ‘धेरैले भन्छन्, त्रिलोकप्रसादको निधन शोकले भएको हो, र मलाई पनि त्यस्तै लाग्छ आमाको निधन भएपछि बुवा एकदमै चिन्तामा हुनुहुन्थ्यो । सांस रहुञ्जेलसम्म आश हुन्छ, आमाको सांस गइसकेपछि बुवाले सबै आश मारिसक्नु भएको थियो । र सायद त्यही कारणले उहाँको पनि निधन भयो ।’

माइतमा दुख अभाव झेलेका उषा कर्ण विहे गरेर आएपछि पनि दुखका ती दिनहरु साथ छाडेन । दुखका दिनहरु झन सुरु भयो । उहाँका सासुरा बा पनि शिक्षक हुनुहुन्थ्यो । उहाँको पोष्टिङ पर्सामा भएको कारणले श्रीमती र दुई छोराका साथमा उहाँका सासुरा बा वीरगञ्जमा बस्नु हुन्थ्यो । उषा कर्ण र उहाँका श्रीमान घनश्याम र हजुरआमा तीनै यता गाउँमै बस्नु हुन्थ्यो । उषा कर्णका ससुराले कमाउने रकम उतै खर्च हुन्थ्यो । दुईटा छोराको पढाई लेखाई तथा अन्य खर्च ठूलै थियो । यता घरमा खासै पैसा पठाउनु हुन्थेन । घरमा खेतीपाती पनि त्यति थिएन । यता, उषा कर्णका श्रीमान घनश्यामको पनि कुनै जागिर वा रोजगार थिएन ।

दिनदिनै घरको आर्थिक अवस्थामा तङ्गीमा गइरहेको थियो । त्यसपछि उषा कर्ण घरबाट निस्किने आँट गर्नुभयो । रोजगार अर्थात जागिरको खोजीमा जान हिड्न थाल्नुभयो । १२ कक्षा पास गरेको छ, शिक्षकको लाइसेन्स पनि छ कहि नकही एउटा जागिर किन नपाइला भनि जोस जाँगरका साथ बाहिर हिड्नुभयो । उहाँले सो क्रममा दुई चोटी शिक्षा सेवा आयोगको परीक्षा दिनुभयो भने दुई पटक गाउँकै स्कूलमा पनि शिक्षकका लागि ट्राई गर्नुभयो तर उहाँले कतै जागिर पाउनु भएन । उहाँ भन्नुहुन्छ, ’मैले जागिरका लागि यति भौतारे कि लाग्यो भगवान पाउन सजिलो छ तर जागिर पाउन गाह्रो छ ।’ विना घुस र सोर्स फोर्सले केही हुँदो रहेन छ भने कुरा उहाँले त्यतिबेलै बुझ्नु भएको थियो ।


गाउँकै एउटा स्कूलमा करार शिक्षकका लागि उहाँले परीक्षा दिन जानुभएको थियो । लिखित परीक्षा भयो र त्यही दिन तुरुन्तै मौखिक परीक्षा पनि लियो । लिखितको परिणाम आएपछि मौखिक परीक्षा लिनुपर्ने हो तर त्यहाँ सेटिङ भएको कारण त्यस्तो भएको उषा कर्ण बताउनुहुन्छ । कहि कतै जागिर नपाएपछि बाध्य भएर उहाँले आफ्नै घरमा ट्युशन पढाउन थाल्नुभयो । एक कक्षादेखि १० कक्षासम्मका करिब ५० जना विद्यार्थीलाई उहाँले ट्युशन पढाउनु हुन्थ्यो । एकजना विद्यार्थीबाट महिनाको सिर्फ एकसय रुपियाँ लिनु हुन्थ्यो । त्यसमा पनि कसैले दिन्थे, कसैले दिदैन्थे । त्यो ट्युशनले उहाँको घर चल्थ्यो । गर्जो टथ्र्यो तर अभाव टर्दैन्थ्यो ।

