जेनजी आन्दोलनपछि २०८२ फागुन २१ गते सम्पन्न चुनावपछि नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनः पहिलो पटक संसदमा सम्बोधन गर्दै भन्नुभएको थियो, ‘त्यो विजयलाई सदुपयोग गर्न जानेनौं, सकेनौं ।’ अर्थात उहाँको स्विकारोक्ति थियो ‘१० वर्षे जनयुद्ध गरेर त्यत्रो शक्तिशाली भएपनि त्यसलाई सदुपयोग गर्न जानिएन, २०७४ मा पनि तत्कालिन नेकपाले झण्डै दुई तिहाइ बहुमत दिएको थियो तर त्यसलाई पनि सदुपयोग गर्न जानिएन ।’
हो, माओवादीले गर्न नसकेको सत्ताकब्जा जेनजी आन्दोलनपछि राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहको नेतृत्वमा गर्न सफल भएको छ । २०५२ देखि २०६३ सम्म भएको जनयुद्धको क्रममा हरेक समय, हरेक क्षण माओवादीबाट सत्ताकब्जाको अभ्यास भयो । नेपाली सेना, नेपाल प्रहरी, सरकारी निकाय तथा कार्यालयहरु कब्जामा लिने प्रयास भयो । कतिपय ठाउँमा नियन्त्रणमा लियो पनि । आफ्नै सत्ता सञ्चालन पनि गर्यो । तर जनयुद्धबाट माओवादीले सत्ताकब्जा गर्न सकेन । २०६४ मा भएको संविधान सभाको चुनावबाट माओवादी एउटा ठुलो शक्तिको रुपमा उदायो । त्यसबाट पनि सत्ताकब्जा गर्न सकेन । २०७४ मा एमालेसँग एकता गरेर दुई तिहाइ बहुतमत ल्याएको थियो तर त्यसबाट पनि सत्ता कब्जा गर्न सकेन । तर गत भदौं २३ र २४ गते भएको आन्दोलनपछि बालेन नेतृत्वमा देशको सत्ताकब्जा गरेको टिप्पणीहरु भइरहेका छन् ।
राजनीतिक विश्लेषकहरु भन्छन्, ‘अहिले नेपाली सेना, नेपाल प्रहरी, राज्यका हरेक निकाय बालेनको नियन्त्रणमा छ । राज्य संयन्त्रण त्रासको अवस्थामा छ । जनता त्रासामा छ । अर्थात हरेक निकाय बालेनको नियन्त्रणमा छ । त्यसको विरोधमा कोही बोल्न सकिरहेका छैनन् । सरकार गठन हुने बित्तिकै राज्यमा बालेनले यसप्रकारको डर, त्रासको अवस्था सृजना गर्नुभयो कि राज्यले जस्तोसुकै गल्ती गरेपनि कोही बोल्ने अवस्थामा छैन अर्थात जनता पनि आत्मसमर्पणको अवस्थामा पुगेको छ ।’
राजनीतिक विश्लेषक सिके लालले एक अन्तरवार्तामा भन्नुभएको छ, ‘शासनको सुरूवाती सय दिनमै आफूलाई बलियो शासकका रूपमा स्थापित गर्न सकियो भने त्यसपछि बारम्बार बल प्रयोग गर्नुपर्दैन, मानिसहरू आफैं त्रसित भएर पछि हट्छन् । अर्थात्, सुरूमै यस्तो भयको वातावरण सिर्जना गरियोस् कि नियम उल्लंघन गर्ने मात्र होइन, सामान्य आलोचना गर्ने नागरिकले पनि ‘यसले कसैलाई बाँकी राख्दैन’ भन्ने अनुभूति गरून् ।’ सिके लालले भनेजस्तै जनता अहिले प्रतिकार गर्ने अवस्थामा छैन । उसलाई यसरी डराएर, धम्काएर राखेको छ कि सरकारको विरोधमा बोल्ने सोच्न सक्ने अवस्थामा छैन ।
