शक्ति केन्द्र (भारती दूतावास) मा गएर लोसपा र मबीच एकता गराई दिनुपर्यो । यता लोसपासँग एकता गर्ने कि उता माओवादी केन्द्रसँग मिलेर सबै कम्युनिष्ट एक हुने कि माधव नेपालसँग मिलेर समाजवादी केन्द्र बनाउने कि जसपामा बस्ने हो । यो बाबुराम कुन चाहीँ बाबुराम हुन् बुझ्नै गाह्रो भयो ।
–उपेन्द्र यादव-
स्थानीय तहको चुनाव हुनुभन्दा केही पहिले संघीय परिषद् (२०७८ फागुन २८) का बैठक बस्यो । त्यसको भोलीपल्ट केन्द्रीय समितिको बैठक बस्यो । केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्यो । त्यसपछि हामी स्थानीय निर्वाचनमा गयौं । बीच बीचमा मुख्यालय (हेडक्वाटर) को बैठकहरु पनि बस्यो । स्थानीय तहको निर्वाचन हुँदै गर्दा केही साथीहरुले हस्ताक्षर अभियान चलाउनुभयो । त्यो हस्ताक्षर केका लागि हो सोध्दा त बैठक बसाउनका लागि हो रे । बैठक बोलाउन हस्ताक्षर गर्नुपर्छ र ? चुनाव सकिएपछि बैठक बसि हाल्छ नि । चुनावपछि कार्यकारिणी समितिको अनौपचारिक बैठक बस्यो । त्यसमा डाक्टर साहब (बाबुराम भट्टराई) आफ्ना तीन चारजना नेतालाई पठाउनुभयो । आफू आउनु भएन ।
त्यसपछि औपचारिक रुपमै कार्यकारिणी समितिको बैठक बस्यो । तर त्यो बैठकमा डाक्टर साहब आउनु भएन । डाक्टर साहबले बैठक बोलाउनका लागि हस्ताक्षर गराउनु भएको हो भन्ने तर बैठकमा बोलाएपछि नआउने । त्यो दिनको कार्यकारिणी समितिको बैठकले महत्वपूर्ण दुइटा निर्णय गर्यो । सरकारमा पार्टीको तर्फबाट गएको मन्त्री हेरफेर गर्ने र अर्को, केन्द्रीय समितिको बैठक बोलाउने । कार्यकारिणी समितिको बैठकपछि संसदीय दलको बैठक बस्यो । मन्त्री हेरफेर गर्ने कार्यकारिणी समितिको निर्णयलाई संसदीय दलको बैठकले अनुमोदन गर्यो ।
तर डाक्टर साहबले एकलौटी निर्णय भयो भनि हल्ला गर्यै गर्नुभयो । उहाँले अत्यन्त झुठो र भ्रममा पार्ने काम गर्नुभयो । डाक्टर साहबलाई हस्ताक्षर गराउने बानी पहिलादेखिको रहेको छ । माओवादीमा हुँदा पनि प्रचण्डलाई हटाएर आफू अध्यक्ष बन्नका लागि हस्ताक्षर अभियान चलाउनुभयो । माओवादीको बैठक बस्दा बाबुरामले त्यो हस्ताक्षर बुझाउन लाग्दाखेरी हस्ताक्षरकर्तामध्ये १८ जनाले उहाँमाथि नै अभियोग लगाई दिए । त्यसपछि बाबुरामले माओवादी छाडेर हिड्नुभयो । संयोग, यहाँ पनि त्यस्तै भएको छ । उहाँले हस्ताक्षर संकलन गर्नुभयो, त्यो हस्ताक्षर पार्टीमा बुझाउनु पथ्र्यो नि । केन्द्रीय समितिको बैठकमा पेस गर्नुपथ्र्यो र भन्नुपथ्र्यो, यति जनाको हस्ताक्षर मसँग छ त्यसैले मैले अध्यक्ष पाउनुपर्छ ।’ बहुमत देखाएको भए म अध्यक्ष पद उहाँलाई छाड दिन्थे ।
सबैतिर दौडधुप गरेर केही पार नलागेपछि उहाँ म कहाँ आउनुभयो । डाक्टर साहब पार्टी फोड्नलाई कहाँ कहाँ कुद्नुभयो, दौडधुप गर्दा गर्दै हैरान हुनु भएको छ । अब मिलेर आगाडि बढौ भनि सोचेर उहाँसँग भेटे ।
