Khadya Bibhag

उपेन्द्र यादवले गर्नुभयो बाबुराम पक्षका नौजना नेतालाई कारवाही

काठमाडौँ असार ३० गते । जनता समाजवादी पार्टी नेपालले पार्टीका संघीय परिषदु् अध्यक्ष डा.बाबुराम भट्टराईसहित नौजनालाई पार्टीबाट निष्काशित गरेको छ ।

पार्टीको हित विपरित कार्य गरेको भन्दै उहाँहरुलाई कारवाही गरेको सो पार्टीका कार्यकारिणी सदस्य मनिष सुमनले बताउनुभयो । पार्टीबाट निष्कासित हुनेहरुमा डा.बाबुराम भट्टराई, कार्यकारिणीहरु सदस्य महेन्द्रराय यादव, हिसिला यमी, गंगा श्रेष्ठ, प्रशान्त सिंह, भक्तबहादुर शाही र केन्द्रीय सदस्यहरु दुर्गा सोव, रमेश यादव र दानबहादुर चौधरी रहनु भएको छ ।

त्यसैगरि, संघीय परिषद्को अध्यक्षबाट बाबुराम भट्टराईलाई हटाएर सो ठाउँमा पार्टीका वरिष्ठ नेता अशोक राईलाई मनोनित गरेको छ । वीरगञ्जमा दुई दिनदेखि जारी रहेको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया