राजनीतिमा आमजनताबाट सबभन्दा बढी कुरा उठ्ने विषय नेता, सांसद, मन्त्रीको शैक्षिक योग्यताको हो । नेताहरु पढे लेखेका छैनन् । संसद र मन्त्री बन्न शैक्षिक योग्यता नै चाहिदैन जोसुकैले उम्मेदवारी दिनसक्छन् । पढे लेखेका तथा सम्बन्धित क्षेत्रका विज्ञ राजनीतिमा नभएको कारण विकास नभएको उदाहरणहरु दिइरहेका हुन्छन् । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभाको प्रत्यक्षतर्फको चुनावमा १६५ जना सांसद चुनिाएका छन् ।
त्यसमा स्नातकोत्तर पढेका ५१ जना सांसद छन् भने स्नात्तक पढेका ५९, कक्षा १२ अर्थात प्रविणता प्रमाणपत्र तह पास गरेका २१, एसएलसी पास गरेका १८, एसएलसी भन्दा कम पढेका सात जना सांसद रहेका छन् । निर्वाचन आयोगबाट प्राप्त विवरण अनुसार तीनजना सांसदको शैक्षिक योग्यता उल्लेख गरिएको छैन ।
काँग्रेसका प्रत्यक्षतर्फ प्रतिनिधि सभा ५७ जना सांसद जितेका छन् । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुरा– १ बाट विजय हुनु भएको छ । देउवाले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक, लन्डन स्कुल अफ इकोनमिक्सका रिसर्च फेलो गर्नुभएको छ । सोही पार्टीका प्रदीप पौडेल काठमाडौं–५ बाट चुनाव जित्नु एको छ । उहाँ सिद्धार्थ वनस्थली इन्ष्टिच्यूटबाट एसएलसी र अमृत साइन्स क्याम्पस (अस्कल)बाट स्नातक र त्रिविबाट स्नातकोत्तर तह पूरा गर्नुभएको छ ।
विद्यावारिधि ६ जना
स्नातकोत्तर ५१ जना
स्नातक ५९ जना
कक्षा १२ पास २१ जना
एसईई १८ जना
एसईई भन्दा कम ७ जना
उल्लेख नगरिएको ३ जना
जम्मा १६५
काँग्रेसबाट चुनाव जित्नु भएका विष्णु कुमार कार्कीले स्नातकसम्म अध्ययन गर्नुभएको छ भने पुर्ण वहादुर तमाङ्ग जो रामेछाप–१ बाट चुनाव जित्नु भएको छ । उहाँको शैक्षिक योग्यता निर्वाचन आयोगको विवरणमा उल्लेख छैन । योगेश गौचन थकालीले मुस्ताङ–१ चुनाव जित्नु भएको छ ।
भारतबाट स्नातकसम्म अध्यक्ष गर्नु भएको छ । कैलाली ४ बाट सांसद बन्नु भएका विर बहादुर बलायरको शैक्षिक योग्यता मास्टर्स रहेको छ ।
सिन्धुपाल्चोक २ बाट सांसदमा विजय हुनुभएका मोहन बहादुर बस्नेत पनि मस्टर्ससम्म अध्ययन गर्नुभएको छ । खम बहादुर गर्बुजाले म्याग्दी–१ बाट चुनाव जित्नु भएको छ । उहाँले एसएलसीसम्म मात्र अध्ययन गर्नुभएको छ । कैलाली ५ बाट चुनाव जित्नु भएका डिल्ली राज पन्त भारतको देहरादूनबाट मानविकी संकायमा स्नातक गर्नुभएको छ।
