हुँकार मधेशले मधेशी दलका नेतामाथि लगाएको १२ बुँदे आरोप यस्तो छ

सहारा टाइम्स
काठमाडौँ असोज ९ गते ।

मधेशका केही युवाले आज ‘हुँकार मधेश’ घोषणा गर्नुभएको छ । ती युवाहरु कुनै नकुनै मधेश केन्द्रीत दलमा आवद्ध हुनुहुन्थ्यो तर ती दलका नेताहरु पुस्तान्तरण गर्न तयार नभएपछि उहाँहरुले हुँकार मधेश गठन गर्नुभएको छ । आज उहाँहरुले ११८ सदस्यीय केन्द्रीय अभियन्ताको नाम पनि सार्वजनिक गर्नुभएको छ । उहाँले मधेश केन्द्रीय दलका नेताहरुको कमीकमजोरी पनि देखाउनु भएको छ ।

यस्तो उहाँहरुको कमीकमजोरीः
आन्दोलनका उपलब्धिहरूसँगै नेतृत्वको आलोचना पनि व्यापक रूपमा हुने गरेको छ ।
१. अत्यधिक दल विभाजन ः मधेशवादी दलका नेताहरुको केन्द्रीकृत सोच, तानाशाही कार्यशैली, निरंकुश स्वभाव र विधि प्रक्रिया न मान्ने शैलीले पार्टीभित्र आन्तरिक लोकतन्त्र अत्यन्त कमजोर रह्यो । मधेश आन्दोलनपछि बनेका अधिकांश दलहरू सरकारमा सहभागी हुन बारम्बार फुट्ने क्रममै रहे । यसले आन्दोलनको शक्ति कमजोर बनायो ।

२. आन्दोलनलाई संस्थागत गर्न नसक्नु ः आन्दोलनबाट प्राप्त जनसमर्थनलाई दीर्घकालीन संगठन, वैकल्पिक नीति र संस्थागत संरचनामा रूपान्तरण गर्न नेतृत्व सफल भएन भन्ने आलोचना छ । जहिले पनि “इगत दष्ममष्लन अचष्कष्क“ अचभबतभ गरेर “ ष्िि–ाष्ततभम मभब ि“ गरे । आन्दोलन गर्ने र त्यसबाट उत्पन्न शक्तिको बलमा दुईचार सिट जित्ने र सरकारमा सहभागी भै जनताको पक्षमा काम गर्न नसक्ने अवस्था सृजना हुने जसले गर्दा जनतामा अविस्वास पैदा भयो । बारम्बार धोका भएको महशुस भयो ।

३. व्यक्ति केन्द्रित राजनीति ः धेरै मधेशवादी दलहरू विचार र कार्यक्रमभन्दा पनि व्यक्तिको वरिपरि केन्द्रित भए । नेतृत्वबीचको प्रतिस्पर्धाले सामूहिक उद्देश्यलाई कमजोर बनायो । अध्यक्षको एकल निर्णय, नातावाद, आर्थिक लेनदेन, विधि प्रक्रिया नमान्ने र निरंकुश शैलीले सामुहिक नेतृत्व प्रणालीको विकास हुन सकेन ।

४. विकासको एजेन्डा कमजोर हुनु ः धेरै समयसम्म मधेशी राजनीतिले पहिचान र अधिकारका मुद्दालाई प्राथमिकता दियो, तर शिक्षा, स्वास्थ्य, उद्योग, कृषि र रोजगारीको स्पष्ट विकास मोडेल प्रस्तुत गर्न सकेन ।

५. आन्दोलन र सत्ताबीचको दूरी घट्नु ः कयौं नेताहरू आन्दोलनका नाराबाट सत्ता राजनीतिमा पुगेपछि जनताले अपेक्षा गरेको परिवर्तन दिन नसकेको आरोप लाग्यो । यसले जनविश्वास घटाएको देखिन्छ ।

६. भ्रष्टाचारमा लिप्त ः आन्दोलन र संघर्ष पछि सत्तामा आएका नेताहरुको जीवन शैलीले जनतामा आक्रोश बढेको देखिन्छ ।

