कसले कसलाई दिए धोका ? (फरकमत)

निधिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पनि भेट्नुभयो । कुनै पनि हालतमा सत्ता गठबन्धन टुट्नु हुँदैन । यसलाई पाँच वर्ष टिकाउनुपर्छ भनेर फर्किनु भएको थियो ।

–सुनैनाकुमारी यादव
नेपालको राजनीतिक नाट्कीय रुपले परिवर्तन भएको छ । पुस १० गते मध्यान्ह अचानक देशको राजनीतिकले कोल्टो फेर्यो । सत्ता सहकार्यका लागि अन्तिम संवाद भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड विहान साढे नौ वजे प्रधानमन्त्री निवास बालुवाटार पुग्नु भएको थियो । केही समयपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सो पार्टीका वरिष्ठ नेता झलनाथ खनाल पनि पुग्नुभयो ।

त्यतिबेलासम्म प्रचण्ड र तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको बीचमा कुराकानी लगभग भइसकेको थियो । तत्कालिन प्रधानमन्त्री देउवाले माओवादी केन्द्रलाई राष्ट्रपति र प्रधानमन्त्रीमध्ये कुनै पनि दिन तयार हुनुभएन । अध्यक्ष प्रचण्डले पटक पटक आलोपालो प्रधानमन्त्री बनाउँदा पहिलो चरणमा माओवादीलाई दिने भएको सहमति सम्झाई रहनु भएको थियो ।

तर देउवाले सुरुमा आफू बन्ने त्यसपछि माओवादीलाई दिने अडानमा बस्नु भयो । माओवादी प्रचण्डले जति भन्दा पनि देउवा नगलेपछि खाना खान जाने बाहानामा साढे १२ वजे बालुवाटारबाट उहाँ निस्किनु भयो ।

देउवाले सुरुकै चरणमा प्रधानमन्त्री नदिने कुराको छनक प्रचण्डले थाह पाइसक्नु भएको थियो । त्यही भएर उहाँ सुरुदेखि नै एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको संवादमा हुनुहुन्थ्यो । पुस १० गते पनि उहाँ बालुवाटार जानुअघि एमालेका अध्यक्ष केपी शर्मासँग आफ्ना दोस्रो तहका नेताहरुलाई संवाद सुरु गराई सक्नुभएको थियो ।

माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ एमालेका नेताहरुसँग छलफल सुरु गरिसक्नु भएको थियो । त्यो दिन बालुवाटार र बालकोटमा सँगसँगै संवाद सुरु भएको थियो । जुन कुराको भेउ तत्कालिन प्रधानमन्त्री देउवाले पाउनु भएको थिएन । माओवादीका नेताहरु एमालेका नेताहरुको टचमा रहेको कुरा देउवालाई थाह थियो तर माओवादीले गठबन्धन नै छाडेर जाने कुरामा उहाँलाई अलिकति पनि विश्वास थिएन ।

यो विश्वास दिलाउनु भएको थियो काँग्रेसका नेता विमलेन्द्र निधिले । तत्कालिन प्रधानमन्त्री देउवाले पुस ९ गते आफ्नो दूतको रुपमा निधिलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पठाउनु भएको थियो ।

माओवादी केन्द्रले धोका दियो भने एमाले र काँग्रेस बीचको सरकार बनाउनुपर्छ भनि एमालेका अध्यक्ष ओलीसँग कुराकानी गर्नुभएको थियो । ओलीले ढुक्क हुनुस् एमाले र काँग्रेस गठबन्धनकै सरकार बन्छ त्यसको तयारीमा तपाईहरु लाग्नुस् । माओवादीलाई सरकारभन्दा बाहिर राख्नुपर्छ भनेर निधिलाई पठाउनु भएको थियो ।

त्यसपछि निधिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पनि भेट्नुभयो । कुनै पनि हालतमा सत्ता गठबन्धन टुट्नु हुँदैन । यसलाई पाँच वर्ष टिकाउनुपर्छ भनेर फर्किनु भएको थियो । त्यही दिन एमालेका अध्यक्ष ओलीले पार्टीको एक कार्यक्रममा प्रचण्डको प्रधानमन्त्री बन्ने दिन समाप्त भइसकेको छ ।

प्रचण्ड अब प्रधानमन्त्री बन्न सक्नु हुन्न भनि अभिव्यक्ति दिनुभएको थियो । त्यसले गर्दा यता तत्कालिन प्रधानमन्त्री देउवा बिल्कुल ढुक्क हुनुभएको थियो । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि त्यही दिन गठबन्धनलाई निरन्तरता दिनुपर्छ भनि माओवादीका अध्यक्ष प्रचण्ड तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्नुभएको थियो ।

प्रचण्ड र नेपालबाट गठबन्धनलाई निरन्तरता दिने आश्वासनप्राप्त गरेर नेता पौडेल फर्केर तत्कालिन प्रधानमन्त्री देउवालाई रिपोर्ट गर्नुभएको थियो । त्यसले गर्दा देउवा झन ढक्क भएर बस्नु भएको थियो ।