एनजीयोमा प्रवेश
उहाँले दुई तीनवर्ष ट्युशन पढाएर गुजारा गर्नुभयो । त्यही बेला सीडीपी नामको संस्था आयो । त्यो संस्थाले ग्रामिण क्षेत्रका महिलालाई महिला हिंसा, समाजिक उत्तरदायित्वलगायतको विषयमा पढाउनुपर्ने काम गर्दंथ्यो । त्यसमा उषाले काम पाउनुभयो । एक हप्तामा एक दिन पढाउनु पथ्र्यो । र त्यसवापत उहाँले पढाएको दिनको पाँच सय रुपियाँ पाउनु हुन्थ्यो । १३ महिनामा ५१ वटा क्लास उहाँले लिनुभयो । त्यसबाट हुने आम्दानीले उहाँको अलिअलि घर चल्थ्यो । १३ महिनापछि उषा कर्ण पुनः वेरोजगार हुनुभयो । ६ महिनासम्म कुनै कतै केही रोजगारी उहाँले पाउनु भएन ।

संयोग त्यति नै बेला उहाँका श्रीमान घनश्यामले सिरहाको लहानमा कोकोकोला डिलरमा एकाउन्टेडको जागिर पाउनुभयो । कोकोकोलामा उहाँले दुई वर्षसम्म काम गर्नुभयो । घर ठिकठाक चल्न थाल्यो । संयोग लहानको त्यो डिलर नै टुट्यो । त्योसँग धनश्यामको जागिर पनि गयो । यता उषाले पनि कुनै त्यस्तो नियमित आम्दानी हुने खालको जागिर पाइरहनु भएको थिएन । एउटा कुनै सस्थाले गाउँका महिलाहरुलाई समूहमा एकलाख रुपियाँ अनुदान सहयोग गरेको थियो । त्यो रकमको हिसाब उषा कर्णले गर्नुहुन्थ्यो । र, त्यसको कमिशन वापत प्रत्येक ६–६ महिनामा तीन हजार रुपियाँ पाउनु हुन्थ्यो । त्यसैबाट उहाँले घर चलाउनु हुन्थ्यो ।

पछि उहाँको श्रीमानले बन्दीपुरमा फेरि जागिर पाउनुभयो । त्यहाँ पनि एकडेढ वर्ष मात्र जागिर गर्नुभयो । फेरि केही दिनका लािग श्रीमान श्रीमती दुवैजना वेरोजगार हुनुभयो । उता, ६–६ महिनामा तीन हजार रुपियाँ आइरहेको थियो,, उषा कर्णलाई । त्यति नै बेला राष्ट्रिय कृषक महासंघ समाजिक संस्था आयो । .महिला कृषकको उत्थानका लागि विभिन्न कार्यक्रमहरु लन्च गर्यो । खासगरि मुसहर समुदायका महिलालाई करार खेती गर्नका लागि गाउँपालिकाबाट जमिन भाडामा दिन लगाएर खेती गर्न लगाउँथ्यो महासंघले । त्यसका लागि सखुवाननरकाटीमा महासंघले आरती महिला विकास कृषक समूह गठन गर्यो । त्यसको अध्यक्ष उषा कर्णलाई बनाईयो ।

घरबाट निस्केर आफ्नो र आफ्नो परिवारका लागि केही गरौं भनि अरु महिलामा पनि सोच नआएको होइन तर यी समाजको डरले निस्किने आँट गरेका हुँदैन ।

समाजसेवा
उहाँ सो समूहबाट गाउँका महिलाहरुको उत्थानका लागि काम गर्न थाल्नुभयो । गाउँको महिलाहरुको विकास र उत्थान कसरी हुन्छ त्यो सोच्न थाल्नुभयो । ती महिलाले खेती कसरी गर्न सक्छ, स्थानीय निकायबाट मल, बीउलगायत कृषि औजारहरु कसरी पाउनसक्छ त्यसका लागि उहाँले पैरवी गर्न थाल्नुभयो । उहाँ ती महिलाको हकहितका लागि लड्नमा यति रमाउन थाल्नुभयो कि आफ्नो पिडा समेत भुल्न थाल्नुभयो । महासंघबाट हुने कार्यक्रम तालिम गोष्ठीबाट आउने अलिअलि भत्ताले उहाँको गुजारा चल्थ्यो । पछि उहाँ पालिका महासंघको कोषाध्यक्ष पनि बन्नुभयो । घरमा अभाव भएपछि त्यसको गर्जा टार्न घरबाट निस्किनु भएका उषा कर्ण हेर्दा हेर्दै समाजसेवी हुनुभयो । ग्रामिण महिलाको लागि अवाज उठाउने अभियानी बन्नुभयो ।