त्यस्तै सोही पार्टीका श्याम कुमार घिमिरे सिन्धुली–१ बाट चुनाव जित्नु भएको छ भने उहाँको शैक्षिक योग्यता स्नातक रहेको छ । दाङ ३ बाट चुनाव जित्नु भएका दिपक गिरी त्रिभुवन विश्वविद्यालयबाट इतिहास विषयमा स्नातकोत्तर गर्नुभएको छ । दिलेन्द्र प्रसाद बडूले दार्चुला–१ बाट चुनाव जित्नु भएको छ । उहाँले मास्टर्ससम्म अध्ययन गर्नुभएको छ ।
चन्द्रकान्त भण्डारीले गुल्मी–१ बाट चुनाव जित्नु भएको छ । उहाँको शैक्षिक योग्यता पनि मास्टर्स नै रहेको छ । रसुवा १ बाट चुनाव जित्नु भएका मोहन आचार्यले आइएसम्म मात्र पढ्नु भएको छ । एनपी साउदको शैक्षिक योग्यता निर्वाचन आयोगको विवरणमा उल्लेख छैन । उहाँ कञ्चनपुर–२ बाट जित्नु भएको छ ।
किशोर सिह राठोर बाँके–३ बाट विजय हुनु भएका छ । उहाँ ब्याचलरसम्म अध्ययन गर्नुभएको छ । धादिङ २ बाट चुनाव जित्नु भएका रामनाथ अधिकारी बीएडसम्म अध्ययन गर्नुभएको छ भने कन्चनपुर ३ बाट जित्नु भएका रमेश लेखक एमफील गर्नुभएको छ । बर्दिया २ बाट चुनाव जितेका संजय कुमार गौतम ब्याचलरसम्म अध्ययन गर्नुभएको छ । ज्ञानेन्द्र बहादुर कार्की सुनसरी–४ बाट चुनाव जित्नु भएको छ । उहाँले राजनीति शास्त्र मास्टर्स गर्नुभएको छ ।
राम कृष्ण यादवले धनुषा–२ बाट विजय हासिल गर्नुभएको छ । उहाँले पनि स्नाकोत्तरसम्म अध्ययन गर्नुभएको छ । देव प्रसाद तिमलसेना रौतहट–४ बाट चुनाव जित्नु भएको छ । उहाँले साधरण लेखपढ मात्र जान्नु भएको छ । विनोद कुमार चौधरी नवलपरासी–१ बाट चुनाव जित्नु भएको हो । उहाँले ब्याचलरसम्म अध्ययन गर्नुभएको छ । त्यस्तै, सोही पार्टीका अर्जुन नरसिंह के.सी. नुवाकोट–२ बाट चुनाव जित्नु भएको छ । उहाँको शैक्षिक योग्यता मास्टर्स रहेको छ ।
काँग्रेसका नेता राजेन्द्र बजगाई, गोरखा–१ बाट चुनाव जित्नु भएको छ । उहाँ आइएसम्म मात्र पढ्नु भएको छ । दिपक खड्काले संखुवासभा–१ बाट चुनाव जितेका छन् । उहाँ स्नाकोत्तरसम्म अध्ययन गर्नु भएको छ । राम हरि खतिवडा ओखलढुंगा–१ बाट चुनाव जित्नु भएको छ । उहाँले एमका साथै बीएल पनि गर्नुभएको छ । टेक बहादुर गुरुङ मनाङबाट १ बाट चुनाव जित्नु भएको छ । उहाँले एसएलसीसम्म मात्र पढ्नु भएको छ ।
भक्तपुर २ बाट चुनाव जित्नु भएका दुर्लभ थापा क्षेत्रीको पढाई) ब्याचलरसम्म भएको छ । डा. नारायण खड्काले उदयपुर–१ बाट चुनाव जित्नु भएको छ । उहाँले भारतको पुने विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएको छ । सिता गुरुङ्गले तेह्रथुम–१ बाट चुनाव जित्नु भएको छ । उहाँले मास्टर्ससम्म अध्ययन गर्नुभएको छ । ऐन बहादुर शाही ठकुरी मुगु–१ बाट चुनाव जित्नु भएको हो । उहाँले ब्याचलरसम्मको अध्ययन गर्नुभएको छ । राजेन्द्र कुमार के.सी. काठमाडौं– १० बाट चुनाव जित्नु भयो । उहाँले मास्टर्ससम्म अध्ययन गर्नुभएको छ ।
