Khadya Bibhag

लक्ष्मी कोइरी बारे बोल (सम्पादकीय)

त्यसअघिको सांसदको सपथग्रहणमा उपस्थित भएर सपथग्रहण गर्नुभएको थियो । यी सबघटना हेर्दा लक्ष्मी महतो कोइरी एउटा आन्दोलनकारी हुनुहुन्छ । पहिचान र अधिकारका लागि भएको मधेश विद्रोहमा भवतव्य प्रहरी मारिए ।

महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिसभा सदस्यमा चुनाव जितेका लक्ष्मी महत्तो कोइरीलाई अहिले प्रहरीले खोजिरहेको छ । प्रहरी प्रधान कार्यालयले ७७ वटै जिल्लालाई सर्कुलर पठाई सकेको छ । प्रहरीले उहाँलाई खोज्ने कार्य तीब्र पारेको छ । लक्ष्मी महतो कोइरी देशको कुनै ठूलो अपराधी हो जस्तै सारा प्रहरी त्यसको पछि लागेको छ ।

प्रहरीले अहिले नै किन उहाँलाई खोज्न थालेको हो, घटना २०७२ सालतिरको हो । घटनाको सात वर्ष भइसकेको छ । मधेश आन्दोलनको क्रममा सशस्त्र प्रहरीका असई थपन बिकलाई हत्या गरेको आरोप उहाँमाथि छ । अदालतमा प्रत्यक्षदर्शीहरुले दिएको बयानको आधारमा कोइरीलाई दोषी ठहर गरेको छ ।

उहाँमाथि सार्वजनिक मुद्दा दायर भएपछि उच्च अदालत जनकपुरले कोइरीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ । २०७७ मंसिर १९ मा जनकपुर उच्च अदालतले जारी गरेको ‘वारेन्ट’ का कारण उहाँ प्रहरीको ‘खोजी सूची’मा हुनुहुन्छ ।

नयाँ संविधान बन्नुअघि २०७२ मा मधेस आन्दोलन सुरु भयो । आन्दोलनमा सुरक्षामा खटिएका असई विकको हत्या कोइरीको योजनामा भएको अभियोग छ । २०७२ भदौ २५ मा आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते भएका विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको आरोप छ । थमनका दाजु प्रेमबहादुरले कोइरीसहित २८ जनाविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले मुद्दा चलाएको थियो ।

जिल्ला अदालत महोत्तरीले २०७६ असोज २ मा कोइरीलाई एक लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । आदेशविरुद्ध पुनरावेदन परेपछि जनकपुर उच्च अदालतले जिल्लाको आदेशलाई उल्ट्याइदियो । त्यसपछि कोइरी प्रहरीको खोजीको सूचीमा पर्यो । महोत्तरीको गौशाला नगरपालिका–२ निवासी ६० वर्षीय लक्ष्मी महतो २०७४ को चुनावमा तत्कालीन संघीय समाजवादी फोरमबाट महोत्तरी–४ मा उम्मेदवार बन्नु भएको थियो ।

यसरी प्रहरीको गोली लागेर सयभन्दा बढी मधेशी युवाको ज्यान गएको छ । प्रहरीले जानी जानी गोली हानेको सैयौं प्रमाणहरु छन् । के सरकारले लक्ष्मी महतो कोइरीको जस्तै ती प्रहरीमाथि कारवाही गर्न सक्ला छ त प्रश्न उठेको छ ।

यसपालि जसपा छाडेर एमाले प्रवेश गरेर उहाँ महोत्तरी–१ बाट चुनाव जित्नुभयो । प्रहरीको खोजी सूचीमा रहनु भएका उहाँले उम्मेदवारी पनि वारेसबाट दिनुभएको थियो । जितको प्रमाणपत्र पनि वारेसबाटै लिनुभएको थियो । तर, पुस २६ मा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन भने उहाँ संसदमा पुग्नु भएको थियो ।

त्यसअघिको सांसदको सपथग्रहणमा उपस्थित भएर सपथग्रहण गर्नुभएको थियो । यी सबघटना हेर्दा लक्ष्मी महतो कोइरी एउटा आन्दोलनकारी हुनुहुन्छ । पहिचान र अधिकारका लागि भएको मधेश विद्रोहमा भवतव्य प्रहरी मारिए । त्यसरी हुनुहुँदैन्थ्यो तर आन्दोलनको झडपमा त्यस्तो घटना हुन पुग्यो । त्यो एउटा आन्दोलन थियो । मधेशी जनता आफ्नो अधिकारका लागि लडिरहेको बेला संयोगवश भएको सिर्फ एउटा घटना हो ।

यसरी प्रहरीको गोली लागेर सयभन्दा बढी मधेशी युवाको ज्यान गएको छ । प्रहरीले जानी जानी गोली हानेको सैयौं प्रमाणहरु छन् । के सरकारले लक्ष्मी महतो कोइरीको जस्तै ती प्रहरीमाथि कारवाही गर्न सक्ला छ त प्रश्न उठेको छ । यसरी आन्दोलनको क्रममा मारिएको विषयलाई लिएर मुद्दा चलाइने हो भने यहाँ कोही बाँकी रहने छैन । अहिलेका प्रधानमन्त्री प्रचण्डमाथि पनि त्यस्ता मुद्दाहरु छन् ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पनि विभिन्न मुद्दाहरु छन् । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवामाथि मुद्दा लाग्न सक्छ । जनताले गर्ने आन्दोलन भनेको राज्य विरुद्धको आन्दोलन हुन्छ । जनताले राज्यसँग लडाई गरिरहेको हुन्छ । राज्यको तर्फबाट प्रहरी जनतासँग जुद्धिरहेका हुन्छन् । त्यो लडाईमा कोही हार्छ, कोही जित्छ । कोही मार्छ, कोही मर्छ । तर त्यसको नाममा मुद्दा चलाउने कारवाही गर्ने प्रचलन कहीं कतै छैन ।

जाँचबुझको क्रममा यदि नियतवश आन्दोलनको आडमा यदि कसैले कसैलाई मारेको छ भनि पुष्टि हुन्छ भने त्यसलाई कारवाही हुनुपर्छ । तर आन्दोलनको क्रममा राज्यसँग लडि रहेको बेलामा प्रहरीतिर पनि क्षति हुनसक्छ भने जनतातिर पनि क्षति हुनुसक्छ ।

त्यसैले लक्ष्मी महतो कोइरी दोषी होइन । यसको बारेमा राजनीतिक दलहरु बोल्नुपर्छ जो परिवर्तनका लागि पटक पटक आन्दोलन गरेर देशको राजनीतिमा उदय भएका छन् । खासगरि, जसपा र लोसपाले यसको बारेमा विशेष रुपमा बोल्नुपर्छ किनभने यी दलहरुले आन्दोलन गर्दा लक्ष्मी कोइरी त्यसमा सहभागी हुनुभएको थियो । त्यसैले ती दलको दायित्व बन्छ कि लक्ष्मी कोइरीको बारेमा बोलुन् ।

तपाईको प्रतिक्रिया