Khadya Bibhag

जसपाका नेतृ रेणु यादवले दिनुभयो आफ्ना सम्पूर्ण जिम्मेवारीबाट राजिनामा (राजिनामा पत्रसहित)

आदरणीय अध्यक्ष ज्यू,
जनता समाजवादी पार्टी९जसपा० नेपाल

विषयः पदीय जिम्मेवारीमा नबस्ने सम्बन्धमा ।

म रेणु कुमारी यादव करिव १५ वर्षदेखि आफ्नो मेहनत, लगनशीलताका साथ अनेकौँ कठिन परिस्थतीमा विभिन्न बाधा–अवरोध, उतार–चढाव र आरोह–अवरोह पार गर्दै पार्टीका हितका लागि पूर्ण रूपमा इमान्दारीता र नैतिकताका साथ सक्रिय रुपमा जिम्मेवारीहरू पूरा गर्दै आइरहेकी यहाँलाई अवगत नै छ।

विभिन्न कालखण्डमा पार्टी पटक–पटक टुटफूट र अनेक किसिमको पडयन्त्रका सिकार भईरहँदा पनि आँफू विच्चलीत नभई सदैव मधेस र मधेसी जनता लगायत समपूर्ण उपेक्षित वर्ग र समूदायको हकहितका लागि पार्टीको पक्षमा चट्टानी अडान लिएको सर्वविदितै छ।

यहाँहरुको साथ–सहयोग, विश्वास र सदभावकै कारणले गर्दा मैले विभिन्न पदीय दायित्वमा रहि काम गर्ने सुनौलो अवसर पाए। पदमा रहिरहँदासम्म मैले आफ्नो व्यक्तिगत क्षमता, विवेक, राजनीतिक अनुभवले पार्टीको निर्देशनमा रहि इमान्दारिता, निष्ठापूर्वक पूर्ण जिम्मेवार भइ आफ्नो पदीय जिम्मेवारीलाई पुरा गर्न भरपूर प्रयास गरेको छु। मैले आफ्नो कार्यकालमा के–कस्ता कामहरु गरे त्यसको तुलनात्मक समिक्षा पार्टीले पछि आवश्य नै गर्ने छ।

यहाँहरुसँग सहकार्य गरिरहँदा मैले राजनीतिक र व्यक्तिगत जीवनमा धेरै कुरा सिक्ने, बुझ्ने, जान्ने मौका र अवसर पाए।

यद्यपी, वर्तमान अवस्थामा मेरो व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्ने सक्ने अवस्था नरहेको हुनाले मैले यस जनता समाजवादी पार्टी९जसपा० नेपालसँगको पदीय जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको छु। तसर्थ आजकै मितिदेखि लागु हुने गरी पार्टीले मलाई दिएको पार्टीको सम्पूर्ण पदीय जिम्मेवारीहरू त्याग गरेको व्यहोरा यहाँलार्इ जानकारी गराउँदछु।

पार्टी र सरकारको विभिन्न सम्मानित पदमा रहिरहँदा यहाँले गर्नुभएको सहयोग प्रति म कृतज्ञता र अभारी रहनेछु। साथैँ मेरो यस प्रकारको निर्णयले गर्दा यस पार्टी र पार्टीका इमान्दार नेता तथा कार्यकर्तामा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छु।
धन्यवाद ।

रेणु कुमारी यादव
केन्द्रीय कार्यकारिणी सदस्य एवंम्
केन्द्रीय सदस्य
नता समाजवादी पार्टी नेपाल

 

तपाईको प्रतिक्रिया