समानुपातिकबाट सांसद बन्नुभएका डा. प्रकाशशरण महतले अमेरिकाबाट अर्थशास्त्रमा पिएचडी गर्नुभएको छ भने प्रधानमन्त्रीपत्नी एवं समानुपातिकबाट सांसद बन्नु भएका आरजु राणा देउवाले अमेरिकाबाट साइक्लोजीमा पिएचडी गर्नुभएको छ । उदयशम्शेर ज.ब.राणाले ललितपुर–१ बाट चुनाव जित्नु भएको छ । उहाँले ललितपुरको सेन्ट जेभियर, दार्जीलिङको नर्थप्वाइन्ट र शिमलाको लरेन्स स्कुल हुँदै दिल्लीको सेन्ट स्टिफन कलेज (दिल्लीको विश्वविद्यालय)बाट अर्थशास्त्रमा स्नातक गर्नुभएको छ ।
डिग बहादुर लिम्वुले मोरङ–१ बाट विजय हासिल गर्नुभएको छ । उहाँ एसएलसीसम्म मात्र अध्ययन गर्नुभएको छ । दिक्पाल कुमार शाहीले दैलेख–२ बाट चुनाव जित्नु भएको छ । उहाँले पनि एसएलसीसम्म मात्र अध्ययन गर्नुभएको छ । हृदयराम थानीले सुर्खेत–२ बाट चुनाव जित्नु भएको छ । उहाँले मास्टर्ससम्मको अध्ययन गर्नुभएको छ । सुनिल कुमार शर्मा मोरङ–३ बाट विजय हुनुभएको छ । उहााले एमबीबीएससम्मको अध्ययन गर्नुभएको छ ।
सन्तोष चालिसेले काठमाडौं–३ चुनाव जितेका छन् उहाँले ब्याचलरसम्म अध्ययन गर्नुभएको छ । दिनेश कुमार यादवले सप्तरी–३ बाट चुनाव जित्नु भएको छ । उहाँले आइएसम्म मात्र अध्ययन गर्नुभएको छ । शंकर भण्डारी तनहुँ–२ बाट चुनाव जित्नु भएको हो । उहाँले ब्यचलरसम्म अध्ययन गर्नुभएको छ । त्यस्तै, अजय कुमार चौरसिया, पर्सा–२, ब्याचलर, बद्री प्रसाद पाण्डे, बाजुरा–१, मास्टर्स, सुरेन्द्रराज आचार्य, कपिलवस्तु–२, स्नातक, राजु थापा, स्याङ्जा–१, स्नातक सम्म अध्ययन गर्नुभएको छ ।
त्यसैगरि तेजु लाल चौधरी सप्तरी–४ बाट चुनाव जित्नु भएको छ । उहाँले व्यवस्थापनमा एमए गर्नुको साथै शिक्षाशास्त्रमा स्नातक पनि गर्नुभएको छ । महेन्द्र कुमार राय, महोत्तरी–४, आइए, पुष्प बहादुर शाह, अछाम–२, हाइस्कूलसम्म पढ्नु भएको छ । धनराज गुरुङ्ग, स्याङ्जा–२, मास्टर्स, रमेश रिजाल, पर्सा–४, एमए, शशांक कोइराला नवलपुर–१, काठमाडौंको महाराजगञ्ज शिक्षण अस्पतालमा नेत्र विशेषज्ञ, डा. शेखर कोइराला, मोरङ–६, एमबीबीएस, विश्वप्रकाश शर्मा, झापा–१, मास्टर्स, प्रकाशमान सिंह, काठमाडौं–१, त्रिभुवन विश्वविद्यालयबाट विज्ञानमा स्नातकोत्तर, पूर्णबहादुर खड्का, सुर्खेत–१, अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । रामचन्द्र पौडेल, तनहुँ–१, त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर, गगन कुमार थापा, काठमाडौं–४, स्नातकोत्तरसम्म अध्ययन गर्नुभएको छ ।