तर उहाँ आफै डाक्टर तर जडीबुटीको वैद्य खोज्न जडीबुटीतिर हस्ताक्षर लिएर जानुभयो । माओवादीबाट भागे जस्तै उहाँ जसपाबाट पनि भाग्नुभयो । यस्तो अस्थिर मानसिकताले पार्टीको संगठन निर्माण गर्न सकिदैन । उहाँ किन भाग्नु भयो भन्दाखेरी उहाँको मानसिकता अलिकति गडबड भए जस्तो लाग्यो । उहाँले आफ्ना तीन चारजना समर्थकलाई लिएर प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभयो । ‘संसदीय दल जम्मै कब्जा भयो, केन्द्रीय समितिमा अत्याधिक बहुमत भइसक्यो । उपेन्द्र यादव दलको नेता र केन्द्रीय अध्यक्षमा रहनु भएन अब मैले भनेको मान्नु’ भनेर प्रधानमन्त्री शेरबहादुर देउवालाई उहाँले भन्नु भएको रहेछ ।
त्यसपछि प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘निर्णय गरेर आउनुस् न त ।’ दलमा बहुमत छ भने दलको निर्णय लिएर आउनुस्, केन्द्रीय समितिमा बहुमत छ भने केन्द्रीय समितिको निर्णय लिएर आउनुस् भनि प्रधानमन्त्री देउवाले भन्नु भएको थियो । संसदीय दल कब्जा गर्न हिडेको मान्छे (बाबुराम) सँग दुईजना सांसद मात्र रहेछ । एकजना उहाँ आफै र अर्को एकजना महिन्द्रराय यादव । उहाँसँग ६ जना कार्यकारिणी सदस्य छन् । केन्द्रीय समिति सदस्यको सँख्या कुरा गर्ने हो भने अहिलेको यो केन्द्रीय समिति (असार २९) गतेको बैठकमा दुई तिहाई सदस्यको उपस्थिति रहेको छ । संसदीय दल भएन, कार्यकारिणी भएन र केन्द्रीय समिति पनि भएन अनि उहाँ जडिबुटीतिर लाग्नुभयो ।
उहाँले उपराष्ट्रपति नन्दबहादुर पुन कहाँ बैठक राख्नुभयो र प्रचण्डजीलाई बोलाउनुभयो । र, त्यो बैठकमा उहाँले के भन्नुभयो भने पूर्व माओवादीहरु एक हुनुपर्छ अनि मात्र केही हुन्छ तर त्यसका लागि जसपा फुटाउनका लागि सहयोग गर्नुपर्यो भनि प्रचण्डजीलाई भन्नुभयो । त्यही दिन बेलुका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कहाँ पुग्नुभयो । ‘तपाईहरुको नेकपा समाजवादी रहेको छ, हाम्रो पनि समाजवादी पार्टी छ, अब हामी तपाई मिलेर समाजवादी केन्द्र खोलौं’ बाबुरामजीले भन्नुभएको छ । त्यसको भोलीपल्ट उहाँ एमालेका अध्यक्ष केपी शर्मा अोली कहाँ पुग्नुभयो । त्यहाँ उहाँले यो सत्ता गठबन्धन भत्काएर नयाँ गठबन्धन सहित नयाँ सरकार बनाएर अगाडि बढ्ने भन्नु भएको रहेछ ।
अनि एउटा शक्ति केन्द्र (भारती दूतावास) मा गएर लोसपा र मबीच एकता गराई दिनुपर्यो । यता लोसपासँग एकता गर्ने कि उता माओवादी केन्द्रसँग मिलेर सबै कम्युनिष्ट एक हुने कि माधव नेपालसँग मिलेर समाजवादी केन्द्र बनाउने कि जसपामा बस्ने हो । यो बाबुराम कुन चाहीँ बाबुराम हुन् बुझ्नै गाह्रो भयो । उहाँको विचलन त्यहाँ देखिन्छ । त्यसपछि फेरि प्रधानमन्त्री देउवा कहाँ जानुभयो र पार्टी फोड्नका लागि ४० प्रतिशतबाला कानुन ल्याई दिनुपर्यो । पार्टी फुटाइ सकेपछि यही गठबन्धनसँग सहकार्य गर्छौ’, भन्नुभयो । केही पछि फेरि प्रधानमन्त्री देउवालाई भेट्नुभयो र भन्नुभयो ‘४० प्रतिशत अलि गडबड हुनेभयो, २० प्रतिशतबाला प्रावधान जुन माधवकुमार नेपाल र महन्थ ठाकुरको पालामा ल्याइएको थियो त्यो ब्युत्याई दिनुपर्यो ।’
