काठमाडौँ भदौं ४ गते । राष्ट्रिय एकता अभियानले मुस्लिम आयोग र चिनियाँ परियोजना बीआरआइको खारेजीको माग गर्दै आज काठमाडौँमा प्रदर्शन गरेको छ । मैतीघरदेखि बानेश्वरसम्म अभिायनका कार्यकर्ताहरुले ब्यानरसहित प्रदर्शन गरेका छन् ।
उनीहरुले मुस्लिम आयोगले जिहादी (आतकंवादी) लाई प्रवद्र्धक गरेको आरोप लगाउँदै त्यसको खारेजीको माग गर्दै नारा लगाएका थिए भने नेपाललाई आर्थिक रुपमा टाट पल्टाउने नियतले चीन बीआरआई प्रोजेक्ट ल्याउन लागेको आरोप लगाउँदै त्यसको पनि खारेजीको माग गरेका छन् ।
राष्ट्रिय एकता अभियानको युवा विभागद्वारा गरिएको प्रदर्शनमा अभियानका अध्यक्ष विनय यादवले राष्ट्रघाती बीआरआइ र जिहादी प्रवद्र्धक मुस्लिम आयोग तत्काल खारेजी गर्नलाई सरकारसँग आग्रह गर्नु भयो ।
अभियानका केंद्रीय सदस्य राजेश हिन्दू सम्राट, चन्द्र यदुवंशीलगायत युवा विभागका अध्यक्ष कृष्ण यादव, प्रवक्ता रजनीश पाण्डेय, सदस्य प्रीति पाण्डेय, मुस्कान यादव भाग्यनारायण ठाकुर, बोधनारायण यादव, राष्ट्रिय विधार्थी परिषदका महासचिव पप्पू यादव लगायतले मन्तव्य राखेका थिए।



तपाईको प्रतिक्रिया