एमाले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ४४ सीट जितेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसएलसीसम्म मात्र पढ्नु भएको छ । वसन्त कुमार नेम्वाङ्ग–पाँचथर १–फिदिममै प्रवेशिका परीक्षा उत्तीर्ण गरेर २०३६ सालमा कानुन पढ्न काठमाडौंको नेपाल ल क्याम्पसमा भर्ना भएपछि नेम्वाङ राजनीतिमा तानिु भएको थियो । कानुनमा स्नातक भएर केही समय वकालत पनि गर्नुभएको छ ।
सूर्य थापा–प्युठान–१, समाजशास्त्रमा स्नातकोत्तर, महेश वस्नेत– इलाम १ इतिहासमा स्नातकोत्तर, हरिप्रसाद उप्रेती–सर्लाही–३, ब्याचलर, लिलानाथ श्रेष्ठ, सिरहा–३ ब्याचलर, पदम गिरी–पर्वत १, समाजशास्त्रमा स्नातकोत्तर, भिमप्रसाद आचार्य, सुनरी २, व्यवस्थापन विषयमा स्नातकोत्तर, दामोदर भण्डारी, बैतडी १–अइए। महेश कुमार बर्तौला–मकवान २, मास्टर्स, सुर्यप्रसाद ढकाल, बाँके–१ ब्याचलर, देवराज घिमिरे झापा–२, काठमाडौंको त्रिचन्द्र क्याम्पसमा स्नातकसम्म अध्ययन गर्नुभएको छ ।
गोकर्ण विष्ट गुल्मी–२, कानुन र व्यवस्थापन विषयका स्नातक, तारा लामा तामाङ कञ्चनपुर–१, ब्याचलर, भगवती चौधरी, सुनसरी–३, मास्टर्स, नारायण प्रसाद आचार्य, पाल्पा–१ एलए, ठाकुर प्रसाद गैरे, पाल्पा, २–ब्याचलर, लाल प्रसाद साँवा लिम्बू झापा–४ मास्टर्स, कृष्ण गोपाल श्रेष्ठ काठमाडौं–९, अर्थशास्त्रमा स्नातकोत्तर, छविलाल विश्वकर्मा रूपन्देही–१, स्नातक, जुली कुमारी महतो धनुषा–३, ब्याचलरसम्म अध्ययन गर्नुभएको छ ।
त्यस्तै एमालेका नेताहरु मानवीर राई, सोलुखुम्बु–१, एसएलसी, अच्युत प्रसाद मैनाली, बारा, १–मास्टर्स, रघुबीर महासेठ धनुषा–४, सिभिल इन्जिनियर ब्याचलर, मन बहादुर गुरुङ्ग कास्की–१ एसएलसी, अम्वर बहादुर रायामाझी उदयपुर–२ ब्याचलर, ज्वाला कुमारी साह बारा–३ वीरगन्जबाट स्नातेत्तरसम्म अध्ययन गर्नुभएको छ ।
एमालेका नेतृ विद्या भट्टराई कास्की–२, समाजशास्त्रमा एमफिल गर्नुभएका छ भने राजेन्द्र कुमार राई धनकुटा–१, ब्याचलर, लझ्मी महतो कोइरी, महोत्तरी–१ एसएलसीसम्म अध्ययन गर्नुभएको छ । त्यस्तै कास्की ३ बाट चुनाव जित्नु भएका दामोदर पौडेल वैरागी साक्षर मात्र हुनुहुन्छ । बासु देव घिमिरे रूपन्देही–५ बाट जित्नु भएको छ भने उहाँ ब्याचलरसम्म अध्ययन गर्नुभएको छ । ललितपुर २ बाट जित्नु भएका प्रेम बहादुर महर्जन १० कक्षासम्म मात्र अध्ययन गर्नुभएको छ । ऋषिकेश पोखरेल, मोरङ–२ बीबीएस र बलराम अधिकारी कपिलवस्तु–१ अइएसम्म अध्ययन गर्नुभएको छ ।