त्यही भएर उहाँ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसमक्ष आफ्नो अडानबाट पछाडि हटन्ु भएन । चुनावपछि प्रचण्ड र देउवाबीच भएको सम्झौतालाई भंग गर्ने काम देउवापक्षबाट भयो । चुनावपछि बन्ने सरकारको पहिलो चरणमा माओवादीले नेतृत्व गर्ने भनि देउवा र प्रचण्डबीच सहमति भएको थियो । तर देउवा टसमस नभएपछि यो अवस्थाको सृजना भएको हो ।

खाना खान बालुवाटारबाट निस्कनु भएका प्रचण्ड खुमलटार आफ्नो निवास गएर खाना समेत नखाई त्यहीबाट एमालेका अध्यक्ष अ‍ोलीलाई फोन गरेर भन्नुभयो, ‘म आउँदैछु, आजै अहिले सबै कुराको टुगों लगाउनुपर्छ ।’ अ‍ोलीले हुन्छ आउनुस् सल्लाह गरौंला भनेपछि प्रचण्ड बोलकोटतिर लाग्नुभएको थियो । त्यतिबेलासम्म राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देल, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामेछाने, जनमत पार्टीका अध्यक्ष सिके राउत पनि त्यहाँ पुग्नुभयो ।

प्रचण्ड अब प्रधानमन्त्री बन्न सक्नु हुन्न भनि अभिव्यक्ति दिनुभएको थियो । त्यसले गर्दा यता तत्कालिन प्रधानमन्त्री देउवा बिल्कुल ढुक्क हुनुभएको थियो । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि त्यही दिन गठबन्धनलाई निरन्तरता दिनुपर्छ भनि माओवादीका अध्यक्ष प्रचण्ड तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्नुभएको थियो । 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका अध्यक्ष अ‍ोलीबीच सुरुमा ‘वान टु वान’ वार्ता भयो । उहाँ आधाघण्टा छलफल गरेपछि मात्र अन्य दलहरुसँग सामूहिक छलफलमा लाग्नु भएको थियो ।

प्रधानमन्त्री आलोपालो हुने र पहिलो चरणमा प्रचण्डले सरकारको नेतृत्व गर्ने, राष्ट्रपति र सभामुख एमालेले लिने र उपराष्ट्रपति माओवादी केन्द्रले लिने गरी सम्झौता भयो । यी सम्झौता चलिरहँदा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको फोन अ‍ोली र प्रचण्ड दुवै कहाँ लगातार गइरहेको थियो ।

देउवालाई एमालेका अध्यक्ष ओलीलाई पाँच वर्षका लागि प्रधानमन्त्री बन्नुहोस् र आउनुस् सँगै मिलेर सरकार बनाउ तर ओलीले कुनै वास्ता गर्नुभएन ।

बसेर सल्लाह गरौला भनेर फोन काट्नु भएको थियो । देउवाले माओवादीका अध्यक्ष प्रचण्डलाई पनि फोन गरेर एकपटक पुनः बसौं छलफल गरौं मिलाउन सकिन्छ, मिलाउने ठाउँ छ भनेर बालकोटबाट फर्काउने प्रयास गर्नुभएको थियो तर उहाँले मान्नुभएन । बालकोटमा १६६ सांसदले माओवादीका अध्यक्ष प्रचण्डलाई समर्थन गरेका थिए । राष्ट्रपति कार्यालयसम्म पुग्दा १६९ सांसद पुगे । राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गर्नुभयो ।

त्यसपछि देउवाको पक्षबाट अध्यक्ष प्रचण्डले गठबन्धनलाई धोका दिएको अभिव्यक्ति आउन थाले भने यता, प्रचण्डको पक्षबाट पनि देउवाबाट धोका पाएको अभिव्यक्ति जान थाल्यो । तर वास्तवमा भन्ने हो भने धोका दिने काम काँग्रेसका सभापति देउवाबाट नै भएको हो । पहिलो चरणमै प्रधानमन्त्री बनाउने भनि फकाई फुलाई प्रचण्डलाई राख्नुभएको थियो ।

तर जब प्रधानमन्त्री नियुक्त हुने बेला आयो अनि उहाँले प्रचण्डसँग गरेको प्रतिवद्धता बिर्सिनुभयो । माओवादीका अध्यक्ष प्रचण्ड खासगरी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सहयोग गरेपछि मात्र शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुभयो । प्रधानमन्त्री बनाउन यत्रो सहयोग गरेका दलका नेतालाई चुनावपछि प्रधानमन्त्री बन्ने धोको रहन्छ नि । तर काँग्रेसले चुनावमा ठूलो पार्टी बनेपछि पछिल्ला कुराहरु सबै बिर्सियो ।

प्रचण्ड र माधवकुमार नेपालले यो कुरा देउवालाई पटक पटक सम्झाना गराई रहनुभएको थियो । तर पार्टीमा अन्य नेताहरुको दवाव देखाएर ती सबै कुरालाई पन्छाई रहनु भएको थियो । त्यसको नतिजा यस्तो भयो कि ‘भूईँको टिप्न खोज्दा गोजीको पनि झर्यो जस्तो भयो ।

तपाईको प्रतिक्रिया