उहाँ भन्नुहुन्छ, ‘म आफ्नो आर्थिक समस्या समाधान गर्नका लागि घरबाट निस्केका थिए तर बाहिर हेर्दा त म जस्ता सैयौं महिलाहरु छन्, जो आर्थिक समस्यासँग जुधि रहेका छन्, अभावसँग जुधि रहेका छन् । कोही ब्याचलर पास छन्, कोही एसएलसी पास छन्, कोही १२ क्लास पास गरेका छन् तर कुनै रोजगारी नपाएर घरमै गुम्सिएर बसिरहेका छन् ।’ घरबाट निस्केर आफ्नो र आफ्नो परिवारका लागि केही गरौं भनि अरु महिलामा पनि सोच नआएको होइन तर यी समाजको डरले निस्किने आँट गरेका हुँदैन । उषा कर्ण पनि घरबाट निस्किदा समाजको खर्रो टिप्पणी नसुनेको होइन, तर समाजले टिप्पणी वा कुरा काट्दा त्यहाँ उहाँको परिवार उभिन्थ्यो, त्यहाँ त्यसको जवाफ उहाँको श्रीमान, सासु, ससुरा दिनुहुन्थ्यो । त्यसले गर्दा उषालाई अगाडि बढ्न सजिलो भयो ।

उषा भन्नुहुन्छ, ‘मेरो बारेमा समाजले जसरी कुरा कट्थ्यो, जसरी टिप्पणी गथ्र्यो यदि त्यो बेला मेरो परिवार नभएको भए सायद म पनि यसरी अगाडि आउने थिइनन्, समाजका लागि बोल्न सक्ने हैसियतमा हुँदैन्थे होला ।’ कुनै कार्यक्रममा जाँदा त्यहाँ बोल्दा अरु अरुले भन्ने गर्थे ‘ल हेर्नुस् फलानोको श्रीमती, फलानोको बुहारी नेता भइन् रे, आफू त विग्रिन, विग्रिन गाउँघरका अरु महिलालाई पनि विगार्छिन् ।’ तर यी कुराहरुको उहाँले कहिले प्रवाह गर्नुभएन । समाजको मार्यादामा रहेर महिलाको उत्थान र विकासका लागि जहिले अवाज उठाउँदै रहनु भयो । र त्यो अहिलेसम्म निरन्तर छ ।

खेतीपाती
नियमित जागिरको कुनै व्यवस्था नभएपछि उहाँले खेतीपातीमा जोड दिन थाल्नुभयो । उहाँसँग पाँच कठ्ठा जमिन मात्र थियो । त्यसमा एक सिजनमा धान मात्र उब्जाउ हुन्थ्यो । त्यो धान पाँच छ महिनाभन्दा बढी चल्दैन्थ्यो । त्यसपछि उहाँले सो खेतमा गहुँ, तरकारी बाली, तेल बालीलगायतका बाली लगाउन थाल्नुभयो । एक सिजनमा दुई बाली, तीन बाली लगाउन थाल्नुभयो । त्यसले गर्दा उहाँको परिवारलाई केही राहत भयो । उषा भन्नुहुन्छ, ‘मेरा आमा बुवासँग पनि खेतीपाती थिएन । दुई तीन कठ्ठा जमिन थियो त्यो पनि आमाको इलाजमै सकियो, खेती किसानी हुँदैन्थ्यो त्यही भएर मलाई त्यसको केही अनुभव थिएन, यता सासुरमा झन खेती किसानीको कुरा नै थिएन । त्यसैले म खेती किसानीबाट कौसौ टाढा थिए तर परस्थितिले मलाई कृषक बनाई दियो ।’