माओवादी केन्द्रले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १८ सीट मात्र जितेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा–२ बाट चुनाव जित्नु भएको छ उहाँले बीएससी एजी गर्नुभएको छ भने त्यसपछि एमपिए (मास्टर अफ पब्लिक एडमिनिस्ट्रेशन) सम्मको अध्ययन पुरा गर्नुभएको छ । शक्तिबहादुर वस्नेतको शैक्षिक योग्यता निर्वाचन आयोगको विवरणमा फेला पर्न सकेन ।
जाजरकोट – १, राजनीतिशास्त्रमा स्नातकोत्तर, जनार्दन शर्मा, रूकुम पश्चिम–१, शिक्षा संकायमा स्नातक, पूर्ण बहादुर घर्ति मगर, रूकुम पूर्व–१ प्रविणता प्रमाणपत्र, गंगा कार्की, दोलखा–१ कक्षा १०, महिन्द्र राय यादव, सर्लाही–२ एसएलसी, माधव सापकोटा, सिन्धुपाल्चोक–१ एसएलसी, देवेन्द्र पौडेल, बाग्लुङ–२ ब्याचलर, लेखनाथ दाहाल, सिन्धुली–२ ब्याचलर, हितबहादुर तामाङ, नुवाकोट–१, एसएलसी, रामकुमार राई, खोटाङ–१, आइए, सुदन किराती, भोजपुर–१, एसएलसीसम्मको अध्ययन गर्नुभएको छ ।
महेन्द्र बहादुर शाही, कालीकोट–१ एसएलसी, छिरिङ डम्डुल लामा (भोटे), हुम्ला–१, १० कक्षा मात्र पास, सुर्यमान तामाङ (दोङ), काभ्रे– १, १० कक्षा पास, अमनलाल मोदी, मोरङ – ४ प्लस टु, वर्षमान पुन, रोल्पा–१ बीएल नेपाल ल क्याम्पस, रेखा शर्मा, दाङ–२, ब्याचलरसम्म अध्ययन गर्नुभएको छ ।
नेकपा एकीकृत समाजवादीले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १० वटा सीट जितेको छ । सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले रौतहट–१ बाट विजय हासिल गर्नुभएको छ । उहाँले त्रिविबाट बीकमसम्म अध्ययन गर्नुभएको छ । उहाँ केही समय बैंकमा पनि जागिर गर्नुभएको थियो । मेटमणि चौधरीले दाङ–१ बाट विजय हुनुभएको छ । उहाँले मास्टर्ससम्म अध्ययन गर्नुभएको छ । राजेन्द्रप्रसाद पाण्डेले धादिङ–१ बाट विजय हुनुभएको छ । उहाँको शिक्षा मास्टर्ससम्मको हो । प्रकाश ज्वालाले सल्यान–१ बाट विजय हुनुभएको छ । उहाँले पनि मास्टर्ससम्म अध्ययन गर्नुभएको छ ।
सोही पार्टीका सांसदहरु धन बहादुर बुढा, डोल्पा–१ एसएलसी, कृष्ण कुमार श्रेष्ठ, बारा–४, प्रविणतापत्र प्रमाणपत्र तह, अम्मर बहादुर थापा, दैलेख–१, १० कक्षा पास, शेर बहादुर कुँवर, अछाम–१, ब्याचलर, भानुभक्त जोशी, बझाङ–१, ब्याचलरसम्मको अध्ययन गर्नुभएको छ । डोटी एकबाट चुनाव जित्नु भएका प्रेम वहादुर आलेले आफ्नो शैक्षिक योग्यता निर्वाचन आयोगलाई दिएको छैन ।
