लिउले मधेशवादी दलका नेताहरुसँग किन भेट्न खोजेन त्यो कुरा विस्तारै खुल्दै जाला तर एउटा समान्य नागरिकको नाताले यो अस्वभाविक जस्तै लागेको छ । चीनले नेपालसँग राम्रो सम्बन्ध बनाउन चाहेको छ तर एउटा महत्वपूर्ण शक्तिलाई ‘इगनोर’ गरेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) को अन्तर्राष्ट्रिय समन्वय विभागका प्रमुख लिउ चियानछाओ नेपालको चार दिने भ्रमण पुरा गरी असार २९ गते बेइजिङ फर्कि सक्नु भएको छ ।
नेपाल भ्रमणमा रहनु भएको बेला उहाँले नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरुसँग भेटघाट गर्नुभयो र दुई देश तथा दुई पार्टीको सम्बन्धको बारेमा कुराकानी गर्नुभयो । जानुभन्दा एक दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि उहाँले भेट्नुभयो । आएको पहिलो दिन परराष्ट्र मन्त्री नारायण खड्कासँग पनि भेट्नु भयो ।
अर्थात उहाँले देख्ने गरि देशका प्रमुख राजनीतिक दलका शीर्ष नेता तथा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि प्रधानमन्त्री देउवासम्मका लागि भेट्नु भयो । र, दुई देशको बीचको सम्बन्धको बारेमा राम्रो सन्देश दिन खोज्नुभयो । तर नेपालमा एउटा शक्तिको रुपमा रहेको साथै आफ्नो छुट्टै पहिचान बनाएका मधेश केन्द्रीत दलका नेताहरुसँग लिउले भेट्न उचित ठान्नु भएन किन होला ? यो अहिलेको अवस्थामा ठूलो प्रश्न बनेको छ ।
जसपा र लोसपा क्रमशः संसदमा चौथो र पाँचौ ठूलो शक्ति हो । जसपाले प्रदेश २ मा सरकारको नेतृत्व गरिरहेको छ भने केन्द्रको सरकारमा पनि महत्वपूर्ण सहभागिता रहेको छ । लोसपा अहिले सरकारमा नभएपनि संसदीय राजनीतिको एउटा महत्वपूर्ण शक्ति रहेको छ तर चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) को अन्तर्राष्ट्रिय समन्वय विभागका प्रमुख लिउले ती दलका नेताहरुसँग सम्बन्ध बनाउन चाहेनन् अर्थात ती दललाई महत्व नै दिनुभएन ।
जुन मधेशको प्रतिनिधित्व भावनात्मक रुपमा जसपा र लोसपाले गरेको छ । त्यस अवस्थामा पनि महत्व नदिनु चीनका लागि राम्रो सन्देश गएको छैन । त्यतिकै पनि जसपा र लोसपालाई भारत निकट रहेको आरोप लाग्दै आएको छ र लिउले नभेटेर यो कुराको पुष्टि गर्नुभएको छ ।
लिउले मधेशवादी दलका नेताहरुसँग किन भेट्न खोजेन त्यो कुरा विस्तारै खुल्दै जाला तर एउटा समान्य नागरिकको नाताले यो अस्वभाविक जस्तै लागेको छ । चीनले नेपालसँग राम्रो सम्बन्ध बनाउन चाहेको छ तर एउटा महत्वपूर्ण शक्तिलाई ‘इगनोर’ गरेको छ । यसले गर्दा चीनले नेपालसँग राम्रो सम्बन्ध बनाउन सक्दैन । कतै नकतै सम्बन्धमा शंका र उपशंका रही रहन्छ । नेपालको आधाभन्दा बढी जनसँख्या मधेशमा छ । जुन मधेशको प्रतिनिधित्व भावनात्मक रुपमा जसपा र लोसपाले गरेको छ । त्यस अवस्थामा पनि महत्व नदिनु चीनका लागि राम्रो सन्देश गएको छैन । त्यतिकै पनि जसपा र लोसपालाई भारत निकट रहेको आरोप लाग्दै आएको छ र लिउले नभेटेर यो कुराको पुष्टि गर्नुभएको छ ।
लिउले जसपा र लोसपाका नेताहरुलाई नभेटी फर्केको कारण अझ ती दलहरुलाई भारत निकट बनाई दिएका छन् । ती दलहरुलई झन झन भारतभित्र छिराई दिएको छ । लोसपा त भारतसँग अलि बढी नजिक छ । तर जसपालाई त चिनियाँ निकट पार्टी भनि आरोप लाग्दै आएको छ । तर त्यो दलका नेताहरुलाई पनि भेटिएको छैन । यदि गोप्य रुपमा भेटेको होला त्यो बेग्लै कुरा हो । तर औपचारिक रुपमा कतै भेटेको समाचार बाहिर आएको छैन । मधेश भारतको मात्र होइन ।
चीनको पनि हो, अमेरिका, बेलायत, सिगांपुर, जपानलगायत सबैको हो । मधेशीलाई सबैको माया चाहिन्छ, सबैको सदभाव चाहिन्छ । यदि यसैगरि एक्लै छाडि दियो भने भारत आफ्नो बर्चस्व त्यहाँ त जमाउँछ नै । त्यहाँ भारतको एकलौटी रहन्छ नै । भारतको दवदवा रहन्छ नै । यदि चीनले मधेशसँग सम्बन्ध बनाउन नै चाहेको छैन भने त्यसमा भन्नु केही छैन । चीनले मधेशसँग सम्बन्ध बनाउन चाहन्छ भने काँग्रेस, एमाले, माओवादी जतिकै महत्व दिनुपर्छ । यदि त्यो स्तरको महत्व दिन सकिएन भने मधेश र मधेशीका लागि भारत नै ठिक छ ।
लिउले नेपालमा हुने कुनै पनि प्रकारका चीन विरोधी गतिविधि मान्य नहुने सन्देश दिएर जानु भएको छ तर मधेशसँग सम्बन्ध विगारेर यो सम्भव नै छैन । नेपाल–भारत सीमामा सीमा रक्षक जस्तै मधेशीहरु बसेका छन् । नेपालमा हुने चिनियाँ घुसपैठ नेपाल–भारत सीमाबाट पनि हुनसक्छ । मधेशसँग राम्रो सम्बन्ध भयो भने त्यसलाई रोक्न मद्दत पुग्न सक्थ्यो तर नेपाल चीनविरोधी गतिविधिको केन्द्र नहोस् भनि लिउ वा चीनको चाहना मधेशविना सम्भव छ जस्तो लाग्दैन । भारतमा दलाइ लामा बस्छन् । र नेपालसँग चीनको खास चासो त्यसैमा छ । नेपालमा तिब्बती गतिविधि नबढोस् भनि चीनलाई खास चिन्ता हुन्छ । र, यो भारतसँग जोडिएको विषय हो र सीमा बसेका मधेशसँग चीनले यो खालको व्यवहार भयो भने चीनले पक्कै पनि सुरक्षाको अनुभूती गर्न सक्दैन ।


तपाईको प्रतिक्रिया