राजनीतिक दलहरूको कार्यशैलीबाट रुष्ट भएका जनता स्वतन्त्र उम्मेदवारप्रति आकर्षित भएका छन् । आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा ‘स्वतन्त्र’ शब्द प्रयोग गरेर राजनीतिक फाइदा लिनेको होड पनि सुरु भएको छ ।
हालै सम्पन्न स्थानीय चुनावमा केही स्वतन्त्र उम्मेदवारहरु विजयी हुनुभयो । नेपालको राजधानी काठमाडौँ महानगरपालिकामा बालेन्द्र शाह, धरान उपमहानगरपालिमा हर्कराज राइ, धनगढी उपमहानगरपालिकामा गोपाल हमाल स्वतन्त्रबाट जितेपछि त्यसको चर्चा निकै भयो । यसअघिका चुनावहरुमा पनि स्वतन्त्र उम्मेदवारहरु चुनाव जित्थे । संघ, प्रदेश र स्थानीय यसअघि पनि स्वतन्त्रबाट थुप्रैले चुनाव जितेका थिए ।
तर यसपटक देशको राजधानी काठमाडौँ महानगरपालिकामा बोलेन्द्र शाहले चुनाव जितेपछि यसको चर्चा ब्यापक भयो । बालेन्द्रको विजयले चौतर्फी चर्चा पायो । यसअघि जित्ने स्वतन्त्र उम्मेदवारहरुको यसरी चर्चा हुँदैन्थ्यो । स्वतन्त्र उम्मेदवारको यो खालको चर्चा सुरु भएपछि स्वतन्त्रको पनि क्रेज हुँदो रहेछ भनि थाह पाएर अहिले धेरै मान्छेले स्वतन्त्र उम्मेदवार बन्न थालेका छन् ।
स्थानीय चुनावमा देशका ७५३ स्थानीय तहमा विभिन्न पदमा गरी आठ हजार ७१ जनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए । त्यसमध्ये ३८७ जना मात्र विजयी भएका छन् । भनिन्छ, ‘राजनीतिक दलहरूको कार्यशैलीबाट रुष्ट भएका जनता स्वतन्त्र उम्मेदवारप्रति आकर्षित भएका छन् । आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा ‘स्वतन्त्र’ शब्द प्रयोग गरेर राजनीतिक फाइदा लिनेको होड पनि सुरु भएको छ ।
सञ्चारकर्मी रवि लामिछाने पत्रकारिता छाडेका छन् । र, आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी नै घोषणा गर्नुभयो । पार्टीमै स्वतन्त्र शब्द प्रयोग गरेपछि उहाँको आलोचना पनि भयो । रवि लामिछाने पनि आफूलाई स्वतन्त्र उम्मेदवार नै ठान्नुहुन्छ । अरु पार्टीबाट अलग अर्थात स्वतन्त्र रहेको रवि लामिछानेको बुझाई छ । त्यसमा स्वतन्त्र उम्मेदवारका लागि अभियान चलाउने अभियन्ताहरुले निर्वाचन आयोगमा गएर उजुरी गर्नुभयो । दल गठन गर्ने अनि स्वतन्त्र नाम पनि राख्ने यो हुँदैन भन्दै अभियन्ताहरुले आयोगमा उजुरी हाल्नु भएको थियो तर आयोगले उजुरी खारेज गर्दियो ।
यसअघि चुनाव लड्न चाहनेहरु नेताहरुको घरघर धाइरहेका थिए । कुनै पार्टीबाट टिकटकै लागि प्रयास गरेका हुन्थे । मोटो रकम दिएर कुनै पार्टीबाट टिकट लिएर चुनाव लड्को धेरै उदाहरणहरु छन् । तर स्थानीय चुनावमा स्वतन्त्रको क्रेज देखेर अहिले पार्टीले टिकट नदिए स्वतन्त्रै उठि दिनेसम्मको हिम्मत गर्न थालेका छन् । धेरैजनाले स्वतन्त्र उम्मेदवारी घोषणा पनि गरिसकेका छन् ।
यो लोकतन्त्रका लागि ठूलो खतरा हो । स्वतन्त्र भएर जित्न थाले भने यसमा अनेकखालका मान्छेहरु आउन थाल्छन् । अनेकखालको लगानी हुन थाल्छन् । थुप्रै बाह्य तथा आन्तरिक शक्तिको त्यसमा इन्ट्रेस्ट हुन थाल्छन् । हरेकखालका व्यक्तिहरु खेल्न खोज्छन् ।
जसले बहुदलीय व्यवस्थामा नै असर गर्छ । संसदीय व्यवस्थालाई नै प्रभाव पार्न सक्छ । पार्टीका उम्मेदवार भयो भने त्यो चेनअफ कमाण्डमा चलेका हुन्छन् । पार्टीको सिद्धान्त र विचारका आधारमा संसददेखि सरकारमा सहभागी हुन्छ । पार्टी, देश र जनताप्रति उत्तरदायी हुन्छ तर स्वतन्त्र उम्मेदवारबाट त्यो सम्भव हुँदैन ।
उसले जे पनि सिद्धान्त बोक्न सक्छ, जे पनि गर्न सक्छ, जे पनि बोल्न सक्छ जहाँ पनि जान सक्छ । त्यसलाई रोक्ने टोक्ने, रुलिङ गर्ने, सर्कुलर गर्ने कोही हुँदैन । जसलाई जे मन लाग्छ त्यही गर्छ । अर्को कुरा उसले काम गर्ने ठाउँमा सहयोग हातहरु पनि त्यति विश्वासिलो हुँदैन । उहाँको काम गराई पनि सामूहिक चरित्रको हुँदैन ।
विगतमा के देखिएको छ भने स्थानीय तहमा जितेका स्वतन्त्र उम्मेदवार लामो समय स्वतन्त्र रहेको देखिदैन । विस्तारै कुनै नकुनै पार्टीमा आवद्ध भएका छन् । किनभने स्थानीय तहदेखि केन्द्रसम्म एक प्रकारले राजनीति जाल विछ्याइएको छ । त्यहाँ स्वतन्त्र भएर आएकाहरुले आफ्नो अनुकुल काम गर्न सक्दैन । जसरी पार्टीबाट जितेकाहरुले सामूहिक (टीमवर्क) रुपमा काम गर्नसक्छन्, त्यसरी स्वतन्त्रले गर्न सक्दैनन् । पार्टीको सञ्जाल ग्रासरुटसम्म हुन्छन् ।
कुनै कुरालाई रिले गर्नका लागि पार्टीबाट जितेकाहरुलाई समस्या हुनेछैन तर स्वतन्त्र उम्मेदवारका लागि त्यो समस्या बन्न सक्छ किनभने उसको सञ्जाल तलसम्म हुँदैन । स्वतन्त्र जितेका हुन्छन् । उसको मान्छे को हो, को होइन भनि छुट्याउन सकिदैन । विश्वासिलो आधार पनि हुँदैन । सबै मान्छेमाथि स्वतन्त्र उम्मेदवारले विश्वास गर्ने आधार पनि हुँदैन । त्यसले गर्दा स्वतन्त्र उम्मेदवारले सोचेको जस्तो काम पनि गर्न सक्दैन, गलत काम गरे भने त्यसको रेसपोन्स लिने निकाय पनि हुदैन । त्यसैले लोकतन्त्रको विकल्प ‘स्वतन्त्र’ हुँदैन ।


तपाईको प्रतिक्रिया