जनता समाजवादी पार्टीले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ सातवटा सीट जितेको छ । जसमा सो पार्टीका कार्यकारिणी सदस्य राज किशोर यादव सिराहा–२ बाट चुनाव जित्नु भएको छ । उहाँले भारतको पञ्जावबाट ब्याचलरसम्म अध्ययन गर्नुभएको छ । बिरेन्द्र प्रसाद महतो सिराहा–४ बाट विजय हुनुभएको छ । उहाँले वेलारुद्र स्टेट इकोनोमिक्स युनिभर्सिटीबाट पीएचडी गर्नुभएको छ । दीपक कार्कीले धनुषा–१ बाट विजय गर्नुभएको छ । उहाँले काठमाडौको बुढानिलकण्ठबाट एसएलसी पास गर्नुभएको छ ।
रामसहाय प्रसाद यादवले बारा–२ बाट विजय पास गर्नुभयो । उहाँले ब्याचलरसम्म अध्ययन गर्नुभएको छ । नवल किशोर साह सुडीले सप्तरी–१ बाट चुनाव जित्नु भएको छ । उहाँले पनि ब्याचलरसम्म अध्ययन गर्नुभएको छ । प्रदिप यादवले पर्सा–१ बाट विजय हुनुभयो । उहाँले पनि ब्याचलरसम्म अध्ययन गर्नुभएको छ । त्यस्तै अशोककुमार राईले सुनसरी–१ बाट विजय हासिल गर्नुभएको छ । उहाँले त्रिविबाट मास्टर्ससम्म अध्ययन गर्नुभएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टीबाट प्रत्यक्षतर्फ चारजना विजय हुनुभएको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुर महोत्तरीको ३ नम्बर क्षेत्रबाट विजय हुनुभएको छ । उहाँले मास्टर्सम्म अध्ययन गर्नुभएका छ । उहाँले कानुनमा कानुनमा स्नातकसम्म अध्ययन गर्नुभएको छ । त्यस्तै, लोसपाका कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्ला रूपन्देही–४ विजय हुनुभएको छ । उहाँले पनि मास्टर्ससम्म अध्ययन गर्नुभएको छ ।
लोसपाका वरिष्ठ नेता शरत सिंह भण्डारी, महोत्तरी–२ बाट विजय हुनुभएको छ । उहाँले त्रिविबाट ब्याचलरसम्मको अध्ययन गर्नुभएको छ । लोसपाका राम प्रकाश चौधरी, सर्लाही–१ बाट विजय हुनुभएको छ । उहाँले भारतको विहारबाट आइएससीसम्म अध्ययन गर्नुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सातवटा सीट प्रतिनिधि सभाको प्रत्यक्षमा जितेको छ । सो पार्टीका शिशिर खनाल, काठमाडौ ६ बाट जित्नु भएको छ भने उहाँले मास्टर्ससम्म अधययन गर्नुभएको छ ।
ब्यालरसम्म अध्ययन गर्नुभएको हरि ढकाल चितवन–१ बाट चुनाव जित्नु भएको हो । सोही पार्टीका गणेश पराजुली, काठमाडौं–७ प्रविणता प्रमाणपात्र तह, विराज भक्त श्रेष्ठ, काठमाडौं–८, स्नात्तक, रबि लामिछाने, चितवन–२, रत्नराज्य लक्ष्मी क्याम्पसबाट प्रविणता प्रमाणपत्र तह, सोविता गौतम, काठमाडौं–२, नेशनल ल कलेजबाट कानुनमा स्नातक, तोसीमा कार्की, ललितपुर–३, प्लस टुसम्म अध्ययन सकाउनु भएको छ ।