कृषक महासंघसँग जोडिए पछि थोरै जमिनमा धेरै उब्जाउ कसरी गर्न सकिन्छ, थोरै जमिनमा आफै कसरी आत्मनिर्भर बन्न सकिन्छ, जस्ता उपायहरु महिलाहरुलाई सिकाइन्थ्यो । सोही क्रममा उषाले पनि धेरै कुरा सिक्नुभयो । र उहाँले आफूसँग भएको पाँच कठ्ठा जमिनमा कृषि कर्म गर्न थाल्नुभयो । पाँच कठ्ठालाई चलाउन, बजाउन थालेपछि घरमा पहिला जस्तो समस्या छैन ।


उषाले कृषिमा आफै मात्र आत्मनिर्भर हुनुभएन गाउँका मुसहर समुदायका थुप्रै महिलाको जीवन नै बनाइ दिनुभयो । अर्काको खेतमा गुजारा गर्ने मुसहर समुदायका महिलाहरु अहिले सक्षम महिलाको रुपमा गिनिन थालेका छन् । उषा कर्णले कृषक महासंघको संयोगमा ती मुसहर समुदायका महिलालाई भाडामा जमिन उपलब्ध गराउनुभयो । त्यो जमिनको भाडा गाउँपालिकाले तिथ्र्यो । अन्य प्राविधिक सहयोग महासंघले गथ्र्यो । सोही कृषि कर्मबाट मुसहर समुदायका महिलाहरुको घरमा धानको भकारी बन्न थालेका छन् । छोराछोरीहरु बोर्डिङ स्कूलमा पढ्न थालेका छन् । महिलाहरुको रहनसहन तथा जीवनशैलीमा आमूल परिवर्तन आएको छ । यी सब हेर्दा उषाको मन त्यतिकै परर्फुलित हुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘म आफ्नो लागि जीवनमा केही गर्न सकिन तर गाउँका गरिब तथा पिछडिएका महिलाका लागि केही गर्न पाएको छु त्यसमा मलाई निकै खुशी लागेको छ र ती महिलाका लागि अझै केही गरौं जस्तो लाग्छ र त्यसका लागि म दिनरात मेहनत गरिरहेको छु ।’

चुनाव लड्ने
सखुवाननरकाटी गाउँपालिका अध्यक्ष केदार यादव युवा हुनुहुन्छ । उहाँलाई जिताए पछि समाजमा केही सुधार हुन्छ । गरिबी, वेरोजगारी, अशिक्षा हट्छ, त्यसमा आफूलाई पनि केही गर्ने मौका प्राप्त हुन्छ भनि उहाँलाई गत वर्षको चुनावमा जिताउनका लागि उषा पनि निकै मेहनत गर्नु भएको थियो । तर उहाँले सोचेको जस्तो केही भएन । उषा कर्णले पनि त्यहाँबाट केही सहयोग पाउने आशा गर्नुभएको थियो । त्यो त पाउनु भएन तर समाजका लागि देखेको सपना पनि पुरा भएन ।

राजनीतिक कसरी गरिन्छ केही थाह छैन तर ग्रामिण महिलाका लागि म चुनाव लड्न पनि तयार भएको छु । गाउँघरका महिलाका लागि रोजगारी सृजना गर्न साना साना उद्योग स्थापना गर्ने मेरो सपना छ, र त्यो सपना जसरी पनि पूरा गर्छु ।’

गाउँको शिक्षा, स्वास्थ्य, रोजगारलगायतको अवस्था त्यस्तै रह्यो । त्यो देखेर उहाँ गाउँपालिकामा गएर सधै घचघचाउनु हुन्थ्यो । शितल यादवको साथमा प्रत्येक दिन नत्र हप्तामा एक दिन गाउँपालिका आवश्य पुगेकै हुन्थ्यो । शितल यादव उषा कर्ण जस्तै एक महिला हुनुहुन्छ । उहाँले पनि गाउँघरका महिलाको उत्थान र प्रगतिका लागि संघर्ष गरिरहनु भएको छ । उषा कर्णको घरबाट गाउँपालिको कार्यालय टाढा नै थियो । कहिले काही हिडेर जानु हुन्थ्यो भने कहिले काही टेम्पो चढेर जानु हुन्थ्यो । टेम्पोको भाडातिर्न पनि कहिले काही समस्या हुन्थ्यो ।