७. वैचारिकीमा अत्यन्त कमजोर ः  मधेशका नेताहरुको वैचारिकीलाई लिएर सधैं आलोचना हुने गरेको छ । लेखपढमा रुचि नराख्ने, ज्ञानको महत्व नबुझ्ने, दर्शनको बारेमा चर्चै नगर्ने, भावनात्मक कुरा बढी गर्ने, रणनीतिक र कार्यनीतिक कुरा गर्दै नगर्ने । ज्ञानसत्तामा पकड नभएकोले राज्यसत्तामा कहिल्यै पकड बनाउन सकेनन् । वैचारिकीमा कमजोर भएकोले व्यवहारिक र भवनात्मक कुरा बढी गर्ने स्वभावले पनि निरन्तर नोक्सानी गर्यो ।

८. ईमानदार र पारदर्शी नहुनु ः पार्टी संचालनमा समुहमा एउटा कुरा गर्ने व्यक्तिगत रूपमा अर्कै कुरा गर्ने । आन्दोलन गर्नुपर्दा सबै पक्षलाई जोड्ने तर अवसर आउँदा नातागोता खोज्ने, पैसावालालाई खोज्ने, संघर्षशील युवा, वौद्धिकवर्गलाई वेवास्ता गर्ने ।

९. आर्थिक रणनीति बनाउन नसक्नु ः पार्टी संगठनमा लागेका नेता कार्यकर्ताको लागि आर्थिक योजना बनाउन नसक्ने, आफू पार्टी काममा जादा सबै सुविधा उपलब्ध हुने तर पार्टीका अन्य नेताहरु काममा जादा कुनै सुविधा नपाउने । पार्टीको कोष सामुहिकतामा प्रयोग नगर्ने । आर्थिक गतिविधिको श्रोत के हो कहिल्यै पारदर्शी नहुने जस्ता गतिविधिले नेतृत्ववर्गको कमजोरी दर्शाउछ ।

१०. लोकतान्त्रिक संगठन निर्माण गर्न नसक्नु ः पार्टी भित्र नेताले नै गुटबन्दीलाई प्रश्रय दिने कसैलाई काखा कसैलाई पाखा गर्ने, पार्टीका सबै नेताहरुलाई एक अर्काको विरुद्धमा आलोचना गरेर फुटाएर राख्ने, लोकतान्त्रिक विधि प्रक्रियाबाट समितिहरु नबनाउने चाटुकारहरुलाई संगठनमा स्थान दिने, आलोचना सहनै नसक्ने, अधिवेशन र महाधिवेसन सेटिङकै आधारमा गर्ने, संगठन भित्र चेन अफ कमान्ड स्वीकार नगर्ने, कसै माथी विस्वास नगर्ने, मिहिनेती भन्दा चापलुशलाई स्थान दिने, आत्म प्रशंसामा रमाउने, नियमित प्रशिक्षण नगर्ने जस्ता गतिविधिले बलियो र लोकतान्त्रिक संगठन निर्माण हुन सकेन ।

११. उत्तराधिकारी बनाउन नसक्नु ः पार्टी बनाएदेखि बाँचुन्जेल आफू नै अध्यक्ष रहि रहन खोज्ने, कसै माथी विस्वास नगर्ने, घर परिवारका व्यक्तिहरुलाई वरिपरि राख्ने र उत्तराधिकारी बनाउने सवालमा पनि विचार भन्दा पनि वंशलाई प्राथमिकता दिने कुराले नेतृत्व पंक्तिको संकीर्णता दर्शाउछ ।

१२. दोधारे नीतिमा अल्झिनु ः सरकारमा हुदा मधेश, सहिद परिवार, माग मुद्दा, अधिकार पहिचानको कुरा स्मरण नगर्ने तर सरकारमा नहुदा जहिल्यै आन्दोलन संघर्षको कुरा गरेर नेतृत्ववर्गले दोधारे नीति प्रदर्सन गर्दा जनतामा अविस्वास बढ्दै गयो ।

तपाईको प्रतिक्रिया