राष्ट्रिय जनमोर्चाबाट एक सीट मात्र प्रतिनिधि सभामा प्रत्यक्षतर्फ जितेको छ । सो पार्टीका अध्यक्ष चित्रबहादुर केसी बाग्लुङ क्षेत्र १ बाट जित्नु भएको छ । उहाँले ब्याचलरसम्मको अध्ययन गर्नुभएको छ । मजदुर किसानबाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फ भक्तपुर १ बाट प्रेम सुवाल जित्नु भएको छ । उहाँले पनि ब्याचलरसम्म अध्ययन गर्नुभएको छ ।
पाँचजना स्वतन्त्रबाट जितेका छन् । मोरगं ५ बाट चुनाव जित्नु भएका योगेन्द्र मण्डल त्रिविबाट ब्याचलर गर्नुभएको छ । अमरेश कुमार सिहले सर्लाही–४ बाट चुनाव जित्नु भएको छ । उहाँले भारतको जवाहरलाल नेहरु विश्व विद्यालय दिल्लीबाट पिएचडी गर्नुभएको छ । किरण कुमार साह, रौतहट–२, प्रविणता प्रमाणपत्र तह र रेशम चौधरीको बुवा लालविर चौधरी, बर्दिया–२, एसएलसीसम्म अध्ययन गर्नुभएको छ । त्यस्तै, प्रभु साहले रौतहट–३ बाट चुनाव जित्नु भएको छ । उहाँले नेपाल ल क्याम्पसबाट बीएलसम्म अध्यन गर्नुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभातर्फ प्रत्यक्षमा सातवटा सीट जित्नु भएको छ । सो पार्टीका अध्यक्ष झापा ३ बाट चुनाव जित्नु भएको हो । उहााले त्रिभुवन विश्व विद्यालयबाट स्नात्तकसम्म अध्ययन गर्नुभएको छ । त्यस्तै, दिपक बहादुर सिंह, मकवानपुर–१ ब्याचलर, धवलशम्मशेर जगंबहादुर राणा, बाँके–२, मस्टर्स, विक्रम पाण्डे, चितवन–३ प्रविणतापत्रसम्म मात्र अध्ययन गर्नुभएको छ ।
पूर्व प्रहरी महानिरिक्षक समेत रहनु भएका धुब्र बहादुर प्रधान नवलपरासी–२ बाट चुनाव जित्नु भएको छ । उहाँले मास्टर्ससम्म अध्ययन गर्नुभएको छ । त्यस्तै, दीपक बोहरा, रूपन्देही–३ बाट विजय हुनुभएको छ । उहाँले त्रिभुवन विश्व विद्यालयबाट ब्यचलर गर्नुभएको छ । ज्ञानबहादुर शाही, जुम्ला–१ बाट विजय हुनु भएको छ । उहाँले पनि त्रिविबाट मास्टर्ससम्म अध्ययन गर्नुभएको छ ।
नागरिक उन्मुक्तिबाट अरुण कुमार चौधरी कैलाली २ बाट विजय हुनुभएको छ । उहाँले एसएलसीसम्म अध्ययन गर्नुभएको छ । गंगाराम चौधरीले कैलाली ३ बाट विजय हुनुभएको छ । उहाँले ब्यालरसम्मको अध्ययन गर्नुभएको छ । त्यस्तै, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ कैलाली १ बाट विजय हासिल गर्नुभएको छ । उहाँको शिक्षा कति छ, त्यो निर्वाचन आयोगले उल्लेख गरेको छ ।
जनमत पार्टीका अध्यक्ष डा.सिके राउत सप्तरी २ बाट चुनाव जित्नु भएको छ । उहाँले बेलायतको क्याम्ब्रिज युनिभर्सिटीबाट विद्यावारिधी गर्नुभएको छ ।
–सहारा टाइम्स पत्रिकाबाट


तपाईको प्रतिक्रिया