गाउँपालिकाबाट फर्किदा रातीको आठ नौ बज्थ्यो । कहिले काही टेम्पो रिजर्व गरेर नै घर जानु पथ्र्यो । पचास रुपियाँ भाडा लाग्ने ठाउँमा पाँचसय भाडा तिरेर पनि रातीराती घर पुग्नु भएको अनुभव छ उषासँग । गाउँपालिका धाउँदा क्रिस्टल तथा मैनवत्ती बनाउने जस्ता साना साना तालिमका कार्यक्रम दिएका थिए । तर त्यो तालिम दिएर हुँदैन त्यस अनुसारको काम पनि दिनुपर्छ, उद्योग सञ्चालन गर्नुपर्छ भनि पटक पटक गाउँपालिकाका अध्यक्ष केदार यादवलाई घचघचाउनु हुन्थ्यो । तर उहाँले आश्वासनबाहेक अरु केही पाउनु भएन ।

सात दिन, १५ दिनको तालिम दिएर मात्र हुँदैन । महिलाहरुले लिएका तालिमको आधारमा उनीहरुलाई काम पनि दिनुपर्छ । सीप अनुसारका काम पनि पाउनुपर्छ तर त्यस्तो काम कहीबाट कसैले दिएन । त्यसका लागि उहाँले गाउँपालिका मात्र होइन, थुप्रै एनजीओको ढोका पनि ढकढकाउनु भयो । तर कसैले सुनि दिए । अनि उहाँले गाउँपालिकामा आफै चुनाव लड्ने ठान्नुभयो । अहिले उहाँ माओवादी केन्द्रको तर्फबाट सखुवाननरकार कट्टी गाउँपालिकाका लागि उपाध्यक्षको उम्मेदवार बन्नुभएको छ । उपाध्यक्षमा जितेर सीर्फ गाउँका महिलाका लागि काम गर्ने उहाँको सपना छ ।

उहाँ भन्नुहुन्छ, ‘मलाई राजनीतिको ‘र’ पनि थाह छैन । राजनीतिक कसरी गरिन्छ केही थाह छैन तर ग्रामिण महिलाका लागि म चुनाव लड्न पनि तयार भएको छु । गाउँघरका महिलाका लागि रोजगारी सृजना गर्न साना साना उद्योग स्थापना गर्ने मेरो सपना छ, र त्यो सपना जसरी पनि पूरा गर्छु ।’ उपाध्यक्षमा चुनाव जितेपछि आफ्नो पहिलो काम त्यही हुन्छ, त्यसपछि अरु काममा लाग्ने उहाँ बताउनुहुन्छ । आफूले जे जे समस्या झेले त्यो समस्या अरु महिलाले नझेलोस् भन्ने उद्देश्यले गाउँका ती महिला जो पढे लेखेका पनि छन् तर काम नपाएर त्यतिकै घरमा बसेका छन्, जो पढेलखेका छैनन् उ पनि घरमै अलमलिएका छन् ती सबैका लागि उहाँले केही न गर्न चाहनु भएको छ ।

उहाँ भन्नुहुन्छ, म चुनाव जिते भने त्यहीको वजेटबाट ती महिलाहरुका लागि के गर्छु नभए गाउँमा चन्दा उठाउँछु त्यो पनि भएन भने म ऋण लिएर भएपनि गाउँघरका महिलाका लागि रोजगारी सृजना गर्न साना साना उद्योगको स्थापना गर्छु ।’ उहाँलाई आफू गाउँपालिकामा जित्नेमा विश्वस्त हुनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘दुनियाँ बाले पर नहीं, दुनियाँ बनाने बाला पर विश्वास करो’ । अर्थात संंसारमाथि होइन, तर यो संसार जसले बनाएको छ त्यसमाथि विश्वास गर्नुस् । उहाँ भगवानमाथि निकै विश्वास गर्नुहुन्छ र उहाँलाई लाग्छ आफू जुन विश्वासका साथ महिलाका लागि काम गर्नका जुटेको छु त्यो विश्वास भागवानले एकदिन पुरा गर्नेछन् ।