सबैतिर दौडधुप गरेर केही पार नलागेपछि उहाँ म कहाँ आउनुभयो । डाक्टर साहब पार्टी फोड्नलाई कहाँ कहाँ कुद्नुभयो, दौडधुप गर्दा गर्दै हैरान हुनु भएको छ । अब मिलेर आगाडि बढौ भनि सोचेर उहाँसँग भेटे । भेटघाटमा उहाँले दुईटा कुरा ठोस रुपमा राख्नुभयो । जुनकुरा काठमाडौं–गोरखा सम्पर्क समितिमा उहाँले भाषण गरेर नै सुनाउनु भएको थियो । उहाँले भेटघाट भन्नुभयो, जसपामा तीन थरी भयो, पार्टी क्षेत्रीयतावादी भयो, यहाँका मधेशीहरु मधेशी मुक्तिका कुरा गरे, क्षेत्रीयतावादी कुरा भयो । तपाईहरु मधेशको कुरा गर्नुहुन्छ, क्षेत्रको कुरा गर्नुहुन्छ ।’ अर्को कुरा, अशोक राईहरुलाई हेरेर भन्नुभयो कि के हो थाह छैन उहाँले भन्नुभयो, तपाईहरु जातीयताको कुरा गर्नुभयो । तपाईहरु क्षेत्रीय र जातीय कुरा गर्नुहुन्छ म राष्ट्रिय कुरा गर्छु त्यसैले अब राष्ट्रिय कुरा गर्नलाई अलग हुन्छु ।’
मधेश राष्ट्र हो कि होइन, जनजातिहरु विभिन्न राष्ट्रियताका छन् कि छैनन् ? राष्ट्रियता भनेको राष्ट्र पनि हो र राज्य पनि हो । नेपाल धेरै एउटा राष्ट्रहरु मिलेर बनेको मुलुक हो । ती राष्ट्रहरुलाई यहाँका शासक जातीले उनीहरुको पहिचान, उनीहरुको भाषा, उनीहरुको सँस्कृतिलाई समाप्त पार्ने काम गर्यो । यहाँ धेरै राष्ट्रका छौं हामी । शेर्पाको अलगै राष्ट्रियता छ, पूर्वको अलगै राष्ट्रियता छ, मधेशको अलगै राष्ट्रियता छ । तमाङ, मगरात, तमुवानको पनि अलग अलग राष्ट्रियता छन् । यसरी धेरैवटा राष्ट्रियता मिलेर बनेको यो देश हो । यो देशका शाकक वर्गले तीनसय वर्षदेखि ती राष्ट्रियताका सत्ता शक्ति खोसे, भाषा, सँस्कृतिलाई मेटाउने, उनको साहित्यलाई मेटाउने र उनीहरुको चरम शोषण गर्ने कार्य गरेको छ ।
हाम्रो पार्टीको उद्देश्य घोषणा पत्रमा लेखिएको छ । राष्ट्रियताहरुलाई पहिचानसहित स्वयतत्ता, सुशासन दिलाउन र राज्यका सत्तामा समावेशी समानुपातिक प्रतिनिधित्व गराउने । यो लक्ष्य लिएर पार्टी आगाडि बढेको छ तर उहाँ (बाबुराम) लाई यो मन परेको छैन । यहाँ हाम्रो पार्टी र अरु पार्टीमा फरक नै यही हो । हाम्रो पार्टीले यो मुद्दा छोड्न सक्दैन । उत्पीडनको विरुद्धमा लड्दै आएको पार्टीले यो मुद्दालाई कुनै पनि हालत छोड्दैन, जबसम्म अधिकार प्राप्त हुँदैन तबसम्म लडि रहन्छ । डाक्टर साहबलाई यो नै पचेर उहाँ अलग हुनुभएको हो । साँचो कुरा यही हो । अरु सब बहाना मात्र हुन् ।
(जसपाका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय समितिमा व्यक्त गर्नुभएको विचारको अंश)


तपाईको प्रतिक्रिया