अहिले नेपाली सेना, नेपाल प्रहरी, राज्यका हरेक निकाय बालेनको नियन्त्रणमा छ । राज्य संयन्त्रण त्रासको अवस्थामा छ । जनता त्रासामा छ । अर्थात हरेक निकाय बालेनको नियन्त्रणमा छ । त्यसको विरोधमा कोही बोल्न सकिरहेका छैनन् ।
राज्यको सानादेखि ठुलासम्म हरेक संयन्त्र बालेन सरकारको कब्जामा रहेको सिंहदरबारकै कर्मचारी बताउँछन् । जिल्लाको सिडियो, एसपीदेखि लिएर हरेक साना ठुला कार्यालय बालेनको नियन्त्रणमा छन् । उसको सचिवालयले त्यसलाई नियन्त्रणमा लिएको छ । देशमा मन्त्री र मन्त्रालय छन् तर त्यसको कुनै प्रभाव छैन । देशमा सांसद छन् तर उसले जनताका लागि केही बोल्ने, गर्ने र भन्ने अवस्थामा छैनन् ।
सांसदहरुले जनताका लागि सानो, ठुलो कुनै पनि कामका लागि सिडियो, एसपी वा अन्य कर्मचारीलाई केही भन्न सक्ने अवस्थामा छैनन् । उसले भने पनि उसको कुनै काम हुँदैन । अर्थातको उसको कुरा सुनिएको छैन । मन्त्रीले कुनै निर्देशन दिने वा निर्णय गर्न पाउदैन । जिल्लाका सिडियो, एसपीले पनि बालेनको सचिवालयको निर्देशन कुर्नुपर्ने अवस्था रहेको टिप्पणी भइरहेको छ । मन्त्रीले कुनै निर्देशन वा निर्णय गर्नुअघि बालेनको सचिवालयको निर्देशन कुर्नुपर्ने हुन्छ । बालेनको सचिवालयले निर्देशन दिएपछि मात्र मन्त्रीले त्यसलाई कार्यान्वयनमा लैजान्छन् । एकजनाले मन्त्रीले भन्नुभयो, ‘हामी त रबर स्टाम्प भएका छौं, हामीलाई जहाँ स्टाम्पस लगाउन भनिन्छ त्यहाँ चुपचाप लगाइ दिन्छौं अलिकति दयाँ बयाँ गर्न खोज्यौं भने सिधै मन्त्रीबाट बर्खास्त गरिदिने धम्की आउछ ।’
बालेनको सचिवालय निकट रहेका एक निजामती कर्मचारीले भने, ‘बालेनको नीजि सचिवालयले सबै मन्त्रीको बर्खास्तीपत्र तयार गरेर राखेको छ, आवश्यक पर्ने बित्तिकै जसलाई पनि पत्र पठाउन सक्छ त्यहीं भएर बेलाबेला हेर्नुभएको होला आज फलानो मन्त्री हट्दैछन्, भोली फलानो मन्त्री हटदैछन् यी सुचनाहरु बालेनको सचिवालयबाट फैलाइएका हुन्छन् । ताकी मन्त्रीहरु नियन्त्रण भन्दा बाहिर नजाओस् ।’ फेरि सिके लालको कुरा, उहाँ भन्नुहुन्छ, ‘मेरो विचारमा यो केवल स्वतःस्फूर्त रूपमा विकसित भएको होइन । यसको पछाडि कुनै शासन–प्रारूप, योजना वा रणनीति बनाउने समूहको प्रभाव पनि देखिन्छ ।’
जब नियन्त्रण, भय र अधिकारको क्षय क्रमिक रूपमा बढ्दै जान्छ, मानिसहरूले त्यसलाई सामान्य ठान्न थाल्छन् र त्यसैले त्यस्तो प्रवृत्तिको प्रतिरोध पनि कमजोर हुन सक्छ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले त देशमा अहिले ‘कु’ कै अवस्था छ । जनतालाई थाहै नदिइकन कुनै शासकले देशमा ‘कु’ गरिसकेको छ । नेपाली जनता शासकको नियन्त्रणमा रहेको जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको दावी छ ।