परिवार
उषा कर्णका दुईजना छोरा छन् । शिवम मल्लिक ११ वर्षका छन् उनी लहानको एक बोर्डिङ स्कूलमा पाँच कक्षामा पढ्छन् । अर्को छोार शिवेन्द्र मल्लिक पाँच वर्षका छन् । उनी गाउँकै सरकारी स्कूलमा पढ्छन् । आउने शैक्षिक सत्रदेखि जेठो छोरालाई पनि सरकारी स्कूलमै भर्ना गर्ने तयारीमा उहाँ हुनुहुन्छ । आर्थिक अवस्थाका कारण छोरालाई बोर्डिङ स्कूलमा पढाउन सकिदैन भन्नुहुँदै उषा कर्णले भन्नुहुन्छ, ‘छोराहरुलाई राम्रो बोर्डिङ स्कूलमा पढाउने आँट गरेकै हो तर आँट गरेर पनि नहुँदो रहेछ । घरपरिवारमा दैनिक गुजारा चलाउने कि छोराछोरालाई बोर्डिङ स्कूल पढाउने समस्या भएको छ त्यही भएर सरकारी स्कूलमै पढाउने सोच बनाई सकेको छ ।’

२०६५ बैशाख ११ गते घनश्यामसँग विवाह गर्नुभएका उषा कर्ण एकदेखि पाँचसम्म प्रावि बरही स्कूलमा पढ्नु भएको थियो । ६ देखि ८ कक्षासम्म गोरगम्माको निमा वि.मा अध्ययन गर्नुभयो । नौ कक्षादेखि एसएलसीसम्म राजविराजको पब्लिक विन्देश्वरी माविमा पढ्नुभयो । एसएलसी पास गरेपछि उहाँको विहे भयो । तर उहाँको वुवाले पढाईलाई निरन्तरता दिन भन्नुभयो । अनि माइतीमै रहेर राजविराजको जानकी कलेजबाट १२ कक्षासम्म पढ्नुभयो ।

त्यसपछि घरपरिवारमा झन जिम्मेवारी बढ्दै गयो । आर्थिक अवस्था विग्रदै गयो । अझै पढ्ने इच्छा भएपनि उहाँले पढाईलाई निरन्तरता दिनुभएन । घरमा नुन तेलको जोहो गर्ने कि पढाई गर्ने त्यो समस्या आएपछि अध्ययन कार्य छाडेको उहाँ बताउनु हुन्छ । पछि बच्चा पनि भयो । आर्थिक भार झन थपियो । त्यसपछि त झन दायाँ बायाँ सोच्ने फुर्सद नै भएन । एकपटक उहाँले राजविराजकै जानकी कलेजमा बीएडमा नाम लेखाउनु भएको थियो । केही दिन क्लास पनि गर्नुभयो । तर सक्नुभएन । छोराहरुको किताब, कपी किन्ने कि आफ्नो किताब कपी किन्ने, छोराहरुको स्कूलको फी तिर्ने कि आफ्नो कलेजको फी तिर्ने समस्या आइलाग्यो बाध्य भएर उहाँले बीएड पढ्न छोड्नुभयो ।

पढ्ने इच्छा अहिले पनि उहाँको मरेको छैन । उहाँ भन्नुहुन्छ, आर्थिक अवस्थाले सपोर्ट गर्यो भने म अझै पढ्न तयार छु तर गाह्रो छ । अब छोराहरुलाई पढाउने कि आफै पढ्ने त्यो चिन्ता छदैछ । घरको गर्जो टार्ने समस्या त पुरानै छ त्यसैमा सघर्ष गर्दा गर्दा जीवन बितिरहेको छ ।’

तपाईको प्रतिक्रिया