जब नियन्त्रण, भय र अधिकारको क्षय क्रमिक रूपमा बढ्दै जान्छ, मानिसहरूले त्यसलाई सामान्य ठान्न थाल्छन् र त्यसैले त्यस्तो प्रवृत्तिको प्रतिरोध पनि कमजोर हुन सक्छ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले त देशमा अहिले ‘कु’ कै अवस्था छ ।
माओवादी यस्तो शक्तिशाली भएपनि सत्ताकब्जा किन गर्न सकेन भनि प्रश्न उठ्नु स्वाभाविक हो । उसँग हतियार, पैसा, लडाकु, जनता सबै थियो तर सकेन । नसक्नुको एउटै कारण थियो नेपाली सेना । माओवादी नेपालको सेनासँग लडिरहेको थियो । नेपाली सेनाले नेपालको रक्षाका लागि माओवादीसँग लडिरहेको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी पनि माओवादीसँग भिडेको थियो । नेपालको ब्युरोक्रेसीले पनि माओवादीलाई साथ दिएका थिएन । कुलिन तथा हुनेखाने वर्गका जनता माओवादीको विरुद्धमा थियो । तर अहिले प्रधानमन्त्री बालेनलाई सबैले साथ दिइरहेका छन् । नेपाली सेनाले वर्तमान सरकारलाई खुलेर साथ दिइरहेको छ । बालेनले नेपाली सेनाको सहयोग बेलाबेलामा लिइरहनु भएको छ । नेपाल प्रहरीको प्रमुख आफैले नियुक्त गरेर अहिले नेपाल प्रहरी आफ्नो पक्षमा राख्नु भएको बालेनले सशस्त्र प्रहरीलाई आफ्नो अनुसार सञ्चालन गरिरहनु भएको छ ।
अर्थात नेपालको सेनाले जसलाई साथ दिन्छ उही शक्तिशाली हुन्छ । विगतको राजनीति इतिहास हेर्दा पनि यो कुरा पुष्टि हुन्छ । विगतमा पनि नेपाली सेना जसको साथमा हुन्थ्यो, त्यही नै शक्तिशाली हुन्थ्यो । राणा होस् या राजा नेपाली सेनालाई हातमा लिएर शक्तिशाली भएका थिए । तर जब नेपाली सेनाले राजालाई छाड्यो तब राजतन्त्र ढल्यो । माओवादीले सत्ताकब्जा गर्न युद्ध नै गर्यो तर नेपाली सेना चट्टान जस्तो उभियो, सफल भएन । तर पछिल्लो समय जेनजी आन्दोलनदेखि बालेन नेतृत्वमा सरकार गठन हुँदासम्म नेपाली सेनाले खुलेर साथ दिएपछि अहिलेको सत्ता बालेनको कब्जामा छ अर्थात ‘सत्ताकब्जा’ भएको छ ।
विगतका सरकारले नियुक्त गरेका सबैलाई बर्खास्त गरिसकेको छ । सबैतिरका करार तथा ज्यालादारीका कर्मचारीहलाई पनि हटाइ रहेका छन् । पत्रकारलाई पनि हटाइ रहेको छ । र, त्यस ठाउँमा नयाँ नियुक्ति गरिरहेका छन् । हरेक ठाउँमा यो वर्तमान सरकारले आफ्नो मान्छे राखिरहेको छ । हुन त नियुक्तिका लागि विज्ञापन नै गरेको छ । मेरिटको आधारमा मान्छे नियुक्ति गरिरहेको भनिए पनि वर्तमान सरकारलाई नेतृत्व गरेको रास्वपाले आफ्नो मान्छे भर्ना गरिरहेको छ । र, सोचनीय विषय के हो भने मुख्यमुख्य ठाउँमा रिटायर्ड आर्मीलाई नियुक्त गरिरहेको छ । विगतका सरकारले पनि नियुक्त गर्थे तर यसरी एकमुष्ट सबैलाई हटाएर विज्ञापन गरेर नियुक्त गरेका थिएनन् । यी सबै एकतन्त्रीय शासनको अभ्यास हो भनि जानकारहरु टिप्पणी गरिरहेका छन् ।
(साहारा टाइम्स पत्रिकाबाट)

तपाईको प्